आफ्नो पहिलो घर किन्न ऋण लिन लागेकाहरुलाई आगामी ज्यानुवरी २०२० देखि सङ्घीय सरकारले प्रदान गर्न लागेको 'बैंक ग्यारेन्टी' के हो? वार्षिक १० हजारलाई मात्र प्रदान गरिने भनिएको उक्त सहयोग पाउन के गर्नुपर्ने हुन्छ? आर्थिक सल्लाहकार विश्वास भट्टराईको विचार यस्तो छ।
यस मासिक शृंखलामा चर्चा गरिएका अन्य विषयहरु:
गए अक्टोबर महिनामा सिड्नी र मेलबर्न लगायतका सहरहरुमा घरहरुको भाउ बढेता पनि पर्थमा चाहिं किन घट्यो?
अपार्टमेन्ट बन्नु अगाडी नै, नक्साको आधारमा किनिएका अपार्टमेन्टहरुको भाउ घटेपछि ऋण लिएकाहरुलाई असर परेको भन्ने भनाइ सहि हो त?
यी लगायतका विषयहरु सम्बन्धि कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।




