SKIP TO MAIN CONTENT

वेस्र्टन अस्ट्रेलियाको पाँच दिने लकडाउन आज खुल्दै, फेस मास्क र अन्य प्रतिबन्ध कायमै

पाँच दिन देखि जारी लकडाउन आज साँझबाट खुल्ने भए पनि मास्क अनिवार्य लगायतका केही प्रतिबन्ध भने कायम नै रहने भएका छन् ।

Perth
A Perth resident goes jogging under the lockdown. Source: AAP

2 min read

Published

Updated

By SBS News

Presented by SBS Nepali

Source: SBS



Skip to article content

होटेल क्वारेनटिनमा काम गर्ने सुरक्षा कर्मचारीमा कोभिड–१९ सङ्क्रमण फेला परेपछि पाँच दिनका लागि जारी लकडाउन आज साँझबाट खुल्दै छ ।

यद्यपि सङ्क्रमणको जोखिमलाई कम गर्न राज्य सरकारले कोरोना प्रतिबन्धहरू कम्तीमा पनि एक हप्ताका लागि कायम राख्ने जनाएको छ । 

वेस्र्टन अस्ट्रेलियामा लगातार चार दिन सम्म कुनै पनि सामुदायिक सङ्क्रमणका मामला पुष्टि भएका छैनन् । 

आज साँझ ६ बजेबाट पर्थको सहरी क्षेत्र,पिल रिजन र दक्षिण पश्चिमी क्षेत्रमा लकडाउन अन्त्य हुदैछ । 

राज्यका प्रिमीयर मार्क म्याकगोवीनले १४ फेब्रुअरी सम्म लागु हुने गरी केही प्रतिबन्धहरू कायम रहने बताएका छन् ।

जस अन्तर्गत सबै बासिन्दा,स्कुले विद्यार्थी र शिक्षकहरूले घर बाहिर रहँदा मास्क अनिवार्य लगाउनु पर्ने भएको छ । 

घरायसी जमघट २० जनामा सीमित हुने भएको छ भने आतिथ्यता व्यवसायमा चार बर्गमिटरको दुरी कायम गरी बढीमा १ सय ५० जना अतिथिलाई सेवा दिन सकिनेछ ।

होटेल ,रेस्टुरेन्ट,पब तथा बारहरूमा बसेर मात्र सेवा लिन सकिनेछ भने अत्यावश्यक सेवाका लागि पर्थ र पिल क्षेत्रका मानिस आवत जावत गर्न पाउनेछन् ।

WA Premier Mark McGowan has held an emergency press conference after a man tested positive for COVID-19 after travelling from hotel quarantine in Perth.
WA Premier Mark McGowan has held an emergency press conference after a man tested positive for COVID-19 after travelling from hotel quarantine in Perth. Source: AAP

दक्षिण पश्चिमी क्षेत्रमा भने कुनै प्रतिबन्ध लागु गरिएको छैन ।

“हामी एक हप्ता भन्दा अघिको जीवनमा फर्कन चाहन्छौ,तर त्यो जोखिम युक्त हुनेछ । ” प्रिमीयरले भने ।

“यो गैर जिम्मेवारीपूर्ण हुनेछ,म त्यस्तो अवस्था चाहन्न जहाँ समुदाय स्तरमा सङ्क्रमण होस् र कढा खालका प्रतिबन्धहरू लागु गर्नु परोस् ।”

पाँच दिने लकडाउनका क्रममा वेस्र्टन अस्ट्रेलियामा करिब ४३ हजार कोभिड–१९ जाँच भएका छन् । 

होटेल शेराटन फोर पाइन्टस् होटेलमा काम गर्ने एक सुरक्षा गार्डमा अधिक संक्रमणयुत्त कोभिडको नयाँ संस्करण पुष्टि भएपछि वेस्र्टन अस्ट्रेलियामा पाँच दिने लकडाउन जारी गरिएको थियो ।

सङ्क्रमित निकट रहेका १ सय ८९ जना को कोरोना जाँच गर्दा उनीहरूको रिपोट नकारात्मक आएको छ ।

स्वास्थ्य अधिकारीहरूले उक्त सुरक्षा कर्मचारीमा कसरी सङ्क्रमण हुन पुग्यो भन्ने बारेमा अनुसन्धान गरिरहेका छन् ।

राज्यमा होटेल क्वारेनटिनमा काम गर्ने कर्मचारीलाई सुरक्षा चस्मा र मास्क अनिवार्य गरिएको छ ।

 


अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् । न्यू साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now