SKIP TO MAIN CONTENT

खाना डेलिभरी चालकहरुबाट 'अवास्तविक' अपेक्षा गरिएको सरकारी कार्यदलको ठहर

गत वर्ष अस्ट्रेलिया भर कुल पांच जना खाना डेलिभरी चालकहरुको सवारी साधन दुर्घटनाका कारण मृत्यु भएको थियो, ती मध्ये चार जना न्यु साउथ वेल्स निवासी रहेका थिए।

Delivery riders are seen in the Melbourne CBD.
The food delivery industry has come under increased scrutiny after a spate of deaths. Source: AAP

3 min read

Published

Updated

By Tom Stayner, SBS Nepali

Source: SBS



Skip to article content

न्यु साउथ वेल्समा कार्यरत रहेका खाना डेलिभरी चालकहरुलाई सुरक्षित राख्न भन्दै राज्य सरकार द्वारा एक नयाँ निर्देशिका सार्वजनिक गरिएको छ।

गत वर्ष सिड्नीका सडकहरुमा भएका छुट्टाछुट्टै दुर्घटनाहरुमा चार जना चालकहरुको मृत्यु भए पछि कामदार सुरक्षाका लागि चाल्न सकिने कदमहरुबारे जांच गर्न राज्य सरकारले आफ्नो यातायात बिभाग र कार्यस्थल सुरक्षा सम्बन्धि निकाय सेफ-वर्क एनएसडब्ल्युको नेतृत्वमा एक कार्यदल स्थापना गरेको थियो।

उक्त कार्यदलले खाना डेलिभरीमा संलग्न कामदारहरुलाई सुरक्षित राख्न सम्बन्धित संस्थाहरुले अपनाउन सक्ने निर्देशिकाको मस्यौदा तयार पारेको छ।

सोमबार प्रकाशित उक्त मस्यौदामा चालकहरुको सुरक्षाका लागि थप पहल हुनुपर्ने माग गरिएको छ।

"खाना पुर्याउने अवास्तविक समयसीमा" का कारण चालकहरु माथि पर्ने दबाब र "शारीरिक श्रमका कारण बढ्दो थकान" लगायतका सुरक्षा चिन्ताहरु बारे डेलिभरी संस्थाहरुले काम गर्नुपर्ने बताइएको छ।

साथै, उपयुक्त मर्मतसंहार नगरिएका साइकलहरुको प्रयोग र खाना डेलिभरी गराउने संस्थाका एपहरुमा आफ्नो रेटिंगलाई सुरक्षित राख्न कामदारहरुले "असुरक्षित" रूपमा साइकल चलाउने लगायतका खतराहरु पनि मस्यौदामा उल्लेख गरिएको छ।

Protestors during a delivery drivers rally.
Protestors during a delivery drivers rally. Source: AAP

डेलिभरी संस्थाहरुले खाना डेलिभरीको समय निर्धारण गर्दा आफ्ना चालकहरुको गति र स्थानीय ट्राफिक अवस्थालाई पनि ध्यान दिनु पर्ने सरकारी निर्देशिका रहेको छ।

साथै कामदारहरुलाई लामो समयसम्म काम गर्न बाट रोक्न चालकहरुले दिनको १२ घण्टा भन्दा बढी काम गर्न नसक्ने र प्रत्येक शिफ्ट बीच कम्तिमा १० घण्टाको ब्रेक रहेको पनि संस्थाहरुले सुनिश्चित गर्नुपर्ने सरकारी कार्यदलको भनाइ छ।

केहि कामदारहरुलाई सडकका नियमहरुबारे उपयुक्त ज्ञान नरहेको र केहीमा आफ्नो सवारी साधनको उपयुक्त प्रयोग गर्ने सीप वा मनोबल नरहेको पनि रिपोर्टमा बताइएको छ।

न्यु साउथ वेल्सका यातायात मन्त्री एन्ड्रु कन्स्ट्यान्स भन्छन खान डेलिभरी उद्योगको व्यापक वृद्धिका माँझ सिर्जना भएका सुरक्षा चुनौतीहरुलाई उक्त निर्देशिकाले ध्यान दिएको छ।

"हामीलाई थाह छ कि खाना डेलिभरीमा संलग्न यी कामदारहरु हाम्रा सडक प्रयोगकर्ताहरु मध्ये सबै भन्दा जोखिममा रहेका समूहमा पर्दछन्", उनले भने।

"उनिहरुलाई सुरक्षित राख्न उपयुक्त नीतिहरु रहेको र कामको दिन एक त्रासदीमा परिणत नभएको सुनिश्चित गर्न हामीले सक्दो प्रयास गरिरहेका छौं।"

NSW Minister for Transport and Roads Andrew Constance speaks to the media.
NSW Minister for Transport and Roads Andrew Constance speaks to the media. Source: AAP

युनियन प्रतिकृया

खाना डेलिभरी उद्योगका लगायत गिग इकोनोमी पनि भनिने अस्थायी रोजगारमा कार्यरत रहेका कामदारहरुले सामना गर्नुपरेका "गम्भीर परिस्थिति"हरुको समाधानका लागि नियमहरुमा सुधार गरिनुपर्ने माग अभियन्ताहरुले नियमित रूपमा राख्दै आएका छन्।

यसैक्रममा यातायात कर्मचारीहरुको संगठन, ट्रान्सपोर्ट वर्कर्स युनियन, ले चाहिं खाना डेलिभरीमा कार्यरत रहेकाहरुले सामना गर्नुपरेका "सुरक्षा चिन्ता" बारे सरकारको ध्यान केन्द्रित हुनु सकारात्मक रहेको बताएको छ।

तर ठोस सरकारी कदम बिना डेलिभरी संस्थाहरुले उक्त उद्योग माथि नियम लागु गराउने प्रयासलाई असफल तुल्याउने प्रयास गर्नसक्ने चेतावनी उक्त युनियनले दिएको छ।

Transport Workers Union (TWU) National Secretary Michael Kaine.
Transport Workers Union (TWU) National Secretary Michael Kaine. Source: AAP

टीडब्ल्युयु का राष्ट्रिय अध्यक्ष्य माइकल केन भन्छन, "हल्का निर्देशिकाहरुले एक सय वर्ष पुरानो कार्यस्थल कानूनको पालना नगर्ने क्षमता राख्ने संस्थाहरु माथि केहि असर नपार्ने सम्भावना रहेको छ।"

"सबै कामदारहरुका लागि न्युनतम मापदण्ड पुरा गरेको र बदलिदो कार्यस्थल अवस्था माथि निगरानी राख्न एक नियामक निकाय पनि रहन जरुरी रहेको छ।"

खाना डेलिभरी ड्राइभरहरु सम्बन्धि निर्देशिकालाई आगामी अप्रिल महिना देखि लागु गराउने न्यु साउथ वेल्स सरकारको योजना रहेको छ।

त्यसबेला सम्म सरकारले आफ्नो मस्यौदाबारे सरोकारवालाहरुसंग छलफल गर्ने बताइएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now