SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्समा १८ जनामा सङ्क्रमण पुष्टि, नयाँ वर्षमा प्रतिबन्ध झनै कढा

सिड्नीमा कोरोना सङ्क्रमणको दर बढे सँगै नयाँ वर्षको पूर्व सन्ध्यामा पारिवारिक जमघट लगायतमा कढा प्रतिबन्ध लगाइने भएको छ ।

NSW Premier Gladys Berejiklian.
NSW Premier Gladys Berejiklian. Source: AAP

2 min read

Published

By SBS News

Presented by SBS Nepali

Source: SBS



Skip to article content

गत २४ घण्टामा न्यु साउथ वेल्समा राज्यमा १८ जनामा सङ्क्रमण भेटिएसँगै नयाँ वर्षको जमघट ५ जनामा सीमित हुने भएको छ ।

उक्त अवधिमा १७ हजार मानिसमा कोरोना परीक्षण भएकोमा १८ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ सङ्क्रमित मध्ये ९ जना एभलोनको पछिल्लो सङ्क्रमण सँग जोडिएका छन् भने ६ जना चाही सहरको पश्चिमी क्षेत्र क्रोयडनमा देखिएको सङ्क्रमण सँग सम्बन्धित रहेको बताइएको छ ।

“भेटिएका छ जना एकै परिवारका सदस्यहरू हुन्, विस्तारित परिवारका सदस्यहरू भएकाले यो सँग सम्बन्धित अन्य सङ्क्रमण पनि बाहिर आउने सम्भावना छ ।” प्रिमीयर ग्लेडिज बेरीजेक्लियनले भनिन् ।

“क्रोयडनको सङ्क्रमण नदर्न बिचेसको प्रकोप सँग तत्काल सम्बन्ध देखिएको छैन ।” उनले भनिन् ।

भेटिएका अन्य तिन सङ्क्रमणका बारेमा भने अनुसन्धान जारी रहेको प्रिमीयरले बताइन् ।

नयाँ सङ्क्रमित भेटिएसँगै नयाँ वर्षको पूर्व सन्ध्यामा प्रतिबन्धहरू हेरफेर गरिएका छन् । जहाँ ग्रेटर सिड्नी क्षेत्रमा अब देखि पारिवारिक भेटघाट पाँच जनामा सीमित हुने भएको छ ।

“ग्रेटर सिड्नीका सबै क्षेत्रहरू वलङगन,सेन्ट्रल कोष्ट,ब्लु माउन्टेन लगायत,नदर्न बिचेस् अन्तर्गत दक्षिण भागका सबै क्षेत्रहरूमा पारिवारिक जमघट पाँच व्यक्तिमा सीमित हुनेछ ।” बेरीजीक्लिययनले भनिन् ।

“नदर्न बिचेसमा भने कसैले पनि घरमा पाहुना बोलाउन पाउने छैनन्” उनले भनिन् ।

पिरमोन्टमा भएको विवाहमा प्रतिबन्धलाई वास्ता नगरी भेला भएका अन्य ९ जना व्यक्तिलाई जनही एक हजार डलरको दरले जरिवाना गरिने भएको छ ।

स्वास्थ्य निर्देशनको पालना नगरेर मानिसहरूले गलत सन्देश दिएको प्रहरीका आन्तरिक सुरक्षा मन्त्री डेभिड इलटले बताए ।

यसैबिच सोमबार राति भेटिएका सिड्नीमा नदर्न बिचेस सँग सम्बन्ध नभएका तिन नयाँ सङ्क्रमणका बारेमा श्रोत पत्ता लगाउन अधिकारीहरू गहिरो अनुसन्धानमा लागेका छन् ।


भेटिएका तिन सङ्क्रमित मध्येको एक व्यक्ति वलङगनको रहेको बताइएको छ । 

बाकि दुई भने सिड्नीका पश्चिम र उत्तरी क्षेत्रका बासिन्दा हुन् ।

वलङगनका ग्रिम अर्थोडक्स चर्च,सेन्ट,नेक्टारिस चर्च र द होली क्रस चर्चमा कन्ट्याक्ट ट्रेसिङको चेतावनी जारी गरिएको छ ।

यसै गरी फिगट्रीका विभिन्न क्षेत्रमा पनि चेतावनी जारी गरिएको छ ।

हाल वलङगन अस्पतालमा कोरोना जाँच गराउन स्थानीय मानिसहरूको भिड लागेको छ ।

नयाँ वर्षलाई कोभिड सुरक्षित रूपमा मनाउनका लागि प्रिमीयर ग्लेडीज बेरीजिक्लीयनले “ व्यक्तिगत जिम्मेवारी” मानेर सहयोग पुर्‍याउन समुदाय समक्ष आग्रह गदै आइरहेकी छन् ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now