न्यु यर्स ईभमा अस्ट्रेलियाको प्रत्येक राज्य र टेरिटोरीमा के गर्न पाइन्छ र के निषेधित छ?

धेरै प्रमुख सहरहरूमा नयाँ वर्षमा गरिने वार्षिक फायरवोर्क्स यसपालि नगरिने भएको छ, अस्ट्रेलिया भरका राज्य र टेरिटोरीहरूमा सामाजिक दुरी र प्रतिबन्धहरू जारी गरिएका छन्।

Fireworks explode above the Sydney Harbour Bridge during New Year's Eve celebrations in Sydney, Wednesday, 1 January, 2020.

Fireworks explode above the Sydney Harbour Bridge during New Year's Eve celebrations in Sydney, Wednesday, 1 January, 2020. Source: AAP

अस्ट्रेलियालीहरूका लागि यस वर्षको न्यु यर्स ईभ अरू वर्षहरूको तुलनामा कम उत्साहपूर्ण हुने भएको छ। देश भर कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्नका लागि प्रतिबन्धहरू लागु गरिएका छन्। 

विभिन्न सहरहरूमा फायरवोर्क्स नगरिने भएको छ भने घर-घरमा सरकारले तोकेको सीमित सङ्ख्यामा मात्र मानिसहरू भेला हुन पाउने छन्। नयाँ वर्ष सन् २०२१ को आगमन गर्ने क्रममा आफ्ना वरिपरिका मानिसहरूलाई अँगालो हाल्ने तथा धेरै नजिक पर्न बाट पछि हट्न सरकारले आग्रह गरेको छ। 

पछिल्ला समयमा जारी गरिएका प्रतिबन्ध अनुसार आज ३१ डिसेम्बर २०२० मा के गर्न पाइन्छ र के निषेधित छ?

न्यु साउथ वेल्स

सिड्नी हार्बरको वरिपरि राति ९ बजे पश्चात् गरिने पारिवारिक फायरवोर्क्स रद्द भएको छ तर मध्यरात भने छोटो समयको लागि हार्बर ब्रिजमा फायरवोर्क्स कार्यक्रम हुने छ। उक्त कार्यक्रमलाई घर बसी टिभीमा हेर्न उचित हुने छ, किनभने सर्वसाधारणका लागि 'ग्रीन जोन' मा (Green Zone) प्रवेश निषेध गरिएको छ। 

ग्रीन जोन अर्थात् हरियो क्षेत्रमा त्यहाँ बस्ने बासिन्दाहरू, रेस्टुरेन्टमा बुकिङ गरेका ग्राहकहरू र कर्मचारीहरू मात्र जान पाउँदछन्। 

ग्रीन जोन को वरिपरि एउटा 'यल्लो जोन' (Yellow Zone) अर्थात् पहेँलो क्षेत्र पनि छुट्टाइने छ।

यल्लो जोनमा त्यहाँका बासिन्दा र अन्य मानिसहरू प्रवेश गर्न पाउने छन्, तर भेला हुने मानिसहरूको सङ्ख्या धेरै भएमा प्रहरीले त्यहाँबाट मानिसहरूलाई हटाउन सक्ने न्यु साउथ वेल्स हेल्थले बताएको छ।
यदि तपाईँ ग्रेटर सिड्नीमा (वलंगंग, सेन्ट्रल कोस्ट र ब्लु माउन्टेन्स) बस्नु हुन्छ भने, घरमा बालबच्चा सहित पाँच जना पाहुना मात्र भेला हुन अनुमति छ। 

त्यस्तै भवन बाहिर भेला हुन पाउने मानिसहरूको सङ्ख्या ५० बाट घटेर ३० गरिएको छ - भवन बाहिर ३० जना सम्म भेला हुन पाउने छन्। 

