प्रधानमन्त्रीले दिए अस्ट्रेलियाको नेपाली समुदायलाई दशैँको शुभकामना

प्रधानमन्त्री एन्थोनी आल्बनिजीले दशैँको अवसरमा अस्ट्रेलियाका नेपाली समुदायलाई शुभकामना सन्देश जारी गरेका छन्।

Prime Minister Anthony Albanese during a speech at the National Press Club.

Prime Minister Anthony Albanese during a speech at the National Press Club. Credit: Lisa Maree Williams/Getty Images

नेपाली समुदायका सदस्यहरूले अस्ट्रेलियामा आफ्नो पारिवारिक कथा जहिले सुरु गरेको भए पनि, परम्परागत पर्व र त्यससँग जोडिएका संस्कारहरू नयाँ देशमा महत्त्वपूर्ण भागका रूपमा रहने प्रधानमन्त्री आल्बनिजीले बताएका छन्।

"दशैँमा सन्तानले आफ्ना बाबु-आमा र हजुरबुवा-हजुरआमाहरूबाट प्राप्त गर्ने आशीर्वादले संस्कृति र परम्परालाई जोगाउँछ," एक विज्ञप्ति मार्फत उनले भने।

Prime Minister Anthony Albanese extends his Dashain greetings to Australia's Nepali community.
Prime Minister Anthony Albanese extends his Dashain greetings to Australia's Nepali community. Credit: PMO

अस्ट्रेलियाका विभिन्न स्थानमा छरिएर बसेका नेपालीहरूलाई इङ्गित गर्दै प्रधानमन्त्रीले लन्चेस्टनदेखि शेपर्टनसम्म, एवं पर्थदेखि सिड्नीसम्म हप्तौँदेखि दशैँको तयारी भइरहेको पनि बताए।

अस्ट्रेलियामा बस्ने नेपाली समुदायले आफ्नो इतिहास, परम्परा र आशीर्वादलाई सबै अस्ट्रेलियनहरूसँग बाँडेका छन्।
एन्थोनी आल्बनिजी, प्रधानमन्त्री

दशैँ, असत्य माथि सत्यको विजयका रूपमा मनाइने पर्व भएकाले संसारमा राम्रा कुराहरूको खोजी गर्न र ती कुरा आफू माथि लागु गर्ने एक अवसर भएको पनि उनले बताएका छन्।


Share

1 min read

Published

Updated

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now