SKIP TO MAIN CONTENT

क्रिसमससम्ममा अन्तर्राष्ट्रिय सीमा खुल्ने सङ्घीय पर्यटन मन्त्रीको आशा

सङ्घीय पर्यटन मन्त्री डान टिहानले अन्तर्राष्ट्रिय सीमा क्रिसमससम्ममा खुल्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

International travel vaccination certificates will be available on MyGov this week
Source: AAP

3 min read

Published

Updated

By SBS News

Source: SBS



Skip to article content

कोभिड–१९ को खोपको दर बढ्दै गएकाले सरकार योजना एवम् व्यवस्थापनको तयारीमा लागेको भन्दै उनले सिमा खुल्ने सङ्केत गरेका हुन्।

भ्याक्सिन पासपोर्ट जारी गरी होटेल क्वारेनटिन बिना नै अन्तर्राष्ट्रिय आगमन र बर्हीगमनको तयारी भएको उनले बताए।

अस्ट्रेलियालाई पुन खोल्ने सरकारी योजना अन्तर्गत १६ वर्षमा माथिका ८० प्रतिशत मानिसले खोपको दुवै डोज लगाए पछि प्रतिबन्धहरू खुकुलो पारिने बताइएको छ ।

त्यसका अलावा अस्ट्रेलियाको औषधि नियामक संस्था थेरापेटीक गुड्स एडमीनीस्ट्रेसनले अनुमति दिएको खोप लगाए घरमै क्वारेनटिन बस्न सकिने पनि तयारीमा भइरहेको छ ।

“यस पटक पटक विदेश भ्रमण जान नपाएका मानिसहरू प्रति म सहानुभूति प्रकट गर्छु, खोप लगाउन यो पनि एउटा महत्त्वपूर्ण कारण हो,” राष्ट्रिय प्रेस क्लबलाई सम्बोधन गर्दै उनले भने ।

“हामी हाम्रो राष्ट्रिय योजनामा अडिक रहनु पर्छ, जस अन्तर्रगत ढिलोमा क्रिसमससम्म अन्तर्राष्ट्रिय सीमा खोल्ने योजना छ।”

हाल करिब ४५ हजार अस्ट्रेलियनहरू विभिन्न मुलुकमा फसेका छन् भने ती मध्ये ४७ सयलाई जोखिम समूहमा राखिएको छ ।

Australia's Trade Minister Dan Tehan.
Australia's Trade and Tourism Minister Dan Tehan Source: AAP

उता अमेरिकामा रहेका प्रधानमन्त्री स्कट मोरिसनले पनि अनुकूल मिल्ना साथ अन्तर्राष्ट्रिय सीमा खोल्नका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

“यदि तपाईँले खोप लगाउनु भएको छ भने समय अनुकुल हुँदासाथ, अन्तर्राष्ट्रिय विद्यार्थी र दक्ष आप्रवासीलाई स्वागत गर्न आतुर छौ।”

यस हप्ता १६ वर्ष माथिका तीन-चौथाइ मानिसले खोप लगाई सक्ने प्रधानमन्त्री मोरीसनले बताए ।

“ती खोप सङ्ख्या निरन्तर बढ्दै जानेछ र ती बढ्दै जाँदा सामान्य जीवन बिताउने दिनहरू नजिक आउनेछन् ” उनले भने।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now