Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

स्किल्ड माइग्रेसनको लागी प्रयोग गरिने व्यवसाय सूचीको समीक्षा गर्दै सरकार

सङ्घीय सरकारले अस्ट्रेलियालाई आवश्यक पर्ने दक्ष जनशक्ति आयात गर्न प्रयोग गर्दै आएको व्यवसायहरूको सूची समयानुकूल बनाउन समीक्षा प्रारम्भ गरेको छ।

Occupation ceiling list 2019/20

Source: Flickr

रिजनल तथा दुर-दराजका क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति सही ढङ्गले परिपूर्ति गर्न उक्त समीक्षा सुरु गरेको बताइएको छ।

सरकारले उक्त सूची बारे प्रतिक्रिया दिन विशेष गरेर रिजनल क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सहित अन्य सबै सरोकारवालाहरूलाई आह्वान समेत गरेको छ।

सङ्घीय रोजगार मन्त्री मिकेला क्यासले रिजनल एवं अन्य दुर्गम स्थानहरूमा खट्केको दक्ष जनशक्तिको अभाव पुरा गर्न सही व्यवसायहरूको सूची बनोस् भन्ने हेतुले उक्त समीक्षा सुरु गरिएको बताएकी छिन्।

“अस्ट्रेलियाका सबै रोजगारदाताले आफूलाई आवश्यक पर्ने दक्ष कर्मचारीहरू भर्ना गर्न सक्ने वातावरण बनाइदिनु सरकारको एक प्रमुख काम हो।”

उनको अनुसार, वर्तमान समयमा आवश्यक दक्ष जनशक्ति र भविष्यमा अस्ट्रेलियाको घरेलु बजारमा उपलब्ध जनशक्तिले परिपूर्ति गर्न नसक्ने मागलाई समेत मध्यनजर गरी सरकारले उक्त कदम चालेको हो।

तर सरकारको प्राथमिकतामा सदा झैँ अस्ट्रेलियाली कामदारहरू नै हुने पनि बताइन।

“यस समीक्षाका निमित्त मेरो मन्त्रालयले उद्योग, रोजगारदाताको, युनियन एवं अन्य महानुभावहरूसँग समन्वय र छलफल गर्नेछ जसले सङ्घीय सरकारलाई अस्ट्रेलियाको श्रम बजारलाई आवश्यक पर्ने दक्ष जनशक्तिबारे निर्णय गर्न सघाउने छ,” उनले भनिन्।

अध्यागमन मन्त्री डेभिड कोल्म्यानले पनि सरकारको ध्यान रिजनल क्षेत्रमा आवश्यक पर्ने जनशक्ति कसरी पुरा गर्ने तर्फ रहेको इङ्गित गर्दै भने, “ हाल हामीले २३,००० भिसाहरू रिजनल आप्रवासका लागि छुट्ट्याएको अवस्था छ र देशभरका त्यस्ता ठाउँहरूमा करिब ६०,००० भन्दा बढी पदपूर्ति गर्ने लक्ष लिएका छौँ।”

यसबारे थप जान्न यहाँ जानुहोस्: www.employment.gov.au/SkilledMigrationList


2 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now