अन्तराष्ट्रिय विद्यार्थीहरूका लागि “पोस्ट स्टडी भिसा” सहज पार्ने र "भिसा रिन्यु फी"मा सहुलियत दिने सरकारी तयारी

कोरोना महामारी पश्चात आफ्नै देश फर्केर दूर शिक्षा अन्तर्गत पठन-पाठन गरिरहेका अन्तराष्ट्रिय विद्यार्थीहरूलाई “पोस्ट स्टडी भिसा” दिने बारे गृहकार्यमा सङ्घीय सरकार लागेको दि अस्ट्रेलियनले खुलासा गरेको छ।

International students in Australia.

Source: Reuters

कोरोनाभाइरस महामारीका कारण उत्पन्न भएको विषम परिस्थितिले गर्दा, अस्ट्रेलियाका प्राय विश्वविद्यालयहरूले ठुलो मात्रामा थुप्रै अन्तराष्ट्रिय विद्यार्थीहरू गुमाउने डरका बीच मरिसन सरकारले भिसा सम्बन्धि नियममा केही परिमार्जन गर्न लागेको बताइएको हो।

हाल कायम रहेको भिसा सम्बन्धि व्यवस्था अनुसार, अन्तराष्ट्रिय विद्यार्थीहरू अस्ट्रेलियामा नै रहेर अध्ययन गरे मात्र “पोस्ट स्टडी” भिसाका लागि हकदार हुन्छन्।

उक्त अंग्रेजी राष्ट्रिय दैनिकले यो पछिल्लो प्रस्तावबारे जानकार केही स्रोतहरूको हवाला दिंदै, विद्यार्थीहरू आफ्नै देश फर्किएर अनलाइन मार्फत पठन-पाठन गरिरहेको भए पनि, “पोस्ट स्टडी” भिसाका लागि योग्य हुने बताएको छ।

केही समय पहिले मात्र, कोरोनाभाइरस महामारीका कारण अस्ट्रेलियाली विश्वविद्यालयहरूले आगामी केही वर्षको अवधिमा १६ अर्व डलर गुमाउने रिपोर्टहरू सार्वजनिक भएको थियो।

यसै बीच, भिक्टोरियामा कोभिड-१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै जाँदा, उक्त राज्यमा ३५,००० जतीको सङ्ख्यामा अन्तराष्ट्रिय विद्यार्थीहरू फिर्ता बोलाउने कार्य हाललाई स्थगित गरिएको छ।

उता, छिमेकी राज्य न्यु साउथ वेल्सले भने उक्त राज्यमा रहेका विश्वविद्यालयहरुहरूसँग मिलेर, यो महिनादेखि नै प्रत्येक दिन २५० का दरले १०० दिनसम्म अन्तराष्ट्रिय विद्यार्थीहरू फिर्ता बोलाउने तयारी गरिरहेको योजना पनि, भिक्टोरियामा सङ्क्रमण फैलंदै जाँदा र सिड्नीमा अवतरण हुने अन्तराष्ट्रिय विमानहरु माथि लागू भएको कडा प्रतिबन्धहरूका बीच हाललाई रोकिएको उक्त अखबारले लेखेको छ।

International students exploitation
International students exploitation Source: Flickr

“पोस्ट स्टडी” भिसा सहुलियतका साथै सङ्घीय सरकारले, हाल घर फर्किन असमर्थ रहेका र विद्यार्थी भिसाको म्याद समाप्त हुन लागेकाहरूलाई, भिसा नवीकरण शुल्कमा कि त छुट प्रदान गर्ने वा सो शुल्क नै नलिने बारे पनि बिचार गरिरहेको बताइएको छ।

भिक्टोरियामा हाल कोरोना प्रकोप फैलंदै जाँदा, मरिसन सरकारले आगामी सेमेस्टरको लागि राज्य सरकाहरूलाई बृहत रुपमा अन्तराष्ट्रिय विद्यार्थीहरू फिर्ता बोलाउने कार्यका लागि आफूले अनुमति नदिने गत शुक्रबार बसेको राष्ट्रिय मन्त्रिपरिषदको बैठकमा बताएको थियो।

यसका साथै, अस्ट्रेलियन क्यापिटल टेरोटेरीका दुई विश्वविद्यालयहरू सम्मिलित अन्तराष्ट्रिय विद्यार्थीहरू फिर्ता बोलाउने परिक्षण कार्यक्रम पनि हाललाई रोक्का छ।

विशेष गरेर, प्रधानमन्त्री स्कट मरिसनले देशभरका राज्यहरू बीचको सिमा नखुलेसम्म अन्तराष्ट्रिय विद्यार्थीहरू फिर्ता बोलाउने कार्य ठिक नहुने अभिव्यक्ती दिएपछि सो “पाइलट प्रोग्राम” पछाडी धकेलिएको हो।

हाल, भिक्टोरियालीहरूका लागि अन्य सबै राज्यका सिमा बन्द छन्।

Coronavirus Nepali Infographics
Source: SBS Nepali

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्। 

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 

covid-19.png

हामीले सङ्घीय शिक्षा विभागसँग यसबारे थप जानकारी माग गरेका छौँ। 

 


Share

3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now