SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको घरजग्गाको भाउ ओरालो लाग्दै, भाडामा बस्नेलाई भने घर पाउनै मुस्किल

घरजग्गाको भाउ सम्बन्धी एक पछिल्लो रिपोर्टले, अस्ट्रेलियामा बितेका केही महिनामा घरको मूल्यमा गिरावट आएको देखाएको छ।

BUDGET 2022 HOUSING STOCK
Australians struggling to break into the property market are set to benefit from a $350 million affordable housing scheme included in the federal budget. Source: AAP / DAN HIMBRECHTS/AAPIMAGE

2 min read

Published

By Deborah Groarke

Presented by Krishna Pokhrel

Source: SBS



Skip to article content

घरजग्गा बेचबिखन र भाडाका लागि सूचनाहरू राख्ने डिजिटल प्लेटफर्म डोमिनले बजार भाउको पछिल्लो रिर्पोट सार्वजनिक गरेको छ।

उक्त संस्थाका अनुसार पछिल्लो त्रैमासिकमा घरको भाउमा ४.९%को गिरावट आएको छ।

जसको मतलब वर्तमान समयमा घर किन्न खोजी रहेकाहरूले ५३,००० डलर बराबरको बचत गर्न सक्छन्।

तर डोमिनमा कार्यरत अर्थविद् डाक्टर निकोला पावेल कोभिड-१९ आउनु भन्दा पहिलेको तुलनामा चाहिँ घरजग्गाको भाउ अझै पनि मंहगो नै रहेको बताउँछिन्।

“सेप्टेम्बरसम्मको त्रैमासिकमा घर जग्गाको भाउ घटेको भए पनि कोभिड-१९ अघिको तुलनामा चाहिँ बढी नै हो , अहिले पनि घरको मध्यम भाउ १० लाख डलर भन्दा बढी नै छ,” उनले भनिन्।

अधिकांश मानिसले महामारी अघि नै घरजग्गा खरिद गरेको भए पनि, सबै खरिदकर्ता भने फाइदामा नरहेको उनी बताउँछिन्।

खरिद र बिक्रीको तालमेल मिल्ने भएकाले बिक्री गरेर अर्को सम्पत्ति खरिद गर्न चाहनेका लागि धेरै ठुलो समस्या नहुने भए पनि उनका अनुसार भाडामा बस्नेहरूलाई चाहिँ यतिखेर अलि सास्ती नै छ।

Cecil Hills, Western Sydney, Aerial Photography
Housing affordability in Sydney has become a critical issue with people being unable to afford housing even on the edges of the city. Source: Moment RF

एयर बिएनबि जस्ता कम्पनीका कारण भाडामा पाउनै मुस्किल

प्रप ट्र्याक नामक आर्थिक अनुसन्धान सम्बन्धी कम्पनीमा अनुसन्धान निर्देशकका रूपमा कार्यरत क्यामरुन कुश, घरको भाउ घट्दै गएको भए पनि घर भाडा भने निरन्तर उकालो लागि रहेको बताउँछन्।

उनका अनुसार बजारमा रहेका घर एवम् अपार्टमेन्टहरू लगानीकर्ताहरूले एयर बिएनबि जस्ता कम्पनीहरू मार्फत छोटो समयका लागि भाडामा दिने गरेकाले बजारमा भाडामा घरहरू पाउन मुस्किल परेको छ।

“रियलस्टेट डटकममा भाडाका लागि राखिने घरहरूको सङ्ख्या साढे ३५ प्रतिशतले घटेको छ, आपूर्ति निकै कम छ भने भाडामा बस्न खोज्नेहरूको सङ्ख्या बढी रहेको छ,” उनले भने।

यथार्थमा, मानिसहरूले आफूलाई सहज हुने भन्दा बढी भाडा तिर्न बाध्य भएका छन् भने कतिले भाडामा लिन पनि सकेका छैनन्।

पच वर्ष अघि पार्टनरबाट दुर्व्यवहारको सिकार बनेकी ट्रेसीले आफूले करिब एक वर्ष आफ्ना बालबच्चासँग गाडीमै सुतेको बताउँछिन्।

“पार्ट टायम काम गर्ने भएकाले मैले भाडा तिर्न सक्ने अवस्था नै थिएन, मैले मेरा पाँच सन्तानलाई हुर्काउनु थियो,” उनले भनिन्।

हालै आएको सङ्घीय सरकारको बजेटमा करिब १० अर्ब डलर सस्तो आवासका लागि भवनहरू निर्माणमा खर्च गरिने बताइएको छ।

अस्ट्रेलियामा घरबार विहीनको अवस्थाको अन्त्य गर्नका लागि खडा भएको दि अस्ट्रेलियन एलाइन्स टु इन्ड होमलेसनेसका प्रमुख कार्यकारी डेभिड पियरसन सबैका लागि वासस्थानको व्यवस्था मिलाउन सरकारले ध्यान दिनु पर्ने सुझाव दिन्छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now