Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

जिएनसी फुटबल शिल्ड २०२१: ट्रफीका लागि सेन्ट जर्ज नेप्लीज क्लब र द राईजिङ गोर्खाज भिड्दै

St George Nepalese Club (right)and The Rising Gurkhas Football club from Sydney

St George Nepalese Club (right)and The Rising Gurkhas Football club from Sydney Source: SGNC/ TRG

सिड्नीमा रहेको गोर्खा नेप्लीज कम्युनिटी (जिएनसी) ले वार्षिक रूपमा आयोजना गर्दै आएको फुटबल प्रतियोगिताको २२ औ शृङ्खलाको फाइनल खेल आइतबार २८ मार्चमा हुँदैछ।


Published

Updated

By Krishna Pokharel

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


सिड्नीमा रहेको गोर्खा नेप्लीज कम्युनिटी (जिएनसी) ले वार्षिक रूपमा आयोजना गर्दै आएको फुटबल प्रतियोगिताको २२ औ शृङ्खलाको फाइनल खेल आइतबार २८ मार्चमा हुँदैछ।


गोर्खा नेप्लीज कम्युनिटी (जिएनसी) फुटबल शिल्ड २०२१ को फाइनलमा दक्षिणी सिड्नीका दुई क्लब बिच प्रतिस्पर्धा हुने भएको छ।

गत बाइस वर्ष देखि सिड्नीमा आयोजना हुँदै आएको उक्त प्रतियोगिताको फाइनलमा यस पटक सेन्ट जर्ज नेप्लीज क्लब र द राईजिङ गोर्खाजका बिच म्याच हुन लागेको हो।

पश्चिम सिड्नीको चेस्टर हिल स्थित नरफोल्ड पार्कमा मार्च २८ का दिन हुने खेलमा साढे १२ बजे देखि ३५ वर्ष भन्दा बढी उमेरका टोली र फुटबल लीगका उच्च चार क्लबहरू बिच खेल हुनेछन्।

भेटेरन्स अन्तर्गत यस पटक पारापार्क क्लब र माछापुच्छ्रे क्लब भिड्ने भएका छन् ।

गत वर्ष कोभिड-१९ का कारण प्रभावित बनेको खेल यस पटक भने दर्शकहरूको उपस्थितिका साथ हुने गोर्खा नेप्लीज कम्युनिटीका उपाध्यक्ष राजीव प्रधानले एसबीएससँगको कुराकानीमा बताए ।

हाम्रो कुराकानी सुन्न माथीको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्!

कोरोनाका कारण दर्शक सामु प्रत्यक्ष पुग्न नपाएका खेलाडीहरू मैदानमा फर्कन पाउँदा उत्साहित बनेको उनको भनाई छ ।

Rajiv Pradhan
Rajiv Pradhan from Gurkha Nepalese Community in Sydney. Source: Facebook

यस पटकको लिग खेलहरूमा अघिल्लो बर्सकै टोलीहरू अगाडी आएको उपाध्यक्ष राजीव प्रधान बताउँछन् ।

जस अन्तर्गत सगरमाथा फुटबल क्लब ले २६ अङ्कका साथ जित हासिल गरेको छ भने २५ अङ्कका साथ सेन्ट जर्ज दोस्रो स्थानमा रहेको छ ।

यसै गरी बेनी फुटबल २५ अङ्कका साथ गोल अन्तरले तेस्रो बनेको छ ।

राईजिङ गोर्खा क्लब भने चौथो स्थानमा रहेको छ ।

गत वर्ष कोरोनाभाइरसको महामारीका कारण केही खेलहरू प्रभावित भएपछि यस पटक चाहिँ दर्शकका साथ मैदानमा फर्कँदा उत्साहित रहेको फाइनलमा भिड्न लागेका सेन्ट जर्ज नेप्लीज क्लब र द राईजिङ गोर्खाजका कप्तानहरूको प्रतिक्रिया छ।

GNC football match 2021
GNC football match 2021 Source: Sushant kunwar/supplied

सन् २०१५ देखि सेन्ट जर्ज नेप्लीज क्लबमा रहेर क्याप्टेनको भूमिकामा रहेका सुशान्त कुवर यस पटकको खेलका लागि उत्साहित रहेको बताउँछन्। 

द राईजिङ गोर्खाज सिड्नीको अब्बल टिमहरूमा पर्ने भएकाले खेल रोमाञ्चक हुने उनले एसबीएस नेपालीलाई बताए ।

उक्त टोलीसँगको यस अघिको खेलमा आफ्नो क्लबले जित हासिल गरेकाले यस पटकको फाइनल पनि आफ्नो पोल्टामा पर्ने आशा रहेको उनले बताए ।

