Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

"सरकारको नयाँ पोलीसी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आकर्षित गर्ने किसिमको छ”

Niraj Shrestha Nepali Immigration Conveyancing Agent Sydney

Niraj Shrestha speaks to SBS Nepali on the latest visa changes. Source: Supplied/Pixabay CCO

मरिसन सरकारद्वारा विद्यार्थी भिसा प्रक्रियामा गरिएका पछिल्ला बदलावबारे हामीले सिड्नीका एक जना अध्यागमन मामिलाका जानकार नीरज श्रेष्ठसँग गरेको कुराकानी


Published

Updated

Source: SBS




Share this with family and friends


मरिसन सरकारद्वारा विद्यार्थी भिसा प्रक्रियामा गरिएका पछिल्ला बदलावबारे हामीले सिड्नीका एक जना अध्यागमन मामिलाका जानकार नीरज श्रेष्ठसँग गरेको कुराकानी


श्रेष्ठसँग गरेको कुराकानी सुन्न माथीको मिडिया प्लेयरमा रहेको स्पिकर आइकन थिच्नुहोस्

कोरोनाभाइरसका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरू अस्ट्रेलिया आउन रोकिएको अवस्थामा , देशको उच्च शिक्षा उद्योगमा व्यापक असर पर्ने भनाइहरू पनि आइरहेका छन्।

देशभर रहेका विश्वविद्यालय र कलेजहरूले आफ्ना कर्माचारीहरुलाई पद बाट हटाउन सुरु गरिसकेको भन्ने समाचारहरू पनि हाल आइरहँदा, उच्च शिक्षा उद्योगलाई केही राहत प्रदान गर्ने अनुमान गरिएको एक नीति मोरिसन सरकारले केही दिन अगाडी सार्वजनिक गरेको थियो।

विशेष गरी अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आकर्षित गर्न चालिएको उक्त कदमले विद्यार्थी भिसा प्रक्रियामा केही बदलाव गरेको छ।

International students
International students (Representational image). Source: Getty Images/PhotoAlto/Frederic Cirou

सरकारका अनुसार हाल नेपाल लगायत विश्वका विभिन्न स्थानमा एक लाख पैतीस हजार विद्यार्थीहरू सँग अस्ट्रेलिया आउने भिसा रहेको छ - तर कोरोनाभाइरस अन्तर्गतको यात्रा प्रतिबन्धका कारण, उनीहरूको अस्ट्रेलियामा पढाइ सुरु गर्ने योजना अहिलेको लागि स्थगित अवस्थामा रहेको छ।

तर कोभिड उन्नाइसको महामारी पछि ती विद्यार्थीहरू अस्ट्रेलिया फर्किएको सुनिश्चित गर्न भन्दै सरकारले आफ्ना विदेशी नियोगहरू बाट विद्यार्थी भिसा पुनः जारी गर्न सुरु गरेको छ। जसको मतलब, यात्रा प्रतिबन्ध खुकुलो हुने बित्तिकै विद्यार्थीहरू अस्ट्रेलिया आउन सक्ने कार्यवाहक अध्यागमन मन्त्री एलन टज ले बताएका छन्।

साथै आफ्नो पढाइ पुरा गर्न नसकेका र विद्यार्थी भिसाको म्याद सकिन लागेका विद्यार्थीहरूले - भिसा बढाउन छ सय डलर भन्दा बढीको शुल्क पनि तिर्न नपर्ने भएको छ।

र विदेश बाटै हाल अस्ट्रेलियाली शिक्षण संस्थाहरुको अनलाइन कक्षामा सहभागी भएकाहरूले पढाइ सके पछि ग्राजुएट भिसामा काम गर्न पाउने मापदण्ड मा त्यस्तो अनलाइन पढाइलाई पनि स्वीकार गरिने बताइएको छ।

सरकारको यस कदमले अन्तर्राष्ट्रिय शिक्षा उद्योगमा अस्ट्रेलियालाई पनि प्रतिस्पर्धी अवस्थामा कायम राख्ने, उक्त उद्योगको भनाइ छ।

इन्टरन्याशनल एजुकेसन अफ अस्ट्रेलिया नामक उच्च शिक्षण संस्थाहरुको प्रतिनिधित्व गर्ने निकायका फिल हनिवूड भन्छन् कि अस्ट्रेलियाली भिसा नीतिले युके र क्यानडा लगायतका प्रतिस्पर्धी राष्ट्रहरूलाई - विद्यार्थी आकर्षित गर्न सहयोग गरिरहेको छ।

तर विदेशमा रहेका विद्यार्थीहरू माथि मात्र नभई, हाल अस्ट्रेलियामै रहेका र कोरोनाभाइरसका कारण समस्यामा परेका विदेशी विद्यार्थीहरूलाई चाहिँ बिर्सन नहुने आग्रह पनि सरकार समक्ष गरिएको छ।

यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो एजेन्ट, अध्यागमन विभागलाई सम्पर्क गर्नुहोस्।

1adeacc4-3736-4a46-8ec4-eafadc085e8b

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे थप जानकारी यहाँ उपलब्ध छ।

रुघा खोकी वा चिसो लागेको लक्षण देखा परे तपाईंले घरमा नै बसेर आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गरी परीक्षणका लागि समय मिलाउनुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो भने वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा भने ००० (ट्रिपल जिरो)मा फोन गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 

covid-19.png

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now