Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

जनगणना २०२१: भाग नलिए जरिमानाको खतरा

The Census is compulsory

The Census is compulsory. Source: Abhas Parajuli

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरूले हरेक पाँच-पाँच वर्षमा हुने राष्ट्रिय जनगणनामा भाग लिएर आफ्नो उमेर, सांस्कृतिक पृष्ठभूमि, धर्म, अध्ययन, वंशज लगायतका प्रश्नहरूको उत्तर दिने गर्दछन्। तर, जनगणनामा भाग नलिए जरिमानाको खतरा हुने अधिकारीहरूको भनाई छ।


Published

Updated

Source: SBS




Share this with family and friends


अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरूले हरेक पाँच-पाँच वर्षमा हुने राष्ट्रिय जनगणनामा भाग लिएर आफ्नो उमेर, सांस्कृतिक पृष्ठभूमि, धर्म, अध्ययन, वंशज लगायतका प्रश्नहरूको उत्तर दिने गर्दछन्। तर, जनगणनामा भाग नलिए जरिमानाको खतरा हुने अधिकारीहरूको भनाई छ।


अगस्ट १० तारिखमा हुने जनगणनाका क्रममा अस्ट्रेलियामा बसोबास गर्ने झन्डै २ करोड ५० लाख भन्दा पनि बढी मानिसहरूबाट विवरणहरू सङ्कलन गरिनेछ।

यसरी जम्मा पारिएको जानकारीका आधारमा सरकार, व्यापार-व्यवसायहरू र सामुदायिक सङ्गठनहरूले सेवा तथा पूर्वाधार सम्बन्धी उचित निर्णयहरू लिन मद्दत पुग्छ।

अस्ट्रेलियाली तथ्याङ्क विभाग - जसलाई अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स वा छोटकरीमा एबीएस भनेर बढी चिनिन्छ, क्रिस लिब्ररेरी उक्त संस्थाका जनगणना विभाग वा सेन्सस् डिभिजनका महाप्रबन्धक हुन्।

उनी भन्छन् कि अस्ट्रेलियाको जनगणनाका क्रममा ६० वटा जति प्रश्नहरू सोधिने छन् र अन्य थुप्रै देशहरूको तुलनामा यो निकै विस्तृत पनि छ।

यातायात, विद्यालयहरू, स्वास्थ्य सेवा, पूर्वाधार जस्ता विषयहरूमा सरकारद्वारा लिइने निर्णय जनसङ्ख्या सम्बन्धी तथ्याङ्कमा आधारित हुन्छन् र लिब्ररेरी भन्छन् कि यस्ता आँकडा जनगणनाबाट प्राप्त हुन्छन्।

उता, अरेञ्ज एबोरिजिनल मेडिकल सर्भिसका प्रमुख कार्यकारी अधिकृत जेमी न्युम्यानका अनुसार, जनगणनाबाट उपलब्ध हुने तथ्याङ्कले सेन्ट्रल वेस्टमा रहेको समुदायलाई पायक पर्ने खालका सेवाहरू प्रदान गर्न सघाउँछ।सन् २०१६ मा साइबार आक्रमण भएपछि अस्ट्रेलियाको जनगणना सम्बन्धी वेबसाइटलाई सुरक्षाका कारण बन्द गर्नुपरेको थियो।

त्यसपछि एबीएसले नयाँ प्रणाली विकास गरेको बताएको छ।

तर, दि अस्ट्रेलियन नेश्नल अडिट अफिस भनिने अस्ट्रेलियाली राष्ट्रिय लेखा कार्यालयले सन् २०२० को नोभेम्बर महिनामा आगामी जनगणनाका लागि एबीएसको पूर्व तयारी "आंशिक रूपमा मात्र प्रभावकारी" रहेको आफूले पाएको बताउँदै सो प्रणालीमा कमजोरीहरू रहेको पनि उल्लेख गरेको थियो।

जनगणनाका प्रमुख क्रिस लिब्ररेरी भने नवनिर्मित प्रणाली निकै उच्च कोटीको रहेको दाबी गर्छन्।

पाँच वर्ष अघिको जनगणनाका क्रममा ९ अगस्ट २०१६ मा एबीएसद्वारा साइट बन्द गरिनु सही नै रहेको सिनेटको एक छानबिन समितिको ठहर थियो।

उक्त छानबिन समितिले अस्ट्रेलियाली तथ्याङ्क विभागद्वारा जनगणनाका क्रममा मानिसहरूको नाम एवं ठेगाना चार वर्षसम्मका लागि सञ्चित गर्ने कार्यको पनि जाँच गर्दै मानिसहरूको यस सम्बन्धमा रहेका चिन्तालाई सम्बोधन गर्न ठोस कदम नचालेकोमा विभागको आलोचना गरेको थियो।

रिपोर्ट सुन्नुहोस्:null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा यहाँबाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ।

