SKIP TO MAIN CONTENT

फेयरवर्क अम्बड्सम्यानद्वारा कथित तलब ठगीको आरोपमा वूलवर्थ्समाथि मुद्दा दायर

सत्तरी जना प्रबन्धकहरूलाई कूल ११ लाख डलर कम तलब दिएको कथित आरोपमा फेयर वर्क अम्बड्सम्यानद्वारा वूलवर्थ्समाथि मुद्दा दायर गरेको छ।

Woolworth
Woolworths Source: AAP

2 min read

Published

Updated



Skip to article content

फेयरवर्क अम्बड्सम्यानले सङ्घीय अदालतमा शुक्रवार उक्त मुद्दा दायर गरेको हो।

अम्बड्सम्यानका अनुसार हालसम्म सो कम्पनीले अझै ७१३,३९५ डलर ती कर्मचारीहरूलाई तिर्न बाँकी नै छ।

वूलवर्थ्सले आफ्ना हजारौँ कामदारहरूलाई ३९ करोड डलर तिर्न बाँकी रहेको सन् २०१९ मा कबुल गरेको थियो।

उक्त स्विकारोक्ती सँगै फेयरवर्क अम्बड्म्यानद्वारा वूलवर्थ्समाथि छानबिन सुरु गरिएको थियो।

ती ७० प्रबन्धकहरूलाई हाल तिर्न बाँकी रहेको भनिएको रकम २८९ डलरदेखि ८५,९०५ डलरसम्म रहेको बताइएको छ।

वूलवर्थ्सले ओभर टाइम बापतको सही भुक्तानी गर्न नसक्नु सबैभन्दा महत्त्वपूर्ण असफलता रहेको अम्बड्म्यानको आरोप रहेको छ।

योसँगै वार्षिक तलबमा सार्वजनिक बिदाका दिन पाइने रेट, खाना बापतको भत्ता र वार्षिक बिदा बापतको थप भुक्तानी लगायतका सुविधा गणना नभएको पनि अदालतमा प्रमाणित गर्ने कोसिस अम्बड्म्यानको रहने छ।

फेयरवर्क अम्बड्सम्यान स्यान्ड्रा पार्कर भन्छिन् कि ठुला रोजगारदाताहरूले कार्यस्थल सम्बन्धी कानुनको पालना नगरे उनीहरूले कडा नतिजा भोग्नुपर्ने हुन्छ।

जुन २०१५ र सेप्टेम्बर २०१९ को बिचमा वूलवर्थ्सले झन्डै १९,००० म्यानेजरहरूलाई रोजगारीमा राखेको थियो।

उक्त सुपरमार्केट चेन सञ्चालन गर्ने समूह वूलवर्थ्स ग्रुपका प्रमुख कार्यकारी ब्राड ब्यान्डुची भने यो अवसरलाई आफ्नो कुरा स्पष्टसँग राख्ने मौका रहेको बताउँछन्।

उनी भन्छन् कि सन् २०१९ यता उक्त कम्पनीको सबैभन्दा उच्च प्राथमिकता भनेकै आफ्नो कर्मचारीहरूलाई उनीहरूले पाउनुपर्ने भन्दा कम तलब फेरी पनि भुक्तानी नहोस् भन्ने नै हो।

एक विज्ञप्ति मार्फत वूलवर्थ्सले निकै जटिल कानूनी काम भएकाले आफूले मुद्दा बारे बिस्तारै समीक्षा गरिरहेको छ।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now