गोर्खा नेप्लीज कम्युनिटीले आयोजना गरेको २२ औ संस्करणका फुटबल खेलमा पेनाल्टी शूट आउट मार्फत सेन्ट जोर्ज नेप्लीज फुटबल क्लबले उपाधि कब्जा गरेको छ ।
सेन्ट जोर्ज नेपाली क्लब र द राईजिङ्ग गोर्खा बिचको फाइनल खेल २- २ को बराबरीमा टुङ्गिएपछि- बाइसौँ जिएनसि फुटबल प्रतियोगिताको अन्तिम खेल- पेनाल्टीमा धकेलिएको थियो।
यस क्रममा सेन्ट जोर्जले ४ का विरुद्ध ५ गोल गरेर यस वर्षको जिएनसि सिल्ड हात पारेको छ।

फाइनल खेलमा द राजिङ्ग गोर्खाको तर्फबाट- प्रनिस रञ्जित र सुनिल भण्डारीले गोल गरेका थिए भने, सेन्ट जोर्जबाट असिम थापा र सुशान्त कुँवरले एक एक गोल गरेका थिए।
यसअघि, तेस्रो स्थानको लागि भएको खेलमा बेनी फुटबल क्लबले सगरमाथा विरुद्ध चार गोल गरी विजयी भएको थियो।
सगरमाथाले भने १ गोल हान्न सफल भएको थियो।
बेनी एफसिबाट अजय तामाङ, सुधन मैनाली, बाबु बानियाँ र हेमन गुरुङले एक एक गोल गरेका थिए भने, सगरमाथाले पाएको पेनाल्टीको मौकालाई आङ्बे शेर्पाले गोलमा परिणत गरेका थिए।

यसै गरी, भेटेरनको उपाधिकालागि आज भएको फाइनल खेलमा माछापुच्छ्रे एफसिले प्यारा पार्क विरुद्ध २ गोल गरी उक्त उपाधि हात पारेको छ।
जवाफमा प्यारा पार्क ले १ गोल बनाउन सफल भएको थियो।
बेनिको तर्फबाट विनम होना र सुदिन प्रधानले एक एक गोल हानेका थिए भने, प्यारा पारकको तर्फबाट कुनाल लामाले एक गोल हानेका थिए।
अघिल्लो वर्षका खेलहरु कोरोनाका कारण प्रभावित बन्न पुगेका थिए ।

गत वर्षको माचै देखि अवरुद्ध भएका खेल यस पटक भने दर्शकको उपस्थितिमा सम्पन्न भएको हो।
यस अघि एस बि एस नेपाली सँग कुरा गदै फाइनलका लागि भिडेका दुवै टोलिका कप्तानले खेलका लागि आफूहरू तैयारी अवस्थामा रहेको बताएका थिए ।
गत हप्ताका लागि तय भएको खेल वर्षा पछि एक हप्ता पछि सारिएको थियो ।
खेललाई गोल नेपाल र फ्युजन स्र्पोटस्ले प्रत्यक्ष प्रसारण गरेको थियो ।
खेलका तस्विरहरु तल हेर्नुहोस् ।




अस्ट्रेलियाको पछिल्लो समाचार तथा अन्य सामाग्री नेपाली भाषामा सुन्न यहाँ थिच्नुहोस्।