लिब्ररेरी भन्छन् कि यसरी नाम तथा ठेगानाहरू सङ्ग्रह गर्दा आफ्नो संस्थाले जनगणनाको विवरण अन्य सरकारी प्रशासनिक आँकडाहरूसँग जोडा मिलाउन सक्छ जसबाट अन्तिम नतिजाको गुणस्तर बढ्छ।

एबीएसले समग्र तथ्याङ्कहरू मात्र प्रकाशन गर्ने कुरामा जोड दिँदै उनले व्यक्तिगत निजी जानकारीहरू अन्य सरकारी विभाग लगायत कसैलाई पनि उपलब्ध नगराइने बताउँछन्।

अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्सले प्राइस वाटर कुपर्स र अमेजन वेब सर्भिसेस् जस्ता ठुला तथा नामी कम्पनीहरूलाई हात लिएर यस पटकको जनगणनाका लागि प्रणाली निर्माण गरिएको बताएको छ।

Nepal Festival Melbourne 2018
Source: Abhas Parajuli

साधरणतया सेन्सस् नाइट भनिने एक साँझमा नै अस्ट्रेलियाको जनगणना कार्य सम्पन्न हुन्छ।

तर यो पालि भने तपाईँले निर्देशन सम्बन्धी पत्र पाउनासाथ आफ्नो विवरणहरू भर्न सक्नुहुनेछ।

र, यस्ता निर्देशिकाहरू अगस्ट महिनाको सुरु तिरै पठाइने पनि अस्ट्रेलियाली तथ्याङ्क विभागको भनाई छ।

तपाईँले विभागबाट प्राप्त गर्नुहुने पत्रमा जनगणना सम्बन्धी अद्वितीय सङ्केत नम्बर आफ्नो घरधुरीका लागि प्राप्त गर्नुहुनेछ।

यसका साथै, जनगणनाको अनलाइन भरिने प्रश्नोत्तरका लागि आवश्यक पर्ने पासवर्ड तथा निर्देशन पनि तपाईँलाई एबीएसले पठाउनेछ।

The Census is compulsory.
Source: Abhas Parajuli
डा. कृष्ण हमालसँग यस विषयमा हामीले गरेको कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

विद्युतीय उपकरण - जस्तै कि स्मार्ट फोन, ट्याब्लेट वा कम्प्युटर मार्फत जनगणनामा भाग लिन चाहनुहुन्न वा सक्नुहुन्न भने पनि कागजी प्रश्नोत्तर कसरी मगाउने भनेर पनि विभागद्वारा गरिने पत्राचारमा उल्लेख हुनेछ।

अस्ट्रेलियामा रहेका विदेशी कूटनैतिक कर्मचारीहरू र तिनका परिवारजन बाहेक अस्ट्रेलियामा रहेका सबै मानिसहरूले उनीहरूको जे-जस्तो भिसा भएता पनि अनिवार्य रूपमा राष्ट्रिय जनगणनामा भाग लिनुपर्ने बताउँछन् लिब्ररेरी।

जनगणना तथा तथ्याङ्क ऐन १९०५ अन्तर्गत अस्ट्रेलियामा रहेका सबै जनालाई सेन्सस्‌मा भाग लिन अनिवार्य गरिएको छ।

क्रिस लिब्ररेरी भन्छन् कि जनगणनामा भाग नलिए मानिसहरूले ठुलो जरिमाना तिर्नुपर्ने हुनसक्छ।

विकासका कार्यक्रम तथा ठुला-ठुला पूर्वाधार सम्बन्धी परियोजनाहरू बाहेक जनगणनाबाट प्राप्त हुने तथ्याङ्कका आधारमा स्थानीय समुदायहरूको आवश्यकता परिपूर्ति गर्न पनि मद्दत पुग्छ - जस्तै कि तपाईँ बसोबास गर्ने ठाउँको स्थानीय खेलकुद क्लबहरू वा तपाईँले किनमेल गर्न जाने सुपरमार्केटमा विशिष्ट उत्पादनहरू।

Nepali in Melbourne
Source: SBS Nepali

अनि, तपाईँ नजिकै रहेका पुस्तकालयहरूमा पनि आफ्नै भाषामा किताबहरू उपलब्ध हुने कुरामा पनि राष्ट्रिय जनगणनाको महत्त्वपूर्ण भूमिका हुन्छ।

जेमी न्युम्यानका अनुसार संस्थापन पक्ष समक्ष यो आफ्नो कुरा राख्ने मौका पनि हो।

उनी के पनि भन्छन् भने यदि आदिवासी तथा आप्रवासी दुवै समुदायहरू आफ्नो आवाज सुनाउन चाहन्छन् भने जनगणनामा भाग लिनु आवश्यक छ।

नेपाली लगायतका भाषामा सेन्सस् वा जनगणना बारे थप जानकारीका लागि २०२१ सेन्सस् वेबसाइट हेर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now