SKIP TO MAIN CONTENT

बब क्याटर भन्छन्, "अस्ट्रेलियाली विश्वविद्यालय चीनसँग बिकेका छन्"

बब क्याटरले अस्ट्रेलियाली विश्वविद्यालयहरूलाई "वेश्या"को संज्ञा दिएका छन्।

Bob Katter says Australian universities have sold out to China

3 min read

Published

Updated

By Eden Gillespie



Skip to article content

[कट्टरपन्थी धारका सङ्घीय साम्सद् क्याटरले अस्ट्रेलियाली विश्वविद्यालयहरूले चिनियाँ कम्युनिस्ट पार्टीलाई आफ्नो "आत्मा र शरीर बेचेको" भन्दै वेश्या भएको आरोप लगाएका हुन्।

हालसालै अस्ट्रेलियाली विश्वविद्यालयहरू भित्र हुँदै आएको भनिएको वैदेशिक हस्तक्षेप माथि छानबिन गर्न सङ्घीय सरकारले गर्न हरियो झन्डा देखाएको थियो।

न्यु इङ्गल्यान्ड निर्वाचन क्षेत्रलाई प्रतिनिधित्व गर्ने बार्नबी जोइससँग मिलेर केन्नेडीका क्याटरले गत सोमबार सङ्घीय सरकारको उक्त छानबिन बारे आफूहरूको प्रतिक्रिया दिन प्रेस सम्मेलन आयोजना गरेका थिए।

गोहीको मास्क लगाएर ढल्केका बब क्याटरले भने, "विश्वविद्यालयहरू त विचारहरूको नर्सरी हुनुपर्छ, यिनीहरू त अब सुँगुरको खोर पो भए।"

"यदि तपाईंले विश्वविद्यालयहरूलाई वेश्या बनाउनुको सट्टा उनीहरूलाई सही कार्य तर्फ डोर्‍याउनु भयो भने - खासमा भन्ने हो भने त तिनीहरू वेश्या नै होइनन्। यी मानिसहरूले आफ्नो ज्यान र आफ्नो आत्मा सबै बेचिसके। यो कार्य बन्द हुनुपर्छ। यसो गरेर तपाईँ अस्ट्रेलियामा बच्न सक्नु हुन्न।"

सरकारले चाहिँ छानबिनको काम सुरक्षा एवम् जासुसी समितिलाई हेर्न भनेको छ।

विशेष रूपमा राष्ट्रिय हितका सूचनाहरू अन्य देश तर्फ स्थानान्तरण त भइरहेको छैन भनेर सो समितिले विश्वविद्यालयहरू लगायत सार्वजनिक रूपमा अनुदान पाएका शोध कार्यहरू माथि अनुसन्धान गर्नेछ।

केही समय अघि मात्र युनिभर्सिटी अफ न्यु साउथ वेल्सले सामाजिक सञ्जालबाट हङकङको मानव अधिकार बारे टिप्पणी गरिएका पोस्टहरू हटाएपछि उसलाई चिनियाँ दबाबका अगाडी घुँडा टेकेको आरोप लागेको थियो।

ह्युमन राइट्स वच नामक मानव अधिकारको क्षेत्रमा क्रियाशील रहेको एक संस्थाका अस्ट्रेलियाली निर्देशक इलेन पियरसनको "द्रुत गतिमा बिग्रँदै गइरहेको हङकङकको स्थितिमा ध्यान दिनको लागि अब निर्णायक क्षण हो" भन्ने उद्धरण रहेको एक पोस्ट पनि उक्त विश्वविद्यालयले हटाइदिएको बताइएको छ।

तर यही मात्र अस्ट्रेलियाली विश्वविद्यालयहरूमा बढ्दै गएको चिनियाँ प्रभावको घटना भने होइन।

गएको जुलाई महिनामा हङकङक समर्थक थुप्रै विरोधका कार्यक्रमहरू सुरु गरेका विद्यार्थी अभियन्ता - ड्रु पाभ्लौले युनिभर्सिटी अफ क्विन्स्लयान्डद्वारा आफूलाई निलम्बित गरेको दाबी गर्दै आइरहेका छन्।

तर पाभ्लौको आफूलाई सन् २०२० को डिसेम्बर महिनासम्म भर्ना हुनबाट रोकिएको भन्ने दाबीमा सत्यता नभएको विश्वविद्यालयले एसबीएसको दि फीडलाई बताएको छ ।

हालै पाभ्लौले करार तोडेको र मानहानिको आरोप लगाउँदै सर्वोच्च अदालतमा विश्वविद्यालय, कुलपति र उपकुलपति विरुद्ध मुद्दा दायर गरेका छन्।

सङ्घीय सरकारले छानबिन सुरु गर्ने बताएपछि, क्याटरले ट्विटरमा लेखे: "हामीले गर्‌‍‍‍‍‍‍‍‍‍यौं @DrewPavlou।"

र, अर्को छुट्टै ट्विटमा ड्रु पाभ्लौले भने, "हामीले जित्यौँ। सरकारले चिनियाँ कम्युनिस्ट पार्टीद्वारा अस्ट्रेलियाली विश्वविद्यालयहरूमा गरेको हस्तक्षेप बारे पूर्ण छानबिन सुरु गर्दै छ। "

"अब उप्रान्त कुनै विद्यार्थीले आफ्नो आवाज उठाउँदैमा मैले जस्तो (सास्ती) भोग्नु पर्दैन।"

पाभ्लौ लगायत अस्ट्रेलियाली गुप्तचरी संयन्त्र एजियो र अमेरिकी सङ्घीय छानबिन ब्युरो एफबीआइका केही वरिष्ठ पदाधीकारीहरुले सरकारी छानबिन समिति समक्ष बोल्ने बताइएको छ।

 

अस्ट्रेलिया समाचार

3 hours ago

एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार ८ सेप्टेम्बर २०२०

4 hours ago

आर्थिक मन्दीमा प्रवेश गरेको अस्ट्रेलियामा घर किनबेच माथि कतिको असर पर्ला?

Nepali 7 hours ago

सुरक्षा चिन्ताका कारण दुई अस्ट्रेलियाली पत्रकारहरुको चीनबाट आकस्मिक फिर्ती

1 day ago

एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार ७ सेप्टेम्बर २०२०

1 day ago

साइबर आक्रमणको अस्ट्रेलियामाथि बढ्दो खतरा

View More


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now