SKIP TO MAIN CONTENT

ठुलो मात्रामा अन्तर्राष्ट्रिय विद्यार्थी भित्राएर देशका विश्वविद्यालयहरूले "आफ्नो अस्ट्रेलियालीपन" गुमाए

लिबरल सिनेटरका जिम मोलानद्वारा मुलुकका विश्वविद्यालयहरूले ठुलो सङ्ख्यामा अन्तर्राष्ट्रिय विद्यार्थीहरू भित्राएर उनीहरूले "आफ्नो अस्ट्रेलियालीपन" गुमाएको भन्ने अभिव्यक्तिलाई लिएर उनको आलोचना गरिएको छ।

Liberal Senator Jim Molan
Liberal Senator Jim Molan Source: AAP

3 min read

Published

Updated

By Emma Brancatisano



Skip to article content

सङ्घीय संसद्को माथिल्लो सदन सिनेटमा सोमबार उच्च शिक्षा गुणस्तर र मापदण्ड संशोधन विधेयक बारे बोल्दै सिनेटर मोलानले सो टिप्पणी गरेका हुन्।

तर, उनको ठुलो सङ्ख्यामा अन्तर्राष्ट्रिय विद्यार्थीहरू भित्राएर देशका विश्वविद्यालयहरूले "आफ्नो अस्ट्रेलियालीपन" गुमाएको भन्ने भनाई प्रति धेरैले आपत्ति जनाएका छन्।

उच्च शिक्षा गुणस्तर र मापदण्ड सम्बन्धी मस्यौदा कानून अध्ययनको क्रममा विद्यार्थीलाई ठग्न सहायक हुने सेवा प्रदायकलाई हुने सक्ने सजाय बारे रहेको छ।

सिनेटर मोलानका अनुसार उक्त विधेयकले अस्ट्रेलियाली उच्च अध्ययन क्षेत्रका विविध पक्षहरूलाई सम्बोधन गर्नेछ न कि केवल शैक्षिक सेवा प्रदायकहरूको वैदेशिक विद्यार्थीहरू माथि रहने गरेको निर्भरता।

"धेरै वर्ष पहिले, एक उप-कुलपतिले मलाई भनेका थिए कि यो धेरै विदेशी विद्यार्थीहरू भर्ना गर्दा हाम्रा विश्वविद्यालयहरूले आफ्नो अस्ट्रेलियालीपन गुमाए, र त्यो मेरो व्यक्तिगत अनुभव पनि हो," उनले भने।

ग्रीन्स पार्टीकी शिक्षाका प्रवक्ता रहेकी सिनेटर मेहरिन फारुकीले सो विधेयकको माथि मोलानले बोल्नु अघि सिनेटलाई सम्बोधन गरेकी थिइन्।

फारुकी भन्छिन् कि ती टिप्पणीहरू "नीच" थिए जसले "हामी र उनीहरूको" भन्ने विभाजनलाई थप जोड दिएको छ।

"अन्तर्राष्ट्रिय विद्यार्थीहरूले हाम्रो विश्वविद्यालय हातालाई समृद्ध र जीवन्त बनाउँछन्," उनले एसबीएस समाचारलाई भनिन्।

"उनीहरूको उपस्थिति हामी सबैका लागि राम्रो कुरा हो।"

गत अप्रिलमा प्रधानमन्त्री स्कट मोरिसनले कोरोनाभाइरस महामारीमाको बखत अस्थायी भिसा धारकहरूले आफैँलाई हेर्न नसक्ने भए उनीहरूलाई आफ्नै घर फर्कन भनेका थिए।

तर, अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा र पर्याप्त मात्रामा हवाई सेवा सञ्चालन नहुँदा नेपाल, भारत लगायत अन्य थुप्रै देशबाट उच्च अध्ययनका लागि अस्ट्रेलिया आइपुगेका हजारौँ विद्यार्थीहरू यहीँ अड्किन बाध्य भएर कोभिड-१९ बाट सृजित विषम आर्थिक परिस्थितिको मारमा परेका छन्।

यो महिना अस्थायी भिसा धारकहरूसँग गरिएको एक राष्ट्रव्यापी सर्वेक्षणका क्रममा ६५ प्रतिशत उत्तरदाताले आफ्नो काम गुमाएको बताएका थिए।

अन्तर्राष्ट्रिय विद्यार्थीका हकमा यो आँकडा करिब ६० प्रतिशत रहेको छ भने ३९ प्रतिशत उत्तरदाताले उनीहरूसँग दैनिक गुजारा चलाउन समेत पैसा नभएको बताएका थिए।

सिनेटर फारुकीले भन्छिन् कि महामारीको बेलामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सङ्घीय सरकारले निराश तुल्याएको छ।

"प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई घर जान भन्नु एकदमै नराम्रो थियो," उनले भनिन्।

अघिल्लो महिना, सङ्घीय सरकारले सीमा खुलेपछि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या बढाउन देश बाहिरका स्थानहरूमा दर्ता भएका विद्यार्थी भिसा आवेदन प्रक्रिया पुनः सुरु गरेको बताएको छ।

यस अघि उसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि लचकता देखाउँदै भिसाका केही प्रावधानहरूलाई खुकुलो तुल्याएको थियो।

विद्यार्थी भिसा प्रक्रियामा गरिएका पछिल्ला बदलावबारे हामीले सिड्नीका एक जना अध्यागमन मामिलाका जानकार नीरज श्रेष्ठसँग गरिएको कुराकानी सुन्नुहोस्:

यस बारे थप जान्न यहाँ थिच्नुहोस्

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अस्ट्रेलियाको अर्थव्यवस्थामा वर्षेनी करिब ४० अर्व बराबरको योगदान पुर्‍याउँछन् र झन्डै अढाई लाख भन्दा बढी रोजगारीमा सहयोग पुर्‍याउँछन्।

एसबीएसले सिनेटर मोलानलाई टिप्पणीको लागि सम्पर्क गरेता पनि यो समाचार प्रकाशनको समयमा प्रतिक्रिया प्राप्त भएको छैन।

मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

 नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now