SKIP TO MAIN CONTENT

माउन्ट केटु: नेपाली टोलीको किर्तिमानी आरोहण

नेपालका १० जना पर्वतारोहीहरूको टोलीले संसारको दोस्रो अग्लो हिमाल "केटु" आरोहण गरेर कीर्तिमान बनाएका छन्।

k2
Source: Facebook post of Nirmal Purja

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS


Skip to article content

पाकिस्तानमा रहेको उक्त हिमालको शिखरमा नेपाली टोली –स्थानीय समय अनुसार हिजो शनिवार बेलुकी पुगेको समाचारहरूले बताएका छन्।

संसारमा रहेको ८००० मिटरभन्दा १४ अग्ला हिमालहरू मध्ये केटुमात्र जोडो मौसममा सफल आरोहण नगरिएको हिमाल रहेको थियो।

यस हिमालको भौगोलिक बनावटले गर्दा अन्य हिमालहरू भन्दा केटु आरोहण गर्न निकै चुनौतीपूर्ण रहँदै आएको छ।

नेशनल जियोग्राफीले जनाए अनुसार नेपाली टोलीको नेतृत्व निर्मल पुर्जा र मिङ्ग्मा शेर्पाले गरेका थिए, र ती दुई टोली बाहेकका सोना शेर्पाले पनि यसमा भाग लिएका थिए।

यो सफलतालाई व्यक्तिगत नबनाई आफ्नो मुलुकको लागि बनाउने यस टोलीले बताउँदै आएको थियो। मिङ्गमा शेर्पाले आफ्नो सामाजिक सञ्जाल मार्फत यो सफलतालाई नेपालको गर्व भनी उल्लेख गरेका छन्।

यस किसिमको सफलताले शेर्पाहरूलाई विदेशीहरूको भारी बोकी हिमाल चढ्नेको रूपमा मात्र नभएर बेजोड बहादुरीका साथ संसारकै उच्च हिमालहरू चढ्ने सक्न समूहको रूपमा चित्रित गर्ने यस टोलीले बताउँदै आएको थियो।

himalaya
Source: Facebook post of Nirmal Purja

यस प्रयासको अर्थ सङ्कलनका लागि यस टोलीले सामाजिक सञ्जाल, गो फन्ड मी लगायतका अवसरहरूको उपयोग गरेको थियो।

अर्का टोली नेता निर्मल पुर्जाले- टोलीका सबै जना शिखरभन्दा तल एकजुट भई- नेपालको राष्ट्रिय गीत गाउँदै – सामूहिक आरोहण गरेको बताउँछन्।

“यो एक ऐतिहासिक, र विशेष आरोहण हो,” पुर्जाले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरे।

८,६११ मिटर अग्लो हिमाल केटु आरोहणको लागि सगरमाथाभन्दा पनि चुनौतीपूर्ण मानिन्छ।

तथ्याङ्कहरूका अनुसार, केटु चढ्ने प्रत्येक चार मध्ये एक आरोहीले ज्यान गुमाउने गरेका छन्।

अहिले त्यहाँ रहेको माइनस ४० डिग्रीभन्दा तल रहेको तापक्रम र बेतोड हावाका कारण यस टोलीले त्यहाँ गर्ने आरोहण लगभग असम्भव नै रहेको धेरैले भन्दै आएका थिए।

यस टोलीका निर्मल पुर्जाले यसअघि, संसारको ८००० मिटरभन्दा अग्लो १४ वटै हिमालहरूलाई ६ महिना ६ दिनमै आरोहण गरेर कीर्तिमान  बनाएका थिए।

केही वर्ष अघि मात्र उनले सगरमाथा आरोहण गर्ने क्रम खिचेको - आरोहीहरूको लस्कर झल्काउने एक तस्बिरले सर्वत्र चर्चा पाएको थियो।

Traffic jam in Everest
सगरमाथा आरोहीहरुको लस्कर Source: Nirmal Purja

उनले नेपाली पर्वतारोहीहरूलाई संसारमा चिनाउन यी विभिन्न आरोहण कार्यक्रम बनाउने गरेको बताउँदै आएका छन्।

सगरमाथाको जाडो महिनामा पहिलो आरोहण भने सन् १९८० मा भएको थियो।

केटुको आरोहण गर्ने यस टोलीमा निर्मल पुर्जा,मिङ्ग्मा डेभिड शेर्पा, मिङ्ग्मा तेन्जी शेर्पा, गेल्चिन शेर्पा, पेम छिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्ग्मा जी, दावा तेन्जीन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहेका छन्।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now