Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

बेलायतले दुबाई सँगको उडान रोक्दा, विदेशमा फसेका अस्ट्रेलियन मर्कामा

हाल विभिन्न मुलुकमा फसिरहेका करिब ४० हजार अस्ट्रेलियनहरू बेलायतले दुबाईबाट आउने विमानमा रोक लगाएपछि झनै समस्यामा पर्ने भएका छन् ।

The United Kingdom has banned incoming passenger flights from the United Arab Emirates.

The United Kingdom has banned incoming passenger flights from the United Arab Emirates. Source: Vladimir Gerdo/TASS/Sipa USA

दुबाई र आबुदाबीबाट आउने उडान माथि बेलायतले रोक लगाउँदा इतिहाद् र इमीरेट्स मार्फत घर फर्कने सपना देखेका हजारौँ अस्ट्रेलियनहरू मर्कामा परेका छन् ।

करिब एक वर्ष लामो सीमा बन्दका कारण केही सीमित विमान कम्पनीहरूले मात्र अस्ट्रेलियाका लागि उडान भरिरहेका थिए ।

आज शुक्रवार देखि दुबाई ,बुरुन्डी र रुवान्डाबाट आउने यात्रुहरू माथि बेलायतले रोक लगाउदैछ ।

साउथ अफ्रिकामा देखिएको अधिक सङ्क्रमण हुने कोरोनाका परिर्वतीत रूपको फैलावटलाई कम गर्न बेलायत सरकारले यो कदम चालेको हो ।

नयाँ परिवर्तित रूप देशमा फैलिएको आशङ्कामा दुबईबाट आउने यात्रुवाहक विमानमा पनि रोक लगाइएको छ ।

बेलायती सरकारको यो निर्णय पछि लन्डन स्थित अस्ट्रेलियन कन्सुलेट कार्यालयले इमीरेट्स र इतिहाद् सँग सम्भावित प्रभावका बारेमा छलफल गरिरहेको ट्वीट मार्फत जानकारी गराएको थियो ।

“हामी यात्रुहरू प्रति पर्न गएको असरमा क्षमा प्रार्थी छौ । नयाँ बुकिङका लागि कार्यालयमा सम्पर्क गर्नु होला । ” विमान कम्पनी इमीरेट्सले विज्ञप्ति मार्फत भन्यो ।

यस अघि अस्ट्रेलियन सरकारले आगमनको सङ्ख्यमा कटौती गरेपछि विमान कम्पनी इमीरेट्सले करिब एक हप्ता अस्ट्रेलियाका लागि कुनै उडान भरेको थिएन ।

सरकारी तथ्याङ्कमा अझै पनि करिब ३८ हजार अस्ट्रेलियनहरू विभिन्न मुलुकमा फसिरहेका छन् ।

“प्रधानमन्त्रीले क्रिसमस सम्म विदेशमा फसेका सम्पूर्ण नागरिकलाई ल्याउने बाचा गरे पनि ,पुरा गरेनन् ” ए बि सी सँग कुरा गदै विपक्षी लेबरका प्रवक्ता पेनी वङले भने ।


2 min read

Published

By SBS News

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now