भर्खरै भएको प्रेस सम्मेलनमा बोल्दै प्रिमियर ड्यानियल एनड्रुजले विदेशमा रहेका अस्ट्रेलियन नागरिकनै घर फर्किन नसकिरहेको बेला- अन्तराष्ट्रिय विधार्थीलाई यहाँ ल्याउने कुरा अहिलेको लागि सम्भव नरहेको बताउछन्।
“शिक्षा क्षेत्र हाम्रो लागि ठूलो निर्यात हो, र हामी अन्तराष्ट्रिय विधार्थीहरु जतिसक्दो छिटो यहाँ चाहान्छौ,” उनले भने। “तर तथ्यको हिसाबले कुरा गर्ने हो भने- म यो बर्ष सम्भव देख्दिन।“
यसैबिच, भिक्टोरिया राज्यले सिड्नी लगायत न्यु साउथ वेल्स राज्यको केहि क्षेत्रको बासिन्दाहरुको लागि आफ्नो सीमा खुल्ला गरेको छ
प्रिमियर एनड्रुजले लगातार १२ दिनसम्म उक्त राज्यमा सामुदायिक संक्रमण नभेट्टिएको जानकारि दिने क्रममा उक्त घोषणा गरेका हुन्।
सिड्नी क्षेत्रमा रहेको ३५ काउन्सिल मध्ये २५ काउन्सिलको क्षेत्रलाई “रेड” बाट “अरेन्ज”मा परिणत गरिएको छ।
त्यसको अर्थ, “अरेन्ज” क्षेत्रका मानिसहरुले अनलाईन मार्फत भिक्टोरिया जाने आवेदान भर्न सक्छन् र त्यहाँ पुगेको ७२ घण्टाभित्रै कोभिड-१९ को जाँच उनीहरुले गराउने पर्ने छ।
भिक्टोरियासँग सीमा जोडिएका न्यु साउथ वेल्स राज्यका शहरहरु भने “ग्रिन” क्षेत्रमा परिवर्तित गरिएको छ, जसको अर्थ त्यहाँ क बासिन्दाहरुलाई भिक्टोरिया जान कुनै प्रतिबन्ध रहेको छैन।
तर सिड्नी क्षेत्रमा रहेका ब्ल्याकटाउन, बरवुड, क्यानेडा बे, क्यान्टेबरि-ब्यांक्सटाउन, कम्बरल्याण्ड, फेयरपल्ड, ईनर वेस्ट, लिभरपुल, प्यारामाट्टा र स्टार्थफिल्ड काउन्सिलहरु भने अझै “रेड” क्षेत्रमै परेका छन्।

यसैविच, न्यु साउथ वेल्स राज्यले, पछिल्लो आधिकारिक घोषणामा, कुनै समुदायिक संक्रमण नभेट्टिएको आज जनाएको छ।
तर पाछिल्लो २४ घण्टामा कोभिड-१९को परिक्षण गर्नेहरुको संख्या ९ हजारभन्दा कम भएकोमा न्यु साउथ वेल्स राज्य सरकारले चिन्ता व्याक्त गरेको छ।
राज्यकी प्रिमियर ग्याडिस बर्जेकलिनले, दैनिक रुपमा जाँच गर्नेहरुको संख्या कम्तिमा पनि २० हजार हुनु पर्ने बताउदै आएकी छिन्। “ परिक्षण गर्नेहरुको संख्या ठूलो रहेमा मात्र हामी संक्रमणको नियन्त्रणमा सफल हुँदैछौ भन्ने थाह हुन्छ, र अहिले लगाईएका प्रतिबन्धहरु फुकुवा हुन सक्छन,” उनले भनिन्।
यसैबिच, रेडियो नाईनसँग कुरा गर्दै, प्रिमियर बर्जेकलिनले खोप लिनका लागि जनसमुदायलाई प्रोत्साहित गरिनु पर्ने आफ्नो धारणा रहेको बताउछिन्।
रोजगारदाताहरुले काममा आउनेहरुलाई अनिवार्य खोपको नियम लगाउने, त्यस्तै क्याफे, रेष्टुरेन्टहरुले खोप नलगाएका मानिसहरुलाई आफ्नो परिसरमा छिर्न नदिने जस्ता क्रियाकलपका बारेमा न्यु साउथ वेल्स सरकारले छलफल गर्ने प्रिमियरले बताएकी छिन्।
यसबिच, क्विन्सल्याण्ड र दक्षिण अस्ट्रेलियाले पनि गत २४ घण्टामा समुदायिक संक्रमण नबेटेको बताएको छ।
एक अर्को समाचारमा, मेलबर्नमा हुन लागेको अस्ट्रेलियन ओपनमा भाग लिन आएका खेलाडीहरु रहेको बेग्ला-बेग्लै विमानहरुमा कोरोनाभाइरसले संक्रमित व्यक्तिहरु रहेको पुष्टि भएपछि, ७२ खेलाडीहरु अहिले क्वारिन्टिनमा रहेका छन्।

यसैबिच, अस्ट्रेलियन ओपन विजेता तथा हाल विश्व वरियता क्रममा १ नम्बरमा रहेका सर्बियन खेलाडि नोभाक जोकोविचले खेलाडीहरुको क्वारिन्टिनको समय घटाउन, आफ्नो प्रशिक्षकलाई भेट्न पाउन, टेनिस कोर्टको व्यवस्था लगायतको मागहरु गरेको पनि समाचारमा आएको छ।
राज्यका प्रिमियर एनड्रुजले भने सबैलाई एकै किसमको नियम लागू हुन्छ भन्दै, उठाईएका मागहरु पूरा नहुने जानकारि दिए।
