मेलबर्नको क्राउन क्यासिनोलाई अवैध धनको कारोबारका लागि आठ करोड डलर जरिवाना

भिक्टोरियाको जुवा र क्यासिनो नियन्त्रण आयोगले क्राउन मेलबर्नलाई आठ करोड डलरको जरिवाना गरेको छ। चिनियाँ मुद्रा सम्बन्धी प्रतिबन्धहरूको बेवास्ता गरेको र अवैध रूपमा रकम लिएको अनुसन्धानले फेला पारेको हो।

Signage for Crown Casino is seen in Melbourne, 14 September 2021.

Signage for Crown Casino is seen in Melbourne, 14 September 2021. Source: AAP / JAMES ROSS/AAPIMAGE

चीनबाट अवैध रूपमा रकम भित्राएको पत्ता लागे पछि क्राउन मेलबर्नमाथि आठ करोड डलरको जरिवाना लागेको छ।  

चिनियाँ मुद्रा सम्बन्धी प्रतिबन्धहरूको बेवास्ता गरेको र अवैध रूपमा रकम लिएको अनुसन्धानले फेला पारे पछि भिक्टोरियाको जुवा र क्यासिनो नियन्त्रण आयोग (भीजीसीसीसी)ले उक्त कदम चालेको हो।  

क्राउन मेलबर्नले अन्तर्राष्ट्रिय ग्राहकहरूलाई जुवा खेल्नका लागि सन् २०१२-१३ को चिनियाँ बैङ्क कार्ड प्रयोग गर्न दिएको उक्त शाही आयोगले पुष्टि गरेको हो।  

सन् २०१२ देखि २०१६ को समयमा चिनियाँ नागरिकहरूले एउटा कानुनी क्षेत्रबाट अर्को क्षेत्रमा एक वर्षको अवधिमा ६९,५०० डलरभन्दा बढी हस्तान्तरण गर्न निषेध गरिएको थियो।  

भीजीसीसीसीका अनुसार क्राउनले ग्राहकलाई होटेलले सेवा प्रदान गरेको झुटो दाबी गर्दै कोठा शुल्क बिल पठाउने गरेको थियो।  

ती ग्राहकले आफ्नो चाइना युनियन पे कार्ड प्रयोग गरी शुल्क तिर्दथे, र त्यसको रसिद स्वरूप एक भाउचर पाउँदथे। 

त्यसपछि, ग्राहकले एक क्राउन भिआइपी होस्टका साथ, क्यासिनोमा गई त्यस भाउचरको सट्टामा नगद या जुवा खेल्ने क्यासिनो चिप्स लिँदथे।

Signage for Crown Casino is seen in Melbourne, Tuesday, September 14, 2021.
Signage for Crown Casino is seen in Melbourne, Tuesday, September 14, 2021. Source: AAP Image/James Ross

यस अवैध क्रियाकलापबाट लगभग १६ करोड ४० लाख प्रयोग भएको थियो, जसबाट क्राउनले अनुमानित ३ करोड ३० लाखभन्दा बढी राजस्व प्राप्त गरेको थियो।  

भीजीसीसीसीले पहिलो पटक क्यासिनो नियन्त्रण ऐनमा भएको कानुनी संशोधनको प्रयोग गरेको हो।संशोधन अघि अधिकतम १० लाख डलर रहेको जरिवाना रकम अहिले १० करोड डलरसम्म बढाइएको हो।  

अध्यक्ष फ्रान थोर्न भन्छिन् कि कारवाही प्रति देखाएको सहकार्यका लागि क्राउन केही श्रेयको हकदार छ। तर ती गम्भीर अवैध कार्यका लागि यो कानुनी कदम पनि आवश्यक रहेको उनले बताइन्।  

“सीयुपी (चाइना युनियन पे कार्ड)को प्रयोग गरेर क्राउनले क्यासिनो नियन्त्रण ऐनको उल्लङ्घन मात्र होइन, ग्राहकहरूलाई चीनको वैदेशिक मुद्रा विनिमय प्रतिबन्धलाई उल्लङ्घन गर्न पनि मद्दत गरेको छ,” थोर्नले भनिन्।  

सीयुपी प्रक्रिया गैर कानुनी र जोखिमपूर्ण हुन्छ भनेर क्राउनलाई थाहा थियो, त्यही पनि उनीहरूले त्यो जोखिम उठाए।

यो पनि पत्ता लागेको छ कि, सन् २०१६ पछि क्राउन होटेलहरूमा कार्डको प्रयोग गरी नगद निकाल्न अन्य तरिकाहरू पनि प्रयोग भएका थिए।  

ती रकम पछि जुवा खेल्नमा प्रयोग हुन्थ्यो।   

यी लेनदेनहरूले ऐनको उल्लङ्घन गर्दैन भनी क्राउनले दाबी गर्दै आएको छ, तर भीजीसीसीसीले यस विषयमा थप अनुसन्धान गर्ने बताएको छ।  

शाही आयोगले क्राउनसँग सम्बन्धित अन्य क्रियाकलापका लागि पनि थप अनुशासनात्मक कार्यवाहीको विचार गरेको छ। प्रत्येक विषयका लागि १० करोडको जरिवाना लाग्न सक्ने बताइएको छ।  

एक विज्ञप्ति जारी गर्दै, क्राउनले आफ्ना “पूर्व असफलताहरू” स्वीकार गरू, व्यापक सुधार गर्ने र भीजीसीसीसीसँग थप मामिलामा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। 


2 min read

Published

Updated

By SBS News

Presented by SBS Nepali

Source: AAP, SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now