कोरोनाभाईरससम्बन्धि भ्रम नफैलाउन विज्ञहरुको आग्रह

सत्तारुढ दलका केहि सांसदहरुले स्वस्थ्यसम्बन्धि गलत सूचना फैलाईरहँदा, अस्ट्रेलियाले अहिलेसम्म कोरोनाभाईरसको नियन्त्रणमा पाईरहेको सफलतामा असर गर्न सक्ने स्वस्थ्य विज्ञहरुले चेतावनी दिएका छन्।

Liberal member for Hughes Craig Kelly during Question Time in the House of Representatives.

Liberal member for Hughes Craig Kelly during Question Time in the House of Representatives. Source: AAP

केहि सत्तारुढ दलका सांसदहरुले कोरोनाभाईरसलाई लिएर गलत र भ्रामक सूचना प्रसारण गरेको र यसले जनस्वस्थ्यलाई नकारात्मक प्रभाव पर्ने सक्ने विज्ञहरुले बताएका छन्।

अस्ट्रेलियाको सत्तारुढ् दल लिबरल पार्टिका सांसद, क्रेग केलीले आफ्नो फेसबुक मार्फत केटाकेटिहरुलाई मास्क लगाउने निर्देशन दिनु भनेको श्रम शोषण जस्तै हो भन्ने आशयको एक समाचार प्रेषित गरेका थिए।

यस कुरालाई लिएर, कार्यवाहक प्रधानमंत्री माईकल मक्रम्याक र स्वस्थ्य मंत्री ग्रेग हन्टले सांसद केलीको आलोचना गर्न अस्वीकार गरे।

तर स्वस्थ्य विज्ञहरुले भने, यदि समयमै गलत सूचना र भ्रमलाई नकारिएन भने यसले जनस्वस्थ्यमा पछि समस्या ल्याउन सक्छ भनि बताउछन्।

विशेषगरी, अस्ट्रेलियाले कोरोनाभाइरसको नियन्त्रणमा अहिलेसम्म पाईरहेको सफलतालाई, यस्तो व्यवहारले असर पनि गर्न सक्ने उनीहरुले चेतावनी दिएका छन्।

केहि समय अघि मात्र सांसद केली र अर्का सांसद जोर्ज क्रिस्चेनसेनले संयुक्त रुपमा मलेरिया विरुध्दको खोप- हाईड्रोएक्सोक्लोरिनमाथि लगाईएको प्रतिबन्ध फुकुवा गर्नु पर्ने माग गरेका थिए।

यस औषधि कोरोनाभाईरसबिरुध्द प्रभावकारि हुने उनीहरुको दावी रहेको थियो।

वैज्ञानिकहरुले अहिलेसम्म यस औषधिको प्रभाव कोरोनाभाईरसमा नरहेको बताउदै आएका छन्।

 सांसदद्वय केली र क्रिस्चेनसेनले गत अक्टोबर महिनामा क्विन्सल्याण्ड राज्य सरकारले हाईड्रोएक्सोक्लोरिनमाथिको प्रतिबन्ध नफुकाएर मानव अधिकारको हनन गरेको आरोप लगाएका थिए।

Fake coronavirus news is spreading on social media.
There has been claim that fake coronavirus news is spreading on social media. Source: Getty

अस्ट्रेलियाका प्रमुख स्वस्थ्य अधिकारी पल केलीले सांसद केलीको विचारसँग आफु सहमत नभएको बताएका छन्।

“सासदको हैसियरले आफूले गर्ने उपयुक्त कुराहरुको निर्णय उनी आफैले गर्नु पर्छ,” केलीले भने।

सिड्नी विश्वविधालयकी जनस्वस्थ्य सम्बन्धिकी विज्ञ डा क्लेर हुकरले सांसद जस्तो गरिमामय पदमा बसेकोले भ्रामक सूचना फैलाएमा त्यस्तो व्यवहारलाई बचाव गर्न नसकिने बताउछिन्।

“प्रधानमंत्री र दलका अन्य उच्च नेताहरुले यस किसिमको व्यवहारको तुरुन्त आलोचना गर्नु पर्छ र गलत सूचनाको प्रवाह रोक्नु पर्छ,” उनी बताउछिन्।

उनको भनाईमा अस्ट्रेलियाले अहिलेसम्म कोरोनाभाइरसको नियन्त्रणमा पाएको सफलताको एक कारण यहाँको जनसमुदायले स्वस्थ्य निर्देशनहरुलाई विश्वासका साथ पालनमा गर्ने पनि हो।

“तर यसरी गलत सूचना फैलाईएमा स्वस्थ्य निर्देशनहरुमा जनविश्वास घट्ने छ र यसले झनै ठूलो समस्या ल्याउन सक्छ,” डा. हुकरले बताईन्।

यसैबिच, अस्ट्रेलियान मेडिकल एसोसियसनका अध्यक्ष ओमार खुर्शीदले- कोरोनाभाइरस लगायतका कुराहरुमा अहिले फैलिरहेको भ्रम र गलत सूचनालाई काट्न सरकारले अनलाईन प्रचार लगायतको माध्यम लिएर जनसमक्ष सहि सूचना प्रवाह गर्नु पर्छ भनि बताउछन्।

साथै उनले अस्ट्रेलियनहरुले अनलाईनमा प्रकाशित भएका कुराहरुलाई सहर्ष स्वीकार गर्न नहुने पनि बताए।

उता मेलबर्न विश्बविधालयका मनोविज्ञानसम्बन्धिका विज्ञ रन बोरल्याण्डले सांसदले नै गलत सूचना फैलाउने कुरानै निकै त्राशपूर्ण रहेको बताउछन्।

यसैबिच, पूर्व प्रधानमंत्री मालकम टर्नबुलले लिबरल पार्टिका वरिष्ठ नेताहरुले सांसद केली गलत छन् भनि अगाडि आउन जरुरी रहेको बताए।

खासगरी, जनस्वस्थ्यको विषय भएकाले यो बिषय झनै महत्वपूरण हुन जान्छ भन्ने उनको विचार छ।

उता सांसद केलीले भने आफूले कुनै गलत सूचना नफैलाएको दावी गर्छन्।

आफूले एक अध्ययनको नतिजालाई सबैको सामु प्रेषित गरेको भन्दै, समयले उक्त नतिजा सहि र गलत भनि छुट्टयाउने उनले बताए।

 

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जानकार रहनुहोस् र सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् - न्यू साउथ वेल्स, भिक्टोरिया, क्वीनस्ल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।
कोरोना भाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले घरमै बसी सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
समाचार र जानकारीहरू sbs.com.au/coronavirus मा ६३ वटा भाषाहरूमा उपलब्ध छन्।

 

 


3 min read

Published

Updated

By Jarni Blakkarly

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now