नयाँ निर्धारण गरिने शुल्क, पढिने विषयको रोजगारिताको सम्भावनाको आधारमा तोकिएको सरकारले बताएको हो।
कोरोनाभाइरसको सङ्क्रमणका कारण परिवर्तन भएको राष्ट्रिय अर्थतन्त्र र देशको रोजगार बजारलाई ध्यानमा राख्दै, अस्ट्रेलियाको सरकारले विश्वविद्यालयमा लाग्ने शुल्कमा व्यापक परिमार्जन गरेको छ।
गत शुक्रवार मात्र घोषणा गरेको नीति अनुसार, परिवर्तित अवस्थामा रोजगारी दिन सक्ने विषयहरूको शुल्कमा कमी आउने छ भने, अहिलेको बजारमा सान्दर्भिक नदेखिएको विषयहरूको भने शुल्क महँगो हुने छ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा निकै भर पर्ने यहाँका विश्वविधालयहरु, कोरोनाभाइरसका कारण अहिले आर्थिक रूपले निकै जटिल स्थितिमा रहेको बताइँदै गर्दा, सरकारको यो पछिल्लो निर्णय आएको हो।
अर्को वर्षदेखि लागू हुने बताइएको यस नयाँ नीतिका अनुसार, रोजगारिताको बजारमा प्रभाव हुन सक्ने अङ्क गणित र कृषि जस्ता विषयहरूको शुल्कमा झन्डै ६२ प्रतिशतले कमी आउने छ।
तर मानविकी वा कलासम्बन्धीका विषयहरू पढ्ने चाहने विद्यार्थीहरूले भने अहिलेको भन्दा बढी शुल्क तिर्नु पर्ने हुन्छ।
सिड्नीको उत्तरमा रहेको सेन्ट पिउस विद्यालयका विलियम चेन अर्को वर्ष विश्वविद्यालयमा भर्ती हुँदा व्यावसायिक विज्ञान र कलासम्बन्धीको विषय लिने विचारमा रहेका थिए।
तर यी दुवै विषयको शुल्क अब बढ्ने भएकाले यस विषयमा उनी फेरि विचार गरिरहेका छन्।

सरकारका अनुसार – यो पछिल्लो घोषणाले जागिर पाउने सम्भावना बोकेका विषयहरूमा भर्ती हुनका लागि प्रोत्साहन दिएको छ। कोरोनाभाइरस सुरु हुन अघि गरिएको अध्ययनले आउँदो पाँच वर्षमा स्वास्थ्य सेवा, विज्ञान र टेक्नोलोजी, शिक्षा तथा निर्माण क्षेत्रमा रोजगारिताको माग निकै बढ्ने देखाएको थियो।
शिक्षा मन्त्री ड्यान टिहानले शिक्षक, मनोवैज्ञानिकहरूको माग आउँदा दिनहरूमा निकै पढ्ने पक्का रहेको बताउँदै, परिवर्तित अर्थ बजारलाई सुहाउँदो नीति सरकारले निर्माण गरेको बताए।
विश्वविधालयको अध्ययन सकेर बढी भन्दा बढी विधार्थीहरुलाई रोजगारितामा लाग्ने मौका मिलोस् भन्ने लक्ष्य अहिलेको सरकारको रहेको उनले जानकारी दिए।
अर्को वर्षदेखि विद्यार्थीहरूले तोकिएका विषयहरू सस्तोमा पढ्न पाउने छन्। अहिले भर्ती भइसकेका विद्यार्थीहरूले भने उनीहरू पढिरहेको विषयको शुल्क बढाइएको खण्डमा थप रकम तिर्नु नपर्ने सुविधा रहेको छ।
यसै गरी, कोरोनाभाइरसका कारण, धेरै विद्यार्थीहरू एक बर्से भ्रमणको साटो विश्वविद्यालयमै जाने भएका कारण, यहाँको विश्वविधालयहरुमा थप विधार्थीहरुको भर्ना लिनका लागि सरकारले कोटा बढाएको छ।
अर्को वर्षदेखि विज्ञान र ईनजिनियरिङ्ग विषयहरूको शुल्कमा २० प्रतिशतले कमी आउने छ, भने नर्सिङ, र शिक्षा लगायतका विषयहरूमा भने ४६ प्रतिशतसम्मको कमी आउने छ।
शुल्क सबैभन्दा बढी घट्ने विषय भने गणित तथा कृषिको विषय हुनेछ।
अस्ट्रेलियाको गणितसम्बन्धी एक संस्थाका अधिकारी टिम ब्राउनले सरकारको यो नयाँ नीतिका कारण यहाँ रहेको आदिवासी तथा जनजाति समुदायका विद्यार्थीहरूले झनै उपयोग गर्न सक्ने आशा व्यक्त गरे।
साथै उनले मानविकी विषय लिएकाहरूले पनि गणितमा चासो बढाउन सक्ने बताए।
तर उता, मानविकी विषय पढ्ने इच्छा भएकाहरूको भने पछि गएर ठुलै ऋण तिर्नु पर्ने भय बढेको विधार्थीहरुको राष्ट्रिय युनियनकी अध्यक्ष मोलि विल्मोट बताउँछिन्।
यसै गरी, पत्रकारिता सम्बन्धकी प्राध्यापिका एलेक्स वेकले पनि सरकारको यो पछिल्लो निर्णयबाट पत्रकारिता लगायत कमजोरहरूलाई आवाज दिने सक्ने क्षमता भएको पेसामा नैराश्यता बढ्ने बताउँछिन्।

सरकारको यो नीति सार्वजनिक भए पनि यसले सदनमा चर्को बहस निम्ताउने प्रस्ट छ।
यसअघि, सन् २०१५ मा तत्कालीन सरकारले विश्वविधालयहरुले आफै शुल्क तोक्ने सक्ने बनाउन खोजेको थियो, जुन प्रयास विफल भएको थियो।
सिड्नी विश्वविद्यालयका राजनीतिक अर्थशास्त्रका प्राध्यापक गारेथ ब्रायन्टले नयाँ नीतिले विश्वविधालयहरुको आर्थिक संरचना कति कमजोर रहेको छ भन्ने कुरा प्रस्ट पारेको छ भनी बताए।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:






