अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको कोभिड–१९ विरुद्धको विकास हुँदै गरेको खोप पहिले सोचे भन्दा निकै प्रभावकारी रहेको कम्पनीले दाबी गरेको छ ।
कम्पनीका अनुसार अनुसन्धानकर्ताहरुले यसमा “विजेता फमुर्ला” रहेको दाबी गरेका छन् ।
अस्ट्रेलियाले खरिदका लागि सम्झौता गरिसकेको खोपको प्रयोगका विषयमा भने विज्ञहरूले हतार नगर्न सुझाव दिइरहेका छन् ।
व्यापक रूपमा जारी भएपछि यसले कस्तो प्रभाव पार्ने हो यो हेरेपछि मात्र निश्चित हुन सकिने उनीहरूले बताएका छन् ।
नयाँ वर्षले कोभिड–१९ खोपको मामलामा नयाँ आशा लिएर आउने कुरामा अस्ट्रेलियाबासी विश्वस्त छन् ।

सङ्घीय सरकारका स्वास्थ्य मन्त्री ग्रेग हन्ट नियमन संस्थाले खोपको अनुमति दिने प्रक्रियामा रहेको बताउँछन् । तर सरकारले खोपका विषयमा हतारिएर निर्णय नलिने पनि उनले बताए ।
स्वास्थ्य मन्त्री भन्छन् “ हामी विश्वस्त छौ कि हामीले गरेका खोपका छनौटहरूमा नियमक निकायद्वारा समर्थन हुनेछ, विशेष चिकित्सकीय टोलीले यसलाई समर्थन गरेपछि सरकारले यसलाई कार्यान्वयन गर्नेछ, हामी भाग्यमानी छौ कि हामी सँग थुप्रै विकल्पहरू उपलब्ध छन् ।”
अस्ट्रेलियाको कोरोना विरुद्धको खोप कार्यक्रम मुख्यतया तिन कम्पनीले विकास गदै गरेका खोपमा निर्भर छ: अक्सफोर्ड–अस्ट्राजेनेका,फाईजर–बायोनटेक र नोभोभ्याक्स ।
अक्सफोर्ड–अस्ट्राजेनेकाका प्रमुख कार्यकारी पास्क्ल सोरीट दाबी गर्छन् कि उनीहरूको खोपको जित्ने “जित्ने फर्मुला” छ । र उक्त भ्याक्सिन प्रतिद्वन्द्वी कम्पनी फाईजर जत्तिकै प्रभावकारी छ ।
प्रारम्भिक चरणमा यो खोप ६२ प्रतिशत सफल देखिएको थियो जबकि फाईजर र बायोनटेक ९५ प्रतिशत प्रभावकारी देखिएको थियो ।
अस्ट्रेलियाले सुरुवाती चरणमा ३८ लाख अस्ट्राजेनका खोपको सम्झौता गरेको छ जुन सन् २०२१ को सुरुवाती महिनामा अस्ट्रेलिया भित्रने सम्भावना छ । यद्यपि अस्ट्रेलियामै उत्पादन गर्ने गरी भने ५ करोड खोपहरूको सम्झौता भएको छ ।
हाल खोपको विभिन्न चरणका परीक्षण हुँदै गर्दा ग्रेग हन्ट भने अस्ट्रेलियाले सही सम्झौता गरेकोमा विश्वस्त छन् ।

उनका अनुसार अस्ट्राजेनेकाको खोप औषधिमा प्रयोग भइसकेको इनोकुलेसन प्रविधिमा आधारित छ ।
यो संगै सरकारले फाइजनर बायोनटेक कम्पनीका एक करोड खोपको पनि सम्झौता गरेको छ जो सबैभन्दा पहिले स्वीकृत हुने अपेक्षा गरिएको छ ।
"नियमक संस्था थीयुरापेटीक गुड्स एडमेनीस्ट्रेसन जो अस्ट्रेलियाली औषधिको नियमक संस्था हो यसले फाईजर बायोनटेकको खोपलाई मान्यता दिने सम्भावना बढी छ ।” स्वास्थ्य मन्त्रीले भने ।
नियमक संस्थाले अनुमति दिनु अघि नयाँ वर्षका बेला खोपको प्रभावकारिताको विश्लेषण गर्नेछ ।
अस्ट्रेलियन नेशनल युनिभर्सिटीका प्रोफेसर पिटर कोलिनयाङ भन्छन् अस्ट्रेलियामा कोरोना भाइरस अनियन्त्रित नभएको अवस्थामा विश्वभरको खोप कार्यक्रमको नतिजा हेरेर निर्णय लिने मौका छ ।
स्वास्थ्य मन्त्री ग्रेग हन्ट भन्छन् पछिल्लो समय आएका परिणामहरू निकै सुखद छन् । अस्ट्रेलियाले सम्झौता गरेका खोपहरूले राम्रो परिणाम दिइरहँदा आउँदो वर्ष सुखद हुने देखिनेमा उनी विश्वस्त छन् ।