प्रतिस्पर्धाको कमजोरीका बारेमा राम्रो अध्ययन गरेको र आफ्नो टिम प्रति दर्शकहरूको पनि ठुलो समर्थन रहेको उनी बताउँछन् ।

“उनीहरूको कमजोरी र आफ्नो शक्तिका बिच सन्तुलन बनाएर खेल जित्ने योजना बनाएका छौ ।”

यता द राईजिङ गोर्खाज फुटबल क्लबलाई दुई वर्षदेखि नेतृत्व प्रदान गदै आइरहेका प्रनिश रञ्जित, गत वर्ष पेनाल्टी शुटआउटमा हारेकाले यस पटक राम्रो तैयारी गरिरहेको बताउँछन् ।

सेन्ट जर्ज फुटबल टोली लिगकै उत्कृष्ट टोली रहेकाले पनि भिडन्त रोमाञ्चक हुने उनको भनाई छ ।

यस पटकको प्रिमीयर र माइनर लिगमा क्रमशः १२ र १० वटा टोली रहेका छन् ।

Pranish Ranjit, Captain of The Rising Gurkhas football club in Sydney
Pranish Ranjit, Captain of The Rising Gurkhas football club in Sydney Source: Pranish Ranjit

पढाई र खेलका बिचको तालमेल

फाइनलमा पुगेका दुबै क्लबका साथै प्रतियोगितामा सहभागी धेरै खेलाडीहरु विद्यार्थी नै रहेका छन् ।

यस कारण काम,पढाई र खेलका बिच कसरी सन्तुलन मिलाइरहनु भएको छ भन्ने प्रश्नमा सेन्ट जर्ज नेप्लीज क्लब र द राईजिङ गोर्खाजका कप्तानले आफ्ना खेलाडीहरुको प्रतिबद्धताका कारण पढाइका बिचमा पनि खेलका लागि समय निकाली रहेको बताए ।

बिदाका दिनमा सबै जना भेला हुने र काम परे त्यसको व्यवस्थापन गरी फुटबलका लागि समय दिइरहेको सुशान्त कुवरको भनाई छ।

“खेलाडीहरू निकै कमीटेड छन् शनिवार र आइतबारका दिन पनि काम छोडेर खेलका लागि समय निकाल्छन्” सुशान्तले भने ।

यता द राईजिङ गोर्खाजका कतिपय खेलाडी क्यानबेरामा रहेकाले खेलको तैयारीका लागी प्रत्येक हप्ता ३ सय किलोमिटरको बाटो तय गरेर सिड्नी आउने गरेको क्याप्टेन प्रनिश रञ्जित बताउँछन्  ।

अन्तर्राष्ट्रिय विद्यार्थीको हकमा सामान्य बिमाले खेलकुद बाट हुने चोटपटक कभर नगर्ने भएकाले एन्फाको सहयोगमा गत वर्षदेखि बिमा गरिएको र यसले विद्यार्थीलाई घाइते हुँदा पर्ने समस्याको समाधान गरिदिएको उनले बताए।

GNC's 20th annual football league
GNC's 20th annual football league. Source: Facebook/Gurkha Nepalese Community

कोभिड–१९ का कारण खेलमा परेको प्रभाव

कोरोनाका कारण अघिल्लो सिजनबाटै खेलमा प्रभाव परेको थियो ।

गत वर्षको मार्च देखि नै खेलहरू अवरुद्ध हुन पुगेको गोर्खा नेप्लीज कम्युनिटीका उपाध्यक्ष राजीव प्रधान बताउँछन् ।

अघिल्लो बर्सकै तिन खेल बाकि रहेकाले लिग, सेमिफाइनल र फाइनल खेल गराएर अक्टोबरमा नयाँ सिजन सुरु भएको उनको भनाई छ ।

यस पटकको खेल भने कोभिड–१९ का सम्पूर्ण सुरक्षा नीति अपनाएर  गराइन लागिएको उनले बताए ।

कोभिड-१९ का बेला कसरी खेललाई निरन्तरता दिनु भयो भन्ने प्रश्नमा अधिकांस खेलाडीहरूले व्यक्तिगत रूपमा प्रशिक्षण गर्ने गरेको र भिडियो कल मार्फत एक अर्कालाई प्रोत्साहन गर्ने गरेको बताउँछन् ।

“लकडाउनका बेला घरमै वर्क आउट गर्ने र भिडियो मार्फत एक अर्कालाई प्रोत्साहन गरी राख्यौ।”

आउँदो आइतबारको खेलका लागि आफ्नो टोली तैयार रहेको दुवै टोलीका कप्तानले बताए ।

अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now