SKIP TO MAIN CONTENT

वुल्वर्थ्सका कर्मचारीहरूले ५० हजार डलरसम्म फिर्ता पाउन सक्ने अनुमान

वूलवर्थ्सले विगत नौ वर्षको दौरानमा आफ्ना ५,७०० कर्मचारीलाई दिनुपर्ने लगभग ३० करोड डलर भुक्तान नगरेको खुलासा गरेको छ।

a Woolworths store at Double Bay
Underpayment at Woolies Source: AAP

2 min read

Published

Updated



Skip to article content

सुपर मार्केट चेन वूलवर्थ्सले आफ्ना ५,७०० कर्मचारीलाई आफूले दिनुपर्ने भन्दा कम तलब भुक्तान गरेको बताएको छ।

खुद्रा बिक्रेता वुलवर्थ्सले आफ्ना हजारौँ कर्मचारीहरूलाई कम तलब दिएको घटना बारे छानबिन गरिने स्वतन्त्र कार्यस्थल अनुगमन निकायद्वारा बताइएको छ।

फेयर वर्क अम्बड्सम्यान सान्ड्रा पार्कर भन्छिन् कि झन्डै छ हजार कर्मचारीहरूलाई तीन सय मिलियन डलर सम्मको तलब नतिरेको घटनाले वुलवर्थ्सले आफ्ना कर्मचारीहरूलाई प्राथमिकतामा नराखेको देखिएको छ।

यसै क्रममा, अम्बड्सम्यान सान्ड्रा पार्करले चाहिँ उक्त घटनालाई लिएर छानबिन सुरु गरेको बताउँदै, वुलवर्थ्स जस्ता ठुला संस्थाहरूले कसरी यस्ता गल्तीहरू गरिरहेको प्रश्न गरेकी छन्।

यस अघि पार्करले, वुल्वर्थ्स पनि ठिक तलब नदिने ठुला कम्पनीहरूको सुचीमा परेबाट आफू “स्तब्ध” भएको प्रतिक्रिया दिएकी थिइन्।

११ करोडभन्दा पनि बढी व्यक्तिगत खाताहरुको समीक्षा हुने

एक नयाँ उद्यम सम्झौता (इन्टरप्राइज अग्रिमेंट) लागू गर्ने सिलसिलामा आफूहरूद्वारा आफ्ना कर्मचारीलाई कम रकम भुक्तान भएको पत्ता लागेको पनि वूलिजले बताएको छ।

उसका अनुसार हाल दुई वर्षको तथ्याङ्क मात्र अध्ययन भएको छ तर समस्या सन् २०१० सम्मैका तलब वितरणमा देखिन सक्छ र आउँदा दिनहरूमा वूलिजले ११ करोडभन्दा पनि बढी व्यक्तिगत खाताहरुको समीक्षा गर्ने बताएको छ।

An employee puts price tags on selves at a Woolworths supermarket
All Woolworths supermarkets will phase out free plastic shopping bags nationally within a year. (AAP) Source: AAP

आगामी फेब्रुवरी महिनामा अर्ध वार्षिक नतिजा प्रकाशन गर्दा २० देखि ३० करोड डलरसम्मको हिसाबकिताब मिलान गरिएको देखिने पनि वूलिजले जनाएको छ।

कम्पनीका अनुसार, अब हिसाब मिलान गर्दै वितरण गर्ने रकममा व्याज समेत जोडेर भुक्तान गरिने छ।

अन्तरिम रूपमा, आउँदो क्रिसमससम्ममा पहिलो दुई वर्ष - सेप्टेम्बर २०१७ देखि अगस्ट २०१९ सम्मका तलब वितरण अवधिमा प्रभावित भएकाहरूलाई उनीहरूले पाउनुपर्ने रकम भुक्तान गर्ने पनि वूलीजको भनाइ छ।

साथै, यस घटनाबाट प्रभावित हुने धेरै जना स्टोर म्यानेजरहरू रहेका पनि बताइएको छ।

"हामीलाई माफ गरिदिनुहोस्"

Woolworths CEO Brad Banducci.
Woolworths CEO Brad Banducci. Source: AAP

यस विषयलाई लिएर वूलवर्थ्स समूहका प्रमुख कार्यकारी अध्यक्ष ब्राड बाण्डुचीले चाहिँ उक्त गल्ती प्रति माफी माग्दै - प्रभावित भएका प्रत्येक कर्मचारीले औसत ५० हजार डलरसम्म फिर्ता पाउन सक्ने अनुमान रहेको बताएका छन्।

साथै भुक्तानी नभएका तलबका साथ घटेका सुपरएनुएशन र व्याज दर पनि फिर्ता गरिने बताइएको छ।

“हामी पूर्ण रूपमा माफी माग्न चाहान्छौं,” उनले एक विज्ञप्ति मार्फत भनेका छन्।

वुल्वर्थ्सले आफूद्वारा कम तलब भुक्तान गरेको बारे थाहा पाउने बित्तिकै फेयर वर्क अम्बड्समनलाई त्यसबारे सूचित गरेको र लेखा फर्म प्राइसवाटरकुपर एवं कानूनी फर्म एश्हर्स्टलाई आन्तरिक समीक्षा हेतु नियुक्त गरेको पनि बताएको छ।

अहिलेसम्म वेस्टफार्मर्स, कमनवेल्थ बैङ्क, सुपर रिटेल ग्रुप अन्तर्गतका केही खुद्रा पसलहरू, माइकल हील जुल्वर्स र क्वानटस जस्ता कम्पनीहरूले पनि आ-आफ्ना कर्मचारीलाई कम तलब भुक्तान गरेको कुरा बाहिर आइसकेको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now