मेलबर्नमा कोरोनाभाइरसको थप सङ्क्रमण पुष्टि, नयाँ प्रतिबन्ध लागु

मेलबर्नको व्हिटलसीमा पुष्टि भएका कोरोनाभाइरसका पछिल्ला सामुदायिक सङ्क्रमण र यस महिनाको सुरुमा वोल्लर्टमा भेटिएको सङ्क्रमण बीच 'नजिकको सम्बन्ध' रहेको अधिकारीहरुले बताएका छन्।

People queue up for Covid-19 testing in Melbourne on May 12, 2021, after a man tested positive to Covid-19 in the first community case in the city for two months. (Photo by William WEST / AFP) (Photo by WILLIAM WEST/AFP via Getty Images)

A file photo of people queuing up for COVID-19 testing in Melbourne on 12 May, 2021. Source: Getty

उत्तरी मेलबर्नमा कोरोनाभाइरस बाट सङ्क्रमित हुनेहरुको पछिल्लो संख्या ५ पुग्दा भिक्टोरियाली स्वास्थ्य निकाय द्वारा थप नयाँ प्रतिबन्धहरु लागु गरिएको छ।

हिजो, सोमबार, व्हिटलसीका एक परिवारका ४ जनामा कोरोनाभाइरस सङ्क्रमण रहेको अधिकारीहरुले बताएपछि आज बिहान सोहि परिवारसंग सम्बन्ध रहेको एक ६० वर्षीय पुरुषमा पनि भाइरस पुष्टि भएको हो।

यसैक्रममा भिक्टोरियाका कार्यबाहक प्रिमियर जेम्स मर्लिनोले वृहत मेलबर्न क्षेत्रमा आज, मंगलबार, बेलुका ६ बजे देखि, मानिसहरुका घरमा प्रत्येक दिन पांच जना भन्दा बढी भेला हुन नपाउने बताएका छन्।

साथै सार्वजनिक स्थलमा एक साथ् ३० जना भन्दा बढी भेला हुन नपाउने र १२ वर्ष उमेर भन्दा माथिका सबैले भवन भित्र मास्क लगाउन अनिवार्य बनाइएको पनि उनले बताए।

तर स्वास्थ्य लगायतका कारणले मास्क लगाउन नसक्नेहरुमा उक्त नियम लागु नहुने पनि मर्लिनोको भनाइ छ।

आज घोषणा गरिएको नयाँ प्रतिबन्ध जनस्वास्थ्य सल्लाहको आधारमा लागु गरिएको उनले बताए।

"यो पछिल्लो सङ्क्रमणका कारण प्रभावित भएकाहरुको पहिचान गर्न हाम्रा कन्ट्याक्ट ट्रेसरहरुलाई सक्दो समय प्रदान गर्न उक्त कदम चालिएको हो,(उनले एक पत्रकार सम्मेलनमा बताए।

Victorian Acting Premier James Merlino speaks to the media during a press conference in Melbourne, Monday, May 4, 2021. (AAP Image/Luis Ascui) NO ARCHIVING
Victorian Acting Premier James Merlino speaks to the media Source: AAP

पछिल्ला प्रतिबन्धहरुका साथ् स्कूल र कार्यस्थलहरु खुला रहने छन् र वृहत मेलबर्नमा बस्ने मानिसहरु ग्रामिण भिक्टोरियाका अन्य स्थानहरु पनि जान पाउने छन्।

तर बृहत मेलबर्न बाहिर जाने मानिसहरुले मास्कको प्रयोग अनिवार्य रहनुका साथै उनिहरु जाने मानिसको घरमा पनि पांच जना भन्दा बढी भेला हुन पाउने छैनन्।

पछिल्ला सङ्क्रमितहरु गएका मेलबर्नका बिभिन्न स्थानहरुको सुची पनि भिक्टोरिया सरकार द्वारा सार्वजनिक गरिएको छ। जसमा एपिंग, रिजर्भवायर, ब्रन्स्विक, बण्डुरा र मारिबिर्नोंग (हाइपोइन्ट शपिङ्ग सेन्टर) पनि रहेका छन्।

यस अन्तर्गत पहिलो दर्जामा राखिएका स्थान गएकाहरुले तुरुन्तै कोरोनाभाइरसको लागि जांच गराउनुपर्ने र १४ दिनको लागि आइसोलेशनमा बस्नुपर्ने छ।

र स्वास्थ्य मन्त्री मार्टिन फोली भन्छन आगामी दिनहरुमा सङ्क्रमित मानिसहरु गएका स्थानहरुको सुचीमा ठेगानाहरु थपिने अपेक्षा गरिएको छ।

सोमबार व्हिटलसी क्षेत्रमा तीन छुट्टाछुट्टै घरमा बस्ने एकै परिवारका चार सदस्यहरुमा कोरोनाभाइरस पुष्टि भएको थियो।

र मन्त्री मर्लिनो भन्छन भाइरसमा रहेको जीनको जांच गर्दा यस महिनाको सुरुमा साउथ अस्ट्रेलियाको होटेल क्वारेन्टिन बाट सङ्क्रमित भएका एक मेलबर्न निवासी गएका स्थानसंग उक्त जीन ले मेल खाएको छ।

साथै भिक्टोरियाका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सटन ले चाहिं आगामी दिनहरुमा थप सामुदायिक सङ्क्रमण पुष्टि हुनसक्ने सम्भावनाबारे सतर्क रहन आग्रह गरेका छन्।


2 min read

Published

Updated

By Evan Young, SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now