SKIP TO MAIN CONTENT

के कसैलाई ‘गोरा’ भन्नु पनि ‘रेसिस्ट’ गाली दिनु हो?

अस्ट्रेलियन महिला फुटबल टोलीकी कप्तान साम कर्रमाथि ‘रेसिएल ह्यारेसमेन्ट'को आरोप लागेपछि, श्वेत व्यक्तिलाई गोरा वा खैरे भन्नु पनि नस्लवादमा पर्छ त भन्ने बहस सुरू भएको छ।

A woman wearing a green and yellow jersey.
Matildas captain Sam Kerr will face trial early next year on charges of racially aggravated harassment. Source: AAP / Sipa USA

3 min read

Published

Updated

By Charis Chang

Source: SBS



Skip to article content

अघिल्लो महिना अस्ट्रेलियन महिला फुटबल टोली मटिल्डाजकी कप्तान साम कर्रले बेलायती प्रहरी अधिकारीलाई 'ह्वाइट' शब्दको प्रयोग गरि गाली गरेपछि जातियताको आधारमा ह्यरास्मेन्ट गरेको आरोप लागेको छ।

‘स्टुपिड ह्वाइट कप’ अर्थात् मूर्ख गोरा पुलिस भनेर गाली गरेको भनेर कर्रले स्वीकारेको बताइदा के गोरा व्यक्तिहरू पनि उनीहरूको छालाको रङ्गका कारण विभेदको सिकार हुन सक्छन् भन्ने प्रश्न उठ्न थालेको छ।

भारतीय मूलकी मटिल्डाज तथा चेल्सी स्ट्राइकर कर्रले अदालत समक्ष भने आफू दोषी नभएको दाबी गरेकी छिन्।

के श्वेत व्यक्तिहरूले पनि भेदभाव अनुभव गर्छन् ?

भिक्टोरिया विश्वविद्यालयका एसोशिएट प्रोफेसर मारियो पुकेर भन्छन् गोरा मानिसहरूले पनि रेसिजम अनुभव गर्छन्।

जस्तो कि कुनै एक साउथ सुडानी पसलका मालिकले त्यहाँ गोरो छाला भएका मानिसलाई काम गर्न दिएनन् भने त्यो रङ्गभेदी व्यवहार हो।

पुकेर भन्छन् कि कुनै पनि व्यक्तिका केही विशेषतालाई लिएर असमान व्यवहार हुन्छ भने त्यो भेदभाव हो तर 'रेसिजम' चाहिँ नहुन पनि सक्छ।

किनभने जातीयता कै आधारमा गरिने विभेद वा रेसिजमले गहिरो अर्थ बोकेको हुन्छ।

रेसिजम बुझ्न जातीय विभेद कसरी सुरू भयो त भनेर बुझ्न जरूरी हुने पुकेर बताउँछन्।

उनी भन्छन् , "खासमा त जात भन्ने कुरा नै हुदैन, एउटै मात्र जाती हुन्छ त्यो हो मानव जाती।"

उपनिवेशको समयमा जब काला रङ्गका मानिसहरूलाई दास बनाएर बेच्ने गरिन्थ्यो, उनीहरूमाथि गरिएको शोषणको औचित्य देखाउन उनीहरूलाई सबैभन्दा तल्लो स्तरमा राखियो र जातीयताको सुरुवात त्यहिँबाट भयो।
भिक्टोरिया विश्वविद्यालयका एसोशिएट प्रोफेसर मारियो पुकेर

पुकेर भन्छन्, रेसिजमलाई सम्बोधन गर्ने कानूनलाई पनि यसै पदानुक्रम अनुसार विकास गरिएको छ।

यसमा गोरा छाला भएकाहरूलाई माथि राखिएको छ।

जसअनुसार श्वेत मानिसहरूले अश्वेत मानिसहरूमाथि छालाको रङ्गको आधारमा भेदभाव गरिरहेका छन् र त्यो हुनुहुदैँन भन्ने रहेको छ।

अब अस्ट्रेलियामा श्वेत मानिसलाई गोरा वा खैरे भन्दा रेसिस्ट हुन्छ कि हुदैँन त ?

मानव अधिकार कानूनका विशेषज्ञ तथा एनएसडब्लु विश्वविद्यालयका प्राध्यापक लुकस लिक्सिन्स्की भन्छन्, कसैले रेसिस्ट अभिव्यक्ति दियो वा दिएन भनेर अदालतमा कसरी कानूनलाई व्यख्या गरिन्छ त्यसमा पनि भर पर्छ ।

अस्ट्रेलियामा जातीय विभेद सम्बन्धि 'रेसियल डिस्क्रिमिनेसन एक्ट' सन् १९७५ का अनुसार कुनै व्यक्तिलाई जातीयताको आधारमा भेदभाव गर्नु गैरकानूनी हो।

कुनै व्यक्तिलाई जात वा वर्णकै आधारमा सार्वजनिक स्थानमा गाली गर्नु, होच्चाएर बोल्नु, अपमान गर्नु, धम्काउनु वा डराउनु जातीय घृणा हो।

र यी कानून विपरीत गरिने क्रियाकलाप हुन् ।

यहाँको कानून तटस्थ भएकोले गोरा व्यक्तिले पनि आफूहरूमाथि जातीय घृणा भएको तर्क गर्न सक्ने लिक्सिन्स्की बताउँछन्।

जातीय विभेद अश्वेत व्यक्तिमाथि मात्र हुन्छ भन्ने पहिलादेखिको जुन बुझाइ छ, त्यसलाई पनि परिवर्तन गर्दै लानु पर्ने उनको तर्क छ।

लिक्सिन्स्की भन्छन्, श्वेत व्यक्तिमाथि पनि असमान व्यवहार हुन सक्छ भन्ने बुझाइमा केही सुधार भएको छ।

यद्यपि त्यस्ता विभेद बारे तर्क गर्न, भेदभाव भएका धेरै उदाहरण भने छैनन्।

"जो शक्तिमा छ, उसको लागि संरक्षण दिन कानून बनाइएको थिएन र गोरा रङ्गका प्रहरीसँग जति पदको शक्ति छ, अरूसँग छैन," उनी भन्छन्।

के गोरा मानिसहरूले आफूहरूमाथि भेदभाव भएको तर्क राख्ने अवस्था छ?

लिक्सिन्स्की भन्छन्, गोरा मानिसहरूलाई पनि असमान व्यवहार हुन सक्छ भन्ने बुझाइमा केही सुधार भएको छ।

यद्दपि त्यस्ता विभेद बारे तर्क गर्न, उनीहरूमाथि भेदभाव भएका धेरै उदाहरण भने छैनन्।

हामी अझै पनि यस्तो समाजमा बस्छाैँ जहाँ कानूनको आँखामा गोरा मानिस र पुरूषहरू अरूभन्दा माथि हुन्छन्। अनि कोही गोरा जातीको पुरूषले आफू माथि विभेद भयो, कानून मेरो पक्षमा भएन भनेर तर्क गर्छ जस्तो लाग्दैन।
मानव अधिकार कानुनका विशेषज्ञ तथा एनएसडब्लु विश्वविद्यालयका प्राध्यापक लुकस लिक्सिन्स्क

पुकेरलाई पनि गोरा मानिसहरूमाथि भेदभाव भइरहेको छ भन्ने लाग्दैन।

उनीहरू तनावमा हुँदा र आर्थिक दबाबमा रहँदा आफूले विशेष अधिकार पाएको छु भन्ने महसुस गर्दैनन्।

तर जातीका आधारमा हेर्ने हो भने अझै पनि उनीहरूलाई विशेष अधिकार नै छ।

पुकेर अमेरिकी दास प्रथाको इतिहासको उदाहरण दिँदै जतिसुकै गरिब भए पनि श्वेत मानिसहरू अश्वेतहरू भन्दा माथि रहेको उदाहरण दिन्छन्।

उनी अश्वेत भएकै कारण धेरैले दैनिक रूपमा नै भेदभावको अनुभव गर्ने बताउँछन्, "तपाईँलाई पनि दिनदिनै लाग्छ होला, म पूर्णतया अस्ट्रेलियन होइन, यो समाजमा मेरो प्रतिनिधित्व छैन, म यहाँ बहिस्कृत छु।"

आफ्नो जीवनमा दिनदिनै यस्तो भोगिरहँदा, श्वेत मानिसहरूले बनाएको समाजको संरचनामा आफूलाई उच्च जातीमा राख्न गाह्रो हुने उनको भनाइ छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now