कोरोना सङ्कटकाल भर बेरोजगार आप्रवासीहरूलाई जीवन धान्न गाह्रो छ: लेबर

लेबर नेता एन्थोनी एल्बनिजे भन्छन् कि अस्ट्रेलियामा अलपत्र परेका बेरोजगार आप्रवासीहरू निकै कठिन परिस्थितिको सामना गर्दैछन् र उनीहरूलाई थप मद्दतको खाँचो छ।

Anthony Albanese will use a major speech on Monday to take aim at the government's plans.

آقای البنیزی این سخنان را در نشست نمایندگان حزبش بیان کرد. Source: SBS World News

सङ्घीय संसद्मा विपक्षी पार्टीको नेतृत्व गरिरहेका एन्थोनी एल्बनिजेका अनुसार, मरिसन सरकारले कोरोनाभाइरस विरुद्धको आफ्नो लडाइँमा सुधार देखाएता पनि क्याजुअल कामदार तथा अस्ट्रेलियामा अड्केर बस्न बाध्य आप्रवासीहरूका निम्ति उसले थप कदमहरू चाल्न अपरिहार्य छ।

एसबीएस समाचारसँग कुरा गर्दै एल्बनिजेले, कोरोनाभाइरस पीडितलाई बाँडिने सरकारी राहतका लागि योग्य नठहरिएका क्याजुअल कामदारहरूलाई लिएर, आफू विशेष रूपमा चिन्तित रहेको बताएका हुन्।

“जबसीकर पाउन मानिसहरूले केही समय कुर्नुपर्‍यो र जबकीपर प्राप्त गर्न अझै केही थप समय लाग्छ। मानिसहरूलाई के चाहिएको थियो भने - तत्काल सहयोग,” उनले भने।
प्रतिपक्ष नेता एल्बनिजेले कला र मनोरञ्जन क्षेत्रमा लागेका मानिसहरूलाई पनि बिना आय स्रोत छाडिनुलाई निको मानेका छैनन् र भन्छन्, “यसले दीर्घकालीन असर सिर्जना गर्छ।”

यसका साथै, अस्ट्रेलियामा विदेशी भिसा धारकहरूले आफ्नो रोजगारी गुमाए, त्यसबाट उत्पन्न परिस्थितिको सामना कसरी गर्नेछन् भनेर पनि आफू चिन्तित रहेको उनको भनाई छ।

“जो व्यक्ति यहाँ छन् - बिना आय - उनीहरू कसरी जीवन आफ्नो धान्छन् ख्वै,” एन्थोनी एल्बनिजेले भने।
“उनीहरू यहाँ अस्ट्रेलियामा छन्, बिना आय सहयोग र उनीहरू अरूले दिने दान थापेर एक दिनबाट अर्को दिन गर्दै आफ्नो गुजारा चलाउँदै छन्। यो ठिक भएन - किनभने - यो अस्ट्रेलियाली काइदा नै होइन। सङ्कटको यस घडीमा हामीले एक अर्कालाई सम्मान गर्नुपर्छ।”

दिन प्रतिदिन थप विवादास्पद बन्दै गइरहेको रुबी प्रिन्सेस प्रकरण बारे पनि आफ्नो धारणा सार्वजनिक गर्दै, सङ्घीय र राज्य (न्यु साउथ वेल्स) सरकारहरू दुवै एक अर्कामा दोषारोपण गर्न मै लिप्त रहेको आरोप पनि उनको थियो।

अघिल्लो महिना, सङ्घीय सरकारले क्रुज जहाजहरूलाई अस्ट्रेलियाली बन्दरगाहमा आउन प्रतिबन्ध लगाएता पनि, कथित रुपमा कोभिड-१९ सङ्क्रमित यात्रुहरूले भरिएको रूबी प्रिन्सेस जहाजलाई सिड्नी बन्दरगाहमा रोकिन अनुमति दिइएको थियो।

“यो मुद्दाको छिनोफानो हुनुपर्‍यो र एकले अर्काको गल्ती देखाउन छोडिनु पर्‍यो,” एन्थोनी एल्बनिजेले भने।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।
e968806e-f4c6-4c94-be3c-371e46b231f8


Share

Published

Updated

By Brett Mason

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand