न्यु साउथ वेल्समा ३५ नयाँ सामुदायिक सङ्क्रमण पुष्टि, वृद्ध हेरचाह केन्द्रको क्लस्टर बढ्दो

बल्कम हिल्सको समिटकेयर वृद्ध हेरचाह केन्द्रमा कूल पाँच जना निवासीमा कोभिड-१९ सङ्क्रमण देखा परेका छन्।

NSW Premier Gladys Berejiklian speaks to the media during a press conference in Sydney.

NSW Premier Gladys Berejiklian speaks to the media during a press conference in Sydney. Source: AAP

आइतबार राति आठ बजेको सम्मको २४ घण्टामा न्यु साउथ वेल्समा ३५ नयाँ सामुदायिक कोभिड-१९ सङ्क्रमण फेला परेका छन्। 

ती मध्य ३३ जना पुराना क्लस्टरहरू सँग सम्बन्धित रहेको, र २० जना पुराना सङ्क्रमितको घरेलु सम्पर्क रहेको बताइएको छ। 

३५ जना सङ्क्रमित मध्य २४ जना पहिले नै आइसोलेसनमा रहेको, र सात जना सङ्क्रमणको समयमा समुदायमा रहेको बताइएको छ।

बल्कम हिल्सको समिटकेयर वृद्ध हेरचाह केन्द्रमा थप दुई जना निवासीमा सङ्क्रमण पुष्टि भए पछि कूल सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ। 

आइतबार राति पत्ता लागेका दुवै सङ्क्रमित ७० वर्ष माथिका महिलाहरू थिए, र एक जनाले मे महिनाको मध्यमा सेन्टरमा भर्ना भएको हुनाले कोभिड-१९ को खोप लगाएकी थिइनन्। 

क्वीन्सल्याण्ड 

पछिल्लो २४ घण्टामा क्वीन्सल्याण्डमा चार नयाँ कोरोना भाइरस केस पत्ता लागेका छन्। १३,५५८ जनाले परीक्षण गराएको, र सबै नयाँ सङ्क्रमितहरू पुराना केससँग सम्बन्धित रहेको बताइएको छ। 

चार मध्य एक जना सङ्क्रमित एक ग्रीक समुदाय सेन्टरमा काम गर्ने महिला रहेको, र उनको बच्चामा पनि सङ्क्रमण देखा परेको छ। 

अर्का दुई सङ्क्रमित भने नूसा भन्ने ठाउँमा यात्रा गरेर सङ्क्रमित पुष्टि भएका २९ वर्षीय पुरुषका पार्टनर र सहकर्मी हुन्।

चारै जना सङ्क्रमितमा भाइरसको अल्फा स्ट्रेन देखिएको छ, जुन कम सङ्क्रामक हुन्छ।

"हाम्रो समुदायमा भाइरस डेल्टा भेरियन्ट छ जस्तो हामीलाई लाग्दैन, र यो राम्रो कुरा हो," प्रिमियर एनेस्टेसिया पलाशेले बताइन्। 

दक्षिण पूर्वी क्वीन्सल्याण्ड, टाउन्सभिल र म्याग्नेटिक आइल्याण्डमा लकडाउन हटाइएको छ, र मास्कको अनिवार्य प्रयोग भने जारी छ। 

"यसले देखाउँछ कि यी छोटा लकडाउनहरूले हाम्रा कनट्याक्ट ट्रेसरहरूलाई सङ्क्रमितको अनुसन्धान गर्न मद्दत गर्छ," पलाशेले भनिन्। 

क्वीन्सल्याण्डको होटेल क्वारेन्टिनमा तीन जना सङ्क्रमित पुष्टि भएका छन् भने राज्यमा हाल ४७ सक्रिय सङ्क्रमित छन्। ती पाँच सङ्क्रमित र एक नजिकी सम्पर्कलाई वेस्टमीड अस्पतालमा लगिएको छ।


Share

2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now