नर्दन बीचेसको उत्तरी क्षेत्रका बासिन्दाहरूलाई ९ जनवरीसम्म आफ्नो घर भित्रै रहन कडा आदेश जारी गरिएको छ। तर न्यु यर्स ईभको दिनमा भने उत्तरी क्षेत्रमा बस्ने पाँच जना मानिसहरूलाई (बाल बच्चा सहित) घरमा पाहुना बोलाउन पाउने छन्।
त्यस्तै, नर्दन बीचेसको दक्षिणी क्षेत्रका मानिसहरूले पनि बालबच्चा सहित सोही क्षेत्रमा बस्ने पाँच जनालाई भेला गर्न पाउने छन्, तर ग्रेटर सिड्नीका बासिन्दाहरूलाई भने बोलाउन पाउने छैनन्। 

उत्तरी र दक्षिणी, दुवै क्षेत्रका बार, रेस्टुरेन्ट र सम्बन्धित स्थलहरू टेकअवेका लागि मात्र खुल्ने छन् - त्यहाँ प्रत्यक्ष बसेर खान पाइने छैन।

सिड्नी भन्दा बाहिर बस्नु हुन्छ भने, आफ्नो क्षेत्र लागु गरिएका प्रतिबन्धहरूको बारेमा जान्न आफ्नो क्षेत्रको स्थानीय काउन्सिललाई सम्पर्क गर्नुहोस्। 


न्यु साउथ वेल्समा पछिल्ला समयमा सङ्क्रमितहरू भेटिएका स्थानहरू र वर्तमान प्रतिबन्धहरूका लागि न्यु साउथ वेल्स हेल्थको वेबसाइटमा जानुहोस्।

क्वीन्सल्यान्ड

ब्रिसबेनमा गरिने मुख्य फायरवोर्क्स रद्द गरिएको छ र खुसीको मौकामा अपरिचित मानिसहरूलाई अँगालो हाल्ने र चुम्बन गर्ने कार्यहरू नगर्न आग्रह गरिएको छ। 

"न्यु यर्स ईभमा नजिकी व्यक्तिहरूलाई अँगालो हाल्न र चुम्न हामी सबैलाई मन लाग्छ, तर यी कार्यहरू आफूले चिनेको र आफ्नो नजिकका इष्टमित्र र परिवारमा नै सीमित राख्न म आग्रह गर्दछु।", राज्यका प्रमुख स्वास्थ्य अधिकारी डा. जेनेट यंगले यस हप्ताको सुरुवातमा बताएकी हुन्। 

प्रत्येक घरले घरका सदस्यहरू सहित गरी ५० जना व्यक्तिहरू भेला गर्न पाउने छन्। 

भवन बाहिर भने १०० जना सम्म भेला हुन पाउने छन्। 

भिक्टोरिया 
आज साँझ पाँच बजेदेखि भिक्टोरियालीहरूले आफ्नो घर भन्दा बाहिर अन्य कुनै स्थानमा पनि भवन भित्र रहँदा अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने छ। 

घरभित्र १५ जना पाहुना मात्र बोलाउन पाइने छ (यो सङ्ख्या ३० बाट घटाएर १५ बनाइएको हो)। 

वलंगंग या ब्लु माउन्टेन्समा २७ डिसेम्बरदेखि यात्रा गरेका भिक्टोरियालीहरूले आफ्नो योजना रद्द गर्नु पर्ने हुन सक्छ, र उनीहरू आज राति ११:५९ बजे सम्म भिक्टोरिया फर्कन पाउने छन्। 

यी यात्रुहरूलाई नयाँ यात्रा अनुमति पत्र अर्थात् ट्राभल पर्मिटको आवश्यकता छ, उनीहरू फर्किएको २४ घण्टा भित्र आफ्नो परीक्षण गरी १४ दिनका लागि आफ्नो घरमा सेल्फ क्वारेन्टिनमा बस्नु पर्ने छ। 



प्रत्येक वर्ष मेलबर्नको यारा नदीमाथि गरिने फायरवोर्क्स कार्यक्रम यस पालि नगरिने भएको छ, र भिक्टोरियालीहरूलाई मेलबर्न सिबिडिबाट टाढा रहन राज्य सरकारले आग्रह गरेको छ। 

सिबिडिका कुनै स्थानमा बुकिङ गरेका मानिसहरू मात्र सिटीमा प्रवेश गर्न पाउने छन्।

बार, रेस्टुरेन्ट र नाइट क्लब जस्ता अन्य सम्बन्धित स्थलहरू खुला रहने छन्, तर तोकिएका सीमामा मात्र ग्राहकहरू भेला हुन पाउने छन्।

