SKIP TO MAIN CONTENT

बाँधेको तन्ना प्रयोग गर्दै क्वारेन्टिन होटेलबाट भागेका एक पुरुषलाई प्रहरी द्वारा पक्राउ

पश्चिम अस्ट्रेलिया प्रवेश गर्ने असफल प्रयास पछि पर्थ स्थित एक क्वारेन्टिन होटेलमा राखिएका उक्त पुरुषले चौथो तल्लामा रहेको होटेलको आफ्नो कोठाको झ्याल बाट भागेको आरोप प्रहरीको रहेको छ।

A Queensland man has been charged after escaping from hotel quarantine in Perth where he was being held after being denied entry to Western Australia.
A Queensland man has been charged after escaping from hotel quarantine in Perth where he was being held after being denied entry to Western Australia. Source: WA Police

1 min read

Published

By SBS Nepali

Source: SBS News



Skip to article content

पर्थ स्थित एक क्वारेन्टिन होटेलबाट भागेको आरोपमा वेस्टर्न अस्ट्रेलियाली प्रहरी द्वारा एक ३९ वर्षीय पुरुषलाई हिरासतमा लिइएको छ।

गत सोमबार क्वीन्सल्याण्डको राजधानी ब्रिसबेन बाट आइपुगेका उक्त पुरुषलाई हाल लागु रहेको कोरोनाभाइरस प्रतिबन्ध अन्तर्गतका नियमका साथ् पश्चिम अस्ट्रेलिया प्रवेश गर्न बाट रोक लगाइएको थियो।

साथै उनले ४८ घण्टा भित्र उक्त राज्यबाट बाहिर जानुपर्ने निर्देशन पनि सरकारी अधिकारीहरु द्वारा उक्त पुरुषका लागि जारी गर्दै उनलाई पर्थ बाट क्वीन्सल्याण्डको लागि उड्ने फ्लाइटको लागि पर्खन शहरको उत्तरमा पर्ने रिभरडेल स्थित एक क्वारेन्टिन होटेलमा राखिएको थियो।

त्यसपछि, मंगलबार बिहान उक्त पुरुषले बाँधेको तन्नाहरुको प्रयोग गर्दै उक्त होटेलको चौथो तल्लामा रहेको आफ्नो कोठाको झ्यालबाट भागेको आरोप प्रहरी द्वारा लगाइएको छ।

तर उक्त पुरुषलाई झन्डै आठ घण्टा पछि पर्थको उत्तरमा रहेको माउन्ट लोलीमा फेला पारिएको पनि प्रहरी भनाइ छ।

हिरासत पछि उक्त पुरुष माथि स्वास्थ्य निर्देशनहरुको पालना नगरेको र झुठो र भ्रामक जानकारी दिएको आरोप लगाइएको वेस्टर्न अस्ट्रेलियाली प्रहरीको भनाइ छ।

साथै, उक्त पुरुषको कोरोनाभाइरसका लागि परिक्षण गरिएको र जसको नतिजा चाहिं नेगेटिभ आएको पनि बताइएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now