Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपाल: के अघिल्लो हप्ता समातिएको बहुमुल्य धातु, युरेनियम नै थियो त?

Nepal Police arrests four for allegedly trying to sell "Uranium"

ऊर्जा देखि आणविक हतियारको लागि पनि प्रयोग गर्न सकिने युरेनियम ती मानिसहरूको साथमा कसरी आइपुग्यो र उनीहरूले कसलाई उक्त धातु बेच्न लागिएको प्रहरीको आरोप हो त?


Published

Updated

By सेवा भट्टराई

Source: SBS




Share this with family and friends


ऊर्जा देखि आणविक हतियारको लागि पनि प्रयोग गर्न सकिने युरेनियम ती मानिसहरूको साथमा कसरी आइपुग्यो र उनीहरूले कसलाई उक्त धातु बेच्न लागिएको प्रहरीको आरोप हो त?


नेपालमा ठुलो मात्रामा बहुमूल्य धातु युरेनियम बेच्न खोजेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ र शुक्रवार एउटा पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ। नेपालमा युरेनियम बरामद गरिएको यो पहिलो पटक हो।

युरेनियम प्रकृतिमा पाइने मध्ये सबैभन्दा बढी पारमाणविक भार २३८ भएको रेडियोधर्मी धातु हो।

युरेनियम मूलतः आणविक हतियार बनाउनका लागि प्रयोग गरिन्छ, र खुला रूपमा राख्दा यसमा भएका रेडियो विकिरण सुँघ्ने वा खाने गरेर मानिसको शरीरभित्र पुगेमा त्यसले क्यान्सर लगायतका रोग उत्पन्न गराउन सक्छ।

Metropolitan Police Office in Kathmandu during a press conference on "Uranium Smuggling"
शुक्रवारको पत्रकार सम्मेलनमा एआईजीपी हरि बहादुर पालले यसको बारेमा थप जानकारी दिएका थिए Source: Metropolitan Police Office Ranipokhari Kathmandu Facebook

यी विभिन्न कारणले यो धातु व्यक्तिगत रूपमा राख्न, अनुमतिबिना ओसारपसार र किनबेच गर्न नेपाल लगायत संसारका थुप्रै मुलुकमा प्रतिबन्धित छ।

काठमान्डुको बौद्ध क्षेत्रमा युरेनियम किन्ने ग्राहकको खोजी हुँदैछ भन्ने सुराकीबाट थाहा पाएपछि प्रहरीले गोप्य भेषमा ग्राहक बनेर युरेनियम बेच्ने मानिस नजिक पुगेको बताएको छ।

शुक्रवारको पत्रकार सम्मेलनमा एआईजीपी हरि बहादुर पालले यसको बारेमा थप जानकारी दिएका थिएः

"जसले ल्याएको हो ती व्यक्ति अहिले नेपालमा हुनुहुन्न, बाहिर हुनुहुन्छ। एकदम वृद्धावस्थामा। ती व्यक्ति जो बाहिर छन् उनी चाहिँ पहिले भारतमा कुनै खानीमा काम गर्थे रे। त्यहीँबाट ल्याएर राखेको, लामो समयदेखि राख्नुभएको रहेछ, २०-२५ वर्षै भइसकेछ। यो चाहिँ घरको एउटा सुरक्षित ठाउँमा, एउटा कुनामा पोको पारेर राखेको रहेछ।"

थुप्रै वर्ष अघि भारतको एक खानीमा काम गर्ने मानिसले ल्याएर राखेको पदार्थ उनका परिवारका सदस्यले बेच्न खोजेपछि पक्राउ परेका हुन्।

पक्राउ परेका चार जनालाई विस्फोटक पदार्थ ऐन अन्तर्गत मुद्दा चलाउने प्रहरीले बताएको छ।

बरामद गरिएको २ किलो ९०० ग्राम पदार्थको नमुना नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको थियो।

Nepal Academy of Science and Technology
Source: NAST

नमुनाले उत्सर्जन गरेको रेडियो पार्टिकलका आधारमा त्यस नमुनामा युरेनियमको लक्षण भएको प्रतिष्ठानले पुष्टि गरेको छ।

तर बरामद गरिएको पदार्थ पूर्णतया युरेनियम नै हो वा त्यसमा अरू पनि पदार्थ छन् भन्ने कुराको परीक्षण नभइसकेको प्रतिष्ठानका प्रवक्ता डा. सुरेश कुमार ढुङ्गेलले बताएका छन्।

युरेनियमको प्रशोधित रूप यु २३५ को किलोकै अरबौँ रुपैयाँ पर्ने भए पनि नेपालमा पाइएको यु २३८ अर्थात् अप्रशोधित भएकाले त्यति धेरै मूल्यवान् नभएको पनि ढुङ्गेलले बताएका छन्।

प्राकृतिक रूपमा अत्यन्त दुर्लभ यो धातु खानीहरूमा अरू पदार्थसँग मिसिएर रहेको पाइन्छ, र नेपालमा बरामद गरिएको पदार्थ पनि त्यस्तै मिश्रित धुलो मात्रै हुनसक्ने पनि सम्भावना रहेको छ।

अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now