वेस्टर्न अस्ट्रेलिया

राज्यमा आज राति ८ बजे पछि विभिन्न फायरवोर्क्सहरू गरिने छन् - कार्यक्रमको पूर्ण सूची यहाँ हेर्नुहोस्। 

वेस्टर्न अस्ट्रेलियामा एकै साथ भेला हुन पाउने मानिसहरूको अधिकतम सङ्ख्यामा कुनै पनि सीमा तोकिएको छैन, तर प्रत्येक दुई वर्ग मिटरमा एक व्यक्ति मात्र उपस्थित हुनु पर्ने छ।

साउथ अस्ट्रेलिया

एडिलेडमा फायरवोर्क्सहरू रद्द गरिएको छ भने Murray Bridge, Whyalla, Victor Harbour र Port Lincoln का स्थानीय काउन्सिलहरूमा भने फायरवोर्क्स कार्यक्रमहरू सञ्चालन गरिने छन्। 

साउथ अस्ट्रेलियामा घर भित्र ५० जना सम्म भेला हुन पाउँछन् र प्रत्येक दुई वर्ग मिटरमा एक व्यक्ति मात्र उपस्थित हुनु पर्छ।

र यही दुई वर्ग मिटर नियमको पालना गर्दै निजी समारोह गरिने स्थलहरूमा २०० जना सम्म भेला हुन पाउँछन्।

तास्मेनिया

होबार्टमा डर्वेन्ट नदीमा दुवै - राति ९:३० बजेको र मध्यरातको फायरवोर्क्स गर्दै नयाँ वर्षको आगमन गरिने छ। 

यस वर्ष पहिलेको भन्दा बढी स्थानहरूबाट देखिनका लागि फायरवोर्क्स गत वर्षको तुलनामा अझ बढी उचाइमा गरिने छ। 



तास्मेनियामा पनि प्रत्येक दुई वर्ग मिटरमा एक व्यक्ति उपस्थित हुनु पर्ने नियम लागु गरिएको छ। विभाजन नगरिएका भवन भित्रका स्थलहरूमा २५० जना सम्म भेला हुन पाउने छन्। 

भवन बाहिरका स्थानहरूमा १,००० जना मानिसहरू भेला हुन पाउँछन्।
Hobart City fireworks
Hobart City fireworks Source: Hobart City Council

अस्ट्रेलियन क्यापिटल टेरीटोरी (एसिटी)

अस्ट्रेलियाको राजधानी क्यानबेरामा यसपालि लगातार दोस्रो वर्षका लागि फायरवोर्क्स नगरिने भएको छ (गत वर्ष आगलागीका कारण रद्द भएको थियो)।

फायरवोर्क्सको सट्टामा अन्य विभिन्न स्थानहरूमा चाडबाडको समयमा बालिन विभिन्न किसिमका बत्तीहरू बालिने छन्, र बासिन्दाहरूलाई आफ्ना स्थानीय भोजनालयहरूमा रमाइलो गर्न आग्रह गरिएको छ। 
अस्ट्रेलियन क्यापिटल टेरीटोरी (एसिटी)मा घरमा पाहुना बोलाउने सङ्ख्यामा कुनै सीमा तोकिएको छैन। 

देशको राजधानी क्यानबेरामा भने प्रत्येक दुई वर्ग मिटरमा एक व्यक्तिको उपस्थितिमा भवन बाहिर ५०० जना भेला हुन पाउँछन्।

नर्दन टेरीटोरी

नर्दन टेरिटोरीमा भवन भित्र या बाहिर भेला हुन पाउने मानिसहरूको सङ्ख्यामा कुनै सीमा तोकिएको छैन। तर आफ्नो घरका सदस्य बाहेक बाहिरी मानिसहरू सँग १.५ मिटरको दुरी कायम गर्न आग्रह गरिएको छ। 

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् - न्यू साउथ वेल्स, भिक्टोरिया, क्वीनस्ल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।


Share

Published

Updated

By Rashida Yosufzai, Jarni Blakkarly
Presented by SBS Nepali
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand