SKIP TO MAIN CONTENT

कोभिड-१९: लेबरद्वारा क्याजुअल तथा अस्थायी भिसामा रहेका कामदारलाई पनि “केही दिनुपर्ने” माग

विपक्षी नेता एन्थोनी एल्बनिजेले सरकारद्वारा संसद्मा पेस गर्ने जबकीपर विधेयक पारित गर्नु अघि केही परिवर्तनहरू आफूहरूले हेर्न चाहेको स्पष्ट पारेका छन्।

Prime Minister Scott Morrison arrives during Question Time under rules of social distancing in the House of Representatives at Parliament House , 23 March 2020
Prime Minister Scott Morrison arrives during Question Time under rules of social distancing in the House of Representatives at Parliament House , 23 March 2020 Source: AAP

2 min read

Published

Updated

Source: AAP



Skip to article content

मरिसन सरकारले जबकीपर ऐन बारे आफ्नो प्रस्ताव बुधवार बस्ने सङ्घीय संसद् बैठकले पारित हुनै पर्ने बताउँदै गर्दा लेबर नेताको उक्त भनाइ सार्वजनिक भएको हो।

बुधवार बिहान एबीसी रेडियोसँगको एक कुराकानीमा सङ्घीय प्रतिपक्ष नेता एन्थोनी एल्बनिजेले अहिलेको अवस्थामा सरकारको प्रस्ताव पारित गर्नुको कुनै बिकल्प नरहेता पनि आफ्नो पार्टीले त्यसमा केही फेरबदल गर्न चाहेको बताएका छन्।

“हामी अस्थायी भिसामा रहेका कामदारहरूलाई लिएर चिन्तित छौँ,” उनले रेडियो नेशनलकी फ्रान केलीलाई भने।

आफूहरूलाई कामदारहरूले बिदा लगायतका सुविधाहरू जबरजस्ती प्रयोग गर्न भनिएकोमा पनि आपत्ति रहेको एल्बनिजेले बताए।

Opposition Leader Anthony Albanese will on Monday say that coronavirus has exposed weaknesses in the Australian economy.
Source: AAP

“हामीहरूलाई राष्ट्रिय अपाङ्गता बिमा योजना (एनडीआइएस) अन्तर्गतका कामदार, स्थानीय सरकारको योग्यता, परोपकारी संस्थाहरूको योग्यता र (विधेयकमा) पूर्ण बेवास्ता गरिएको कला तथा मनोरञ्जन क्षेत्र बारे पनि हामीलाई चिन्ता छ।”

उनले जबकीपर कार्यक्रममा काउन्सिलहरूमा काम गर्ने लगभग दुई लाख कर्मचारीहरूलाई समावेश गर्न सरकारलाई आग्रह गरेका छन्।

कामदारहरूलाई जबकीपर भत्ता लिन फेयर वर्क एक्ट समेत परिमार्जन गर्दै बिदा लिन उनीहरूलाई जोड दिइन सक्ने बारे लेबर सन्तुष्ट देखिएको छैन।

उता, बुधवार बिहान अल्बनिजेको धारणा सार्वजनिक हुनु पूर्व नै, सङ्घीय अर्थ मन्त्री मठियास कोर्म्यानले भने आफूहरूले कुनै पनि हालतमा विधेयकमा परिमार्जन नगर्ने सार्वजनिक अडान लिएका छन्।

तर, एन्थोनी एल्बनिजे भने अघिल्लो पटक पनि आफूहरूले जबसीकर विधेयकमा केही परिमार्जन गर्दै, थप २३०,००० मानिसहरूलाई त्यसको दायरामा पार्न सफल रहेको तर्फ इङ्गित गर्दै यसपालि पनि आसा रहेको धारणा व्यक्त गरे।

“सरकारको सहयोग बिना विधेयकमा केही परिवर्तन हुन सक्दैन र हामी यसलाई पारित हुन बाधा हाल्ने छैनौँ। किनभने, जबकीपर भुक्तानीको आवश्यकता थुप्रै कामदारहरूलाई छ, व्यापार-व्यवसायहरूलाई छ,” एल्बो भनेर पनि परिचित लेबर नेताले भने।

“आज यो पारित भएन भने अस्ट्रेलियाली जनताले हामीलाई निकै निर्दयतापूर्वक हेर्नेछन्।”

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now