Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

बिदाको समयमा सडक सुरक्षालाई ध्यान दिन चेतावनी

A speed camera on a motorway south of Brisbane (AAP).jpg

कोभिड-१९ प्रतिबन्धहरू हटिसके पछिको पहिलो गर्मी याम नजिकिँदै जाँदा, सरोकारवाला तथा अधिकारीहरूले अस्ट्रेलियालीहरूलाई सडकमा सतर्क रहन सचेत गराएका छन्। सडक दुर्घटनाका कारण कस्तो विनाशकारी प्रभाव पर्न सक्छ भन्ने बारे आफ्नो व्यक्तिगत अनुभवका साथ एक आमा युवा अस्ट्रेलियालीहरूलाई क्रिसमसको समयमा सुरक्षित राख्ने अभियानमा जुटेकी छिन।


Published

By Brooke Young

Presented by Sunita Pokharel

Source: SBS



Share this with family and friends


कोभिड-१९ प्रतिबन्धहरू हटिसके पछिको पहिलो गर्मी याम नजिकिँदै जाँदा, सरोकारवाला तथा अधिकारीहरूले अस्ट्रेलियालीहरूलाई सडकमा सतर्क रहन सचेत गराएका छन्। सडक दुर्घटनाका कारण कस्तो विनाशकारी प्रभाव पर्न सक्छ भन्ने बारे आफ्नो व्यक्तिगत अनुभवका साथ एक आमा युवा अस्ट्रेलियालीहरूलाई क्रिसमसको समयमा सुरक्षित राख्ने अभियानमा जुटेकी छिन।


अस्ट्रेलियामा लगभग हरेक हप्ता एक बच्चाको मृत्यु हुन्छ भन्ने तथ्याङ्क अभिभावकका लागी सुन्न नसक्ने किसिमको हुन्छ।

र यो वर्षको बिदाको समय अन्य वर्षहरूभन्दा खतरनाक हुने भन्दै चेतावनीहरू जारी गरिएको छ।

सिड्नी निवासी एक आमा मिसेल मकलगलनलाई सडक दुर्घटनामा बच्चा गुमाउँदाको पिडा कस्तो हुन्छ भन्ने राम्रोसँग थाहा छ।

न्यु साउथ वेल्सको सेन्ट्रल कोष्टमा पैदल यात्रु हिँड्ने ठाउँमा भएको दुर्घटनामा परेर सन् २०१४ मा उनका चार वर्षीय छोराको मृत्यु भएको थियो।

सो घटना पश्चात् मिसेलले सडक सुरक्षाबारे आवाज उठाउन थालेकी छिन्।

उनी र उनका पति डेभिडले सन् २०१४ देखि लिटल ब्लु डाइनसर फाउन्डेसन स्थापना गरेका छन्। अन्य बालबालिकाले पनि आफ्नो ज्यान गुमाउनु नपरोस् भनेर उक्त फाउन्डेसनले सडक जोखिमबारे जनचेतना फैलाउन मदत गर्दछ।

कोभिड पूर्वको समय देखि यता सबैभन्दा धेरै व्यस्त यो गर्मी याम रहने बताइदा, मिसेल र सडक सुरक्षा सम्बन्धी विज्ञहरूले बिदा मनाउन हिँडेका अस्ट्रेलियालीहरूलाई अलि बिस्तारै गाडी हाँक्न, सतर्क रहन र पैदल यात्रुहरू हिँड्ने सडकहरूमा थप ध्यान पुर्‍याउन आग्रह गरेका छन्।

युनिभर्सिटी अफ न्यु साउथ वेल्सको यातायात तथा सडक सुरक्षा अनुसन्धान केन्द्रकी एन विलियमसन् भन्छिन् अभिभावक र स्याहारकर्ताहरूले उनीहरूका बच्चालाई सडक वरपर ध्यान पुर्‍याउनुको महत्त्वबारे बुझाउनु पर्छ।

"बालबालिकाहरू, विशेष गरी अलि कलिलो उमेरका हरूलाई ध्वनिको दिशा, आउँदै गरेको सवारी साधनको गति र दुरीबारे निर्णय गर्न गाह्रो हुन्छ। उनीहरूमा जोखिमबारे स्पष्ट बुझाइ पनि हुँदैन।"

"पैदल हिँडेका बालबालिकाहरू आवेगमा आउने हुन्छन् र उनीहरूको व्यवहार अनुमान पनि गर्न सकिँदैन साथै सवारी चालकहरूलाई पनि सानो बनौटका कारण उनीहरूलाई देख्न गाह्रो हुन्छ।"

पछिल्लो एक दशकमा सडकमा हुने दुर्घटनाबाट ज्यान गुमाउने ० देखि १४ वर्ष उमेर समूहका हरूको सङ्ख्यामा उल्लेख्य परिवर्तन आएको छैन।

गत वर्ष मात्र ४३ जना बालबालिकाले सडकमा सवारी साधन एक अर्कामा ठोक्किएर भएको दुर्घटनामा ज्यान गुमाएका थिए।

सङ्घीय पूर्वाधार तथा यातायात उप मन्त्री क्यारोल ब्राउनले एसबीएसलाई राष्ट्रिय सडक सुरक्षा कार्य योजनाले जोखिममा रहेका सडक यात्रुहरूलाई सुरक्षित राख्ने बताएकी छिन।

राष्ट्रिय सडक सुरक्षा रणनीतिलाई सम्पूर्ण सरकारी तहबाट समर्थन प्राप्त छ र हाम्रो लक्ष सन् २०३० सम्ममा सडकमा ज्यान गुमाउनेहरूको सङ्ख्यामा ५० प्रतिशतको कमी ल्याउने र गम्भीर घाइते हुनेहरूको सङ्ख्या ३० प्रतिशतले घटाउने रहेको छ।"

सन् २०१४ देखि मिसेलको संस्थाले सडक सुरक्षा सम्बन्धी सङ्केतहरू ६३ स्थानीय सरकार क्षेत्रहरूलाई प्रदान गरेको छ।

तर उनी अस्ट्रेलिया भरका ५ सय ३७ वटै क्षेत्रहरूमा पुग्न चाहन्छिन्।

मिसेल भन्छिन्, आफ्नो छोरो गुमाउँदा जस्तो उनको मुटु दुखेको थियो त्यो अवस्थाबाट अरू कुनै परिवार जानु नपरोस् भन्ने उनको चाहना छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now