SKIP TO MAIN CONTENT

मेलबर्नमा भएको सडक दुर्घटनामा चार भारतीयको मृत्यु

मेलबर्नको उत्तरमा रहेको सेर्पटनमा भएको सवारी दुर्घटनामा चार जना भारतीयले ज्यान गुमाएका छन्।

Deadly Takata 'alpha' airbags rupture in up to 50% of cases
Credit: Choice

2 min read

Published

By Natasha Kaul

Presented by Krishna Pokhrel

Source: SBS



Skip to article content

दुई कार एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा ज्यान गुमाउने मध्ये तीन जनाले सिटवेल्ट नलगाएको प्रहरीले पत्ता लगाएको छ।

चार ज्यानुवरीका दिन पीजो कम्पनीको गाडी, इन्टरसेक्सनमा हाइलक्स गाडीसँग ठोक्किन पुगेको थियो।

दुर्घटना पछि पल्टिएर नजिकैको खुला चौरमा पुगेको गाडीमा सिट बेल्ट नबाँधेका तीन यात्रु गाडीबाट उछ्टीएका थिए।

गम्भीर अवस्थामा रहेका कारका चालकलाई भने हेलिकप्टरद्वारा उद्धार गरी अस्पताल पुर्‍याइको थियो।

“दुखद रूपमा पीजो गाडीको पछाडि बसेका तर सिट बेल्ट नलगाएका तीन यात्रुको ज्यान गएको छ, अघिल्लो सिटमा सिट बेल्ट लगाएर बसेका व्यक्तिको पनि ज्यान गएको छ,” सडक प्रहरीका सह कमिस्नर जस्टीन गोल्डस्मिथले एसबीएसलाई भने।

घटना पछि पीजो गाडीका चालक ४१ बर्सिया पुरुष माथि प्रहरीले ट्राफिक नियम सम्बन्धी ४ वटा अभियोग दर्ता गरेको छ।

घटनाका बारेमा प्रहरीको सवारी दुर्घटना सम्बन्धी टोलीले अनुसन्धान गरेको थियो।

“यदि तपाई अस्ट्रेलियामा हुनुहुन्छ भने कृपया सवारी नियमहरूका बारेमा सचेत रहनु होला,” सडक सुरक्षाका बारेमा जोड दिँदै गोल्डस्मिथले भने।

“भिक्टोरियामा सिट बेल्ट लगाउनु निकै महत्त्वपूर्ण छ, यहाँका जन्मेका र हुर्केका लागि त यो दोस्रो बानी जस्तै भइसक्यो, तपाई यदि छोटो समयका लागि अस्ट्रेलिया आउनु भएको छ भने पनि यहाँको ट्राफिक नियमका बारेमा जानकार हुनुपर्छ,” उनले भने।

भिक्टोरियामा सडक सुरक्षा सम्बन्धी कानून निकै कडा रूपमा पालना हुन्छ, सिट बेल्ट नलाएको खण्डमा ३७० डलरसम्मको जरिवाना लाग्न सक्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now