कोभिड-१९ खोपहरु बारे हुने दुष्प्रचारलाई रोक्न, तथ्य जानकारीहरुलाई प्राथमिकता दिन र खोप लगाउन हिच्किचाइ रहेकाहरु बारे बुझ्न थप पहल गरिने फेसबुकले बताएको हो।
सोमबार आफ्नो कदमबारे जानकारी प्रकाशित गर्दै उक्त सामाजिक संजाल संस्थाले कोरोनाभाइरस र खोपहरुबारे गलत पुष्टि भइसकेका दाबिहरुका साथै गलत जानकारीहरु पटक-पटक प्रचार गर्ने समूह, पृष्ठ र अकाउन्टहरु माथि प्रतिबन्ध पनि लगाउन सकिने बताएको छ।
यो पनि पढ्नुहोस्

कोरोनाभाइरस दुष्प्रचारबारे लिबरल र लेबर सांसद बिच चर्काचर्की
गत केही महिना देखिनै कोभिड-१९ सम्बन्धि दुष्प्रचारका जानकारीहरुलाई आफ्नो सेवा बाट हटाउने काम गर्दै आएको फेसबुकले विश्वसनीय र आधिरिक निकायहरु बाट उपलब्ध रहेका स्वास्थ्य सल्लाहलाई आफ्ना प्रयोगकर्ता समक्ष प्रस्तुत गर्ने छ।
विश्व स्वास्थ्य संगठनको सहायताका साथ् प्रतिबन्धित दुष्प्रचार जानकारीहरुको सुची तयार पारिएको बताइएको छ।
कोभिड-१९ को सिर्जना मानिसहरुले गरिएको भन्नेदेखि खोप भन्दा कोरोनाभाइरस बाट सङ्क्रमित हुनुनै सुरक्षित रहेको, र खोपहरु बिषालु वा अटिजमका कारक हुने लगायतका दाबिहरु पनि रहेका छन्।
तर फेसबुकका आलोचकहरुले चाहिं उक्त सामाजिक संजाल संस्थाको यस कदम कार्यन्वयन हुनेबारे प्रश्न गरेका छन्।
"फेसबुकले गत वर्ष देखि नै कोभिड र खोप विरोधी दुष्प्रचारहरु माथि कदम चाल्ने बाचा गर्दै आएको छ", डिजिटल प्रविधि मार्फत फ़ैलाइने घृणा विरुद्ध कार्यरत एक गैर नाफामुलक संस्थाले बताएको छ।
"हरेक पटक उनीहरुले आफ्नो घोषणालाई लागु गराउन असफल हुँदैआएका छन्", सेन्टर फर काउन्टरिङ्ग डिजिटल हेट को भनाइ छ।
फेसबुकको स्वामित्वमा रहेको इन्स्टाग्राम मा पनि खोप लगाउन निरुत्साहित गर्ने मानिसहरुका अकाउन्टलाई उक्त सेवामा खोज्न गाह्रो बनाउने पनि बताइएको छ।
यो पनि पढ्नुहोस्

यसरी हुनेछ अस्ट्रेलियामा खोप कार्यक्रमको सुरुवात
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
Share
