SKIP TO MAIN CONTENT

मेलबर्नबाट क्विन्सल्यान्ड प्रवेश गरेकी एक महिलामा कोभिड-१९ सङ्क्रमण पुष्टि

क्विन्सल्यान्डका अधिकारीहरूले राज्यको सनसाइन कोस्टमा कोरोनाभाइरस सङ्क्रमित व्यक्ति फेला परेको पुष्टि गरेका छन्।

Queensland Health Minister Yvette D'Ath addresses the media during a press conference, Brisbane.
Queensland Health Minister Yvette D'Ath addresses the media during a press conference, Brisbane. Source: AAP

2 min read

Published

Updated



Skip to article content

बुधवार दिउँसो ब्रिसबेनमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै क्विन्सल्यान्डकी स्वास्थ्य मन्त्री युभेट डी'आथले मेलबर्नबाट आएकी एक महिलामा कोभिड-१९ सङ्क्रमण देखिएको बताएकी हुन्।

ती महिला सङ्क्रमित रहेको बारे निश्चित गर्न उनलाई पुनः कोरोनाभाइरस परीक्षणका लागि सिफारिस गरिएको र त्यसको नतिजा पनि पोजेटिभ आएको डी'आथले जानकारी दिएकी छिन्।

आफ्ना पार्टनरसँगै न्यु साउथ वेल्सको ग्रामीण भेक हुँदै ती ४४ वर्षिया महिला भिक्टोरियामा लकडाउनको घोषणा भएपछि क्विन्सल्यान्ड पुगेको बताइएको छ।

राज्यकी प्रमुख स्वास्थ्य अधिकारी ज्यानेट यङका अनुसार उक्त महिला जुन महिनाको पहिलो दिन भिक्टोरियाबाट हिँडेकी थिइन्।

र, त्यसको पाँचौँ दिनमा उनी क्विन्सल्यान्ड आइपुगेको पनि डा. यङले पत्रकार सम्मेलनका क्रममा बताएकी छिन्।

ती महिला र उनका पार्टनर दुबैजनाले कोभिड-सीमा घोषणापत्रमा झुटो विवरण दिएको हुनसक्ने बारे हाल अनुसन्धान भइरहेको पनि बताइएको छ।

यसका साथ कोरोनाभाइरस सङ्क्रमण समुदायमा थप फैलने डरका बिच क्विन्सल्यान्डलाई उच्च सतर्कतामा राखिएको पनि अधिकारीहरूको भनाई छ।

गुन्डिविन्डि स्थित मक्डोनल्ड्स रेस्टुरेन्ट, टुवुम्बाको क्यालटेक्स पेट्रोल पम्प, मोफट बिचमा रहेको सन्निज लगायत कलौन्ड्राका विभिन्न ठाउँहरूलाई सङ्क्रमित स्थानको सूचिमा राखिएको पनि ज्यानेट यङले बताएकी छिन्।

"आसा गरौँ कि थप सङ्क्रमित मामिलाहरू छैनन् भनेर," उनले भनिन्।

"तर, अहिले नै सामुदायिक सङ्क्रमणका घटना भए कि भनेर बताइहाल्न सकिने अवस्था छैन।"

उनका अनुसार केही घण्टा पहिले मात्र आफूहरूले यस बारे थाहा पाएका कारण थप अनुसन्धान पछि मात्र यसबारे प्रस्ट हुन सकिने छ।

हाल ती महिलासँग निकट सम्बन्ध भएका छ जनाको पहिचान गरेर उनीहरूलाई कोरोना परीक्षणका लागि पठाइएको पनि स्वास्थ्य प्रमुख यङले बताएकी छिन्।

रिजनल भिक्टोरियाका लागि क्विन्सल्यान्ड खुल्ला

Regional Victoria
Source: Regional Development Victoria

उता, भिक्टोरियामा शुक्रवारदेखि प्रतिबन्धहरू खुकुलो हुने भएपछि क्विन्सल्यान्ड सरकारले रिजनल भिक्टोरियावासीका लागि आफ्नो सीमा खुल्ला गर्ने निर्णय गरेको छ।

तर बृहत् मेलबर्न क्षेत्रमा बसोबास गर्नेहरूका लागि भने आफ्नो राज्यको ढोका अझै बन्द रहेको युभेट डी'आथले बताएकी छिन्।

उनी भन्छिन् कि शुक्रवार राती १ बजेदेखि रिजनल भिक्टोरियामा बस्ने मानिसहरूले बिना कुनै छुट क्विन्सल्यान्ड प्रवेश गर्न पाउने छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now