शिक्षक-शिक्षिकालाई धम्की दिने अभिभावकहरू माथि स्कुल प्रवेशमा रोक लाग्न सक्ने

Students are seen in a class at Carlton Gardens Primary school in Melbourne, Thursday, February 18, 2021.

Students are seen in a class at Carlton Gardens Primary school in Melbourne, Thursday, February 18, 2021. Source: AAP

शिक्षकहरू माथि धम्कीपूर्ण लगायतका दुर्व्यवहारहरू बारे ठोस कदम चालिनुपर्ने मागहरू आइरहँदा, भिक्टोरिया सरकारद्वारा त्यस विरुद्ध कदम चालिने भएको छ।


भिक्टोरियाली संसद्मा बहसको लागि प्रस्तुत गरिएको एक विधेयकबाट शिक्षा उद्योगमा कार्यरत रहेका मानिसलाई उनीहरूको कार्यस्थलमा सुरक्षित राख्ने आशा सरकारको रहेको छ।

स्कूलहरुमा आफू असुरक्षित महसुस गर्ने शिक्षकहरूको सङ्ख्या धेरै रहेको बताउनेहरूमा, आफ्नो परिचय सार्वजनिक गर्न नचाहेकी यी शिक्षकले पश्चिमी मेलबर्न स्थित एक हाइ स्कुलमा आफ्ना एक विद्यार्थीको व्यवहारलाई लिएर आफूले चालेको कदम पछि उक्त विद्यार्थीका अभिभावकले आफूलाई धम्किइदिएको बारे भनिन् कि उक्त अनुभव उनको लागि तितो थियो।

"कसैले पनि आफ्नो कार्यस्थलमा आफूलाई असुरक्षित महसुस गर्न हुँदैन," उनले भनिन्।

यस्ता धम्की दिने अभिभावकहरू धेरै नै कम रहेता पनि, गाली गर्ने वा तर्साउन खोज्ने जस्ता व्यवहार चाहिँ ठुलो सङ्ख्यामा शिक्षक र स्कूलहरुमा कार्यरत कर्मचारीहरूले सामना गