जनगणनामा भाग लिन बाँकी नै छ? फारम बुझाउन ढिलै भइसकेको छैन है!

मङ्गलवार साँझ सेन्सस् नाइटमा भाग लिन बिर्सनुभयो? चिन्ता नगर्नुहोस्, फारम अझै अर्को एक हप्ता भित्र बुझाउन मिल्छ!

Sensa ya 2021

Fomu za sensa ya 2021 zajazwa mtandaoni Source: Australian Bureau of Statistics (ABS)

कोरोनाभाइरस महामारीका कारण अन्य बेलाको भन्दा अलिक फरक भएको छ यसपालिको अस्ट्रेलियाली राष्ट्रिय जनगणना।

र, हालसम्मको कुनै पनि महामारीमा सञ्चालन गरिएको अस्ट्रेलियाली जनगणनामा यस पटकको कार्यक्रम नै पहिलो हो।

हरेक पाँच-पाँच वर्षमा आयोजना हुने अस्ट्रेलियाली जनगणना प्राय: अगस्ट महिनाको दोस्रो मङ्गलवार हुने गरेको छ र यसै सिलसिलामा सन् २०१६ पछिको "सेन्सस् नाइट" हिजो अगस्ट १० तारिखमा परेको थियो।

आधिकारिक रूपमा हिजो जनगणना भर्ने दिन भएता पनि अस्ट्रेलियाली तथ्याङ्क विभागले जनगणना सम्बन्धी फारम भरेर बुझाउन थप एक हप्ताको म्याद मानिसहरूलाई दिएको छ।

सन् २०२१ को जनगणनाका लागि जिम्मा पाएकी वरिष्ठ अधिकृत टेरेसा डिकिन्सन भन्छिन् कि सबैले एकै दिन जनगणनामा भाग लिने गरी घरमा बस्ने दिन गए।

Teresa Dickinson, the senior responsible officer for the 2021 Census.
Teresa Dickinson, the senior responsible officer for the 2021 Census. Source: Australian Bureau of Statistics (ABS)

"अहिलेको हाम्रो जीवनशैली फरक छ, पहिले जस्तो कुनै एक साँझ सरकारी फारम भर्न भनेरै अधिकारीहरू कुरेर आजकाल कोही पनि बस्दैनन्" उनले भनिन्।

"हामीले यस पटक मानिसहरूलाई थप सजिलो होस् भनेर धेरै दिनको विकल्प दिएका छौँ, यसले गर्दा हाम्रो प्रणालीले पनि कम भार बहन गर्छ।"

यदि तपाईँले हिजोसम्ममा आफ्नो जनगणनाको फारम भरेेर बुझाउनुभएको छैन भने विभागले तपाईँलाई सम्झाउन सम्भव र सुरक्षित भएसम्म कर्मचारी नभए पत्र पठाउने छ।

Households that have not returned their Census by 10 August will receive either a reminder letter or a visit from field officers where safe.
Households that have not returned their Census by 10 August will receive either a reminder letter or a visit from field officers where safe. Source: Australian Bureau of Statistics (ABS)

"नोटिस अफ डिरेक्सन" भन्ने निर्देशनात्मक सूचनाको पत्र पाए पछि पनि अटेर गरेर जनगणनामा भाग लिनु भएन भने चाहिँ तपाईँलाई २२२ डलरसम्मको जरिमाना तिर्न लगाउन सकिने अस्ट्रेलियाली तथ्याङ्क विभागको भनाई छ।

अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स वा छोटकरीमा एबीएस पनि भनेर चिनिने उक्त विभागका अनुसार तपाईँले अपुरो फारम बुझाउनुभयो भने पनि जरिमाना तिर्नुपर्ने हुन सक्छ।

त्यसपछि भने सबै उत्तरहरू एककृत गरेर तथ्याङ्कहरू प्रशोधन गर्ने कार्य सुरु हुनेछ र यसबाट प्राप्त हुने पहिलो जानकारी हामीले अर्को सालको जुन महिनामा थाहा पाउने छौँ।

2021 Census Key Dates
2021 Census Key Dates Source: Australian Bureau of Statistics (ABS)

जनगणना सम्बन्धी फारम अङ्ग्रेजी भाषामा रहेको भएता पनि डिकिन्सन भन्छिन् कि विभागको वेबसाइट र सामाजिक सञ्जालहरूमा यसबारे जानकारी २९ भाषामा उपलब्ध छ।

यसका साथै थप मद्दतको आवश्यकता पर्ने मानिसहरूले दोभासे सेवाको पनि प्रयोग गर्न सक्नेछन्।

आफ्नै भाषामा मार्ग निर्देशन भए गजब हुन्थ्यो भन्ने मानिसहरूका लागि पनि विभिन्न सेवा उपलब्ध रहेको टेरेसा डिकिन्सनको भनाई छ।

"यस्ता सबै सेवा अहिलेको परिस्थितिमा प्रत्यक्ष प्रदान गर्न नमिल्ने भएकाले हामीले अनलाइन मार्फत जानकारी सत्रहरू सञ्चालन गरिरहेका छौँ," उनले भनिन्।

2021 Census in numbers
Source: Australian Bureau of Statistics (ABS)

डिकिन्सन अगाडि भन्छिन् कि हाम्रो बारेमा यसपालिको जनगणनाले फेरी पनि नयाँ तस्बिर जारी गर्ने छ।

"एक दिनमा के भयो भनेर देखाउनुको अलावा तुलना गरेर हेर्दा के भयो भनेर पनि जनगणनाले बताउने छ," उनले भनिन्।

"विशेष गरेर महामारीका कारण हाम्रो जीवनमा आएको परिवर्तनहरू बारे यसले बृहत् जानकारी दिनेछ।"


Share

3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now