SKIP TO MAIN CONTENT

शुक्रवारदेखि मेलबर्न तथा रिजनल भिक्टोरियामा प्रतिबन्धहरू थप खुकुलो हुने

भिक्टोरियाका कार्यवाहक प्रिमियर जेम्स मेलिनोले आगामी शुक्रवारदेखि मेलबर्न लगायत राज्यभर कोभिड-१९ प्रतिबन्धहरू खुकुलो बनाइने बताएका छन्।

Coronavirus inspired street art is seen in Melbourne, Tuesday, June 8, 2021. Victoria has recorded two new cases of locally acquired coronavirus in the past 24 hours. (AAP Image/James Ross) NO ARCHIVING
Coronavirus inspired street art is seen in Melbourne, Tuesday, June 8, 2021 Source: AAP

3 min read

Published

Updated



Skip to article content

गएको मध्यरातसम्मको २४ घन्टे गणना अवधिमा केवल एक स्थानीय सङ्क्रमण पुष्टि हुँदै गर्दा भिक्टोरियाली सरकारले मेलबर्नमा लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो।

मङ्गलवार २८,४८५ जना मानिसको कोरोनाभाइरस सङ्क्रमणका लागि परीक्षण गरिएको थियो।

हाल भिक्टोरियामा कोभिड-१९ का ८३ सक्रिय मामिलाहरू रहेको भिक्टोरियाली स्वास्थ्य विभागले बताएको छ।

मेलबर्नमा बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेलिनोले बिहीवार राती ११:५९ बजे उप्रान्त महानगरीय मेलबर्न हाल रिजनल भिक्टोरियामा लागू प्रतिबन्ध कै सरह हुने बताएका छन्।

उनका अनुसार सोही समयबाट रिजनल भिक्टोरियामा भने प्रतिबन्धहरू थप खुकुलो हुनेछन्।

नयाँ नियमानुसार महानगरीय मेलबर्नमा घरबाट निस्कन आवश्यक पाँच कारणहरू प्रतिबन्धहरू खुकुलो हुने समय पश्चात् लागू हुने छैनन्।

साथै, हाल घरबाट १० किलोमिटर टाढासम्म मात्र जान पाउने नियममा पनि परिवर्तन भएको छ।

शुक्रवारदेखि मेलबर्नवासीहरूले आफ्नो निवासभन्दा २५ किलोमिटरसम्म यात्रा गर्न सक्नेछन् तर उनीहरूमाथि रिजनल भिक्टोरियाको प्रवेशमा प्रतिबन्ध जारी नै रहनेछ।

केवल रोजगारी, शिक्षा, स्याहार वा कोभिड-१९को खोप लिनका लागि मात्र उक्त परिधीभन्दा बाहिर जान मेलबर्नका निवासीहरूलाई अनुमति रहने पनि कार्यवाहक प्रिमियरले बताएका छन्।

James Merlino
James Merlino Source: AAP

"रिजनल भिक्टोरिया अझै पनि जान नमिल्ने क्षेत्र हो है," उनले भने।

आगामी एक हप्तामा यसबारे पुन समीक्षा हुने पनि बताइएको छ।

मेलबर्नका घरभित्र कुनै भेटघाटका कार्यक्रम गर्न नमिलेता पनि बाहिर खुल्ला स्थानमा भने १० जनासम्मले समूहगत रूपमा भेटघाट गर्न सक्नेछन्।

यसै गरी, शुक्रवारदेखि नै स्कूलहरूमा प्रत्यक्ष पठनपाठन सुरु हुने बताइएको छ भने सामुदायिक खेलकुदका कार्यक्रममा पनि सबै उमेर समूहका मानिसहरूले भाग लिन सक्ने छन्।

घर वा अन्य कुनै भवन बाहिर पनि मास्क लगाउन भिक्टोरियाली अधिकारीहरूले भनेका छन्।

यसै गरी सपिङ सेन्टर, सार्वजनिक यातायात र कार्यस्थलहरूमा पनि मास्कको प्रयोग अनिवार्य रहने छ।

अधिकारीहरूले सम्भव भएसम्म घरैबाट काम जारी राख्न भनेका छन् र कार्यालयहरूमा कुल कर्मचारीको १० प्रतिशत वा १० जना अधिकतम सीमा तोकिएको छ।

COVID disaster payments for individuals and businesses affected by lockdown.
Victoria'da belli kurallar dahilinde tam kapanma sona erdi. Source: Getty Images

रेस्टुरेन्ट तथा क्याफेहरूले बढीमा १०० जनासम्मलाई एकसाथ सेवा दिन सक्नेछन् तर भवन भित्र ५० जनासम्म मात्र हुन सक्नेछन्।

राज्यका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सटनका अनुसार व्यायामशालाहरू २७ सङ्क्रमणका घटनाहरूसँग जोडिएकाले हाललाई ती भने बन्द नै रहने निर्णयमा आफूहरू पुगेको बताएका छन्।

उनी भन्छन् कि ती सङ्क्रमण फैलने उच्च जोखिमका स्थानहरू हुन्।

तर, धार्मिक कार्यक्रमहरूका लागि भने ५० जनासम्मले भाग लिन सक्ने गरी अधिकतम सङ्ख्या तोकिएको छ।

थप आर्थिक सहयोगको घोषणा

Sehemu zakufanyia mazoezi zilifungwa wakati wa kilele cha janga la UVIKO-19.
An empty city gym Source: SBS

शुक्रवारदेखि पुनः खोल्न नमिल्ने व्यवसायहरूको लागि भिक्टोरियाली सरकारले थप २,००० डलरको आर्थिक सहयोग गर्ने बताएको छ।

उप-प्रिमियर जेम्स मेलिनो भन्छन् कि लामो समयसम्म आफ्नो ढोका बन्द नै राख्न बाध्य भएका व्यापार-व्यवसायहरूको सहयोगार्थ उक्त अनुदानको व्यवस्था गरिएको हो।

"जीम, अम्युजमेन्ट पार्क, डान्स स्टुडियो र नाइट क्लबहरू जस्ता व्यवसायहरू अलिक लामो समय बन्द रहने छन्," उनले भने।

"यसबाट पर्ने असुविधालाई ध्यानमा राख्दै थप आर्थिक सहयोग प्रदान गरिन लागेको हो।"

मेलिनोका अनुसार केही हजारका सङ्ख्यामा रहेका व्यापार-व्यवसायहरू उक्त अनुदानबाट लाभान्वित हुनेछन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now