कोभिड–१९ विरुद्धको खोप विकासका लागि भिक्टोरियाले ५ करोड डलर खर्च गर्ने

भिक्टोरियाको सरकारले कोभिड–१९ विरुद्धको अत्याधुनिक एमआरएनए खोप विकासका लागि ५ करोड डलर खर्च गर्ने भएको छ ।

Australia announces plans to manufacture mRNA vaccines in Victoria

Australia announces plans to manufacture mRNA vaccines in Victoria Source: AAP

फाईजर र मोर्डेनाले आफ्नो खोप उत्पादनमा प्रयोग गरेको एमआरएनए प्रविधि छिटो,सस्तो र सुरक्षित रूपमा उत्पादन गर्न सकिने बताइन्छ ।

यो रकमको प्रयोगले मेलबर्नमा एमआरएनए प्रविधिको विकासका लागि क्षमता स्थापना गर्न सकिने लक्ष्य राखिएको  छ ।

उक्त रकमलाई दुई वर्षको अवधिमा विभिन्न विश्वविद्यालय र औषधि उत्पादक कम्पनीहरूको सहकार्यमा खर्च गरिने बताइन्छ ।

भर्खरै मात्र सङ्घीय सरकारले मुलुक भित्रै एमआरएनए प्रविधिको खोप निर्माणलाई प्राथमिकतामा राखेको छ ।

Victorian Chief Health Officer Brett Sutton addresses the media on 9 February, 2021.
Victorian Sağlık Müsteşarı Officer Brett Sutton aşı olabileceklerin hemen randevu almasını istedi. Source: AAP

यता बुधवार भिक्टोरियाका तिन स्थानमा ठुला खोप केन्द्र्हरु स्थापना गरिएका छन् ।

७० वर्ष माथिका मानिसहरूलाई खोप लगाउने उद्देश्यले उक्त तिन ठुला केन्द्र्को स्थापना गरिएका हुन् ।

द रोयर एक्सीभेसन बिल्डीङ, मेलर्वन कन्भेन्सन एन्ड एक्सिभेसन सेन्टर र जिलोङ स्थित यस अघि फोर्ड कम्पनीको फ्याक्ट्री रहेको स्थानमा उक्त खोप केन्द्र स्थापना गरिएका हुन् ।

पहिलो र दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत ७० वर्ष भन्दा माथिका नागरिकलाई बुकिङ वा बिना बुकिङ नै खोप दिइने बताइएको छ ।

उनीहरूका लागि एस्ट्रा जेनेका खोप पनि उपलब्ध हुनेछ ।

यद्यपि अस्पताल कर्मचारीहरूका हकमा भने ५० वर्ष भन्दा कम उमेरका लागि फाईजर खोप प्राथमिकतामा राखिएको छ ।

५० वर्ष भन्दा कमका हकमा भने भिक्टोरिया सरकारले एस्ट्रा जेनेकाको खोप पनि उपलब्ध हुने जनाएको छ ।

तर यसका लागि आवश्यक जोखिमका बारेमा जानकारी रहेको कागजातमा दस्तखत गराइनेछ ।

राज्यका मुख्य स्वास्थ्य अधिकारी ब्रेट सटनले रोयल एक्सीभेसन सेन्टरमा रहेको खोप केन्द्र्बाट एस्ट्र्रा जेनेकाको पहिलो खोप लिने बताइएको छ ।

“गम्भीर प्रतिकुल घटनाको खतरा बिरलै हुन्छ,त्यस कारण मैले आफ्नो खोप लिन गइरहेको छु,अहिलेका लागि उपलब्ध रहेको खोप नै सबैभन्दा राम्रो खोप हो ” उनले ट्विट मार्फत भने ।

राज्यले हप्ताको करिब १४ हजार फाईजर खोप प्राप्त गर्नेछ ।

सङ्घीय सरकार मार्फत केही समय भित्रै थप १० हजार खोप उपलब्ध हुने आशा गरिएको छ ।

सोमबार सम्मको अवधिमा भिक्टोरियामा १ लाख ६८ हजार मानिसले खोप लगाइसकेका छन् ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू: न्यू साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।


2 min read

Published

Updated

By SBS News

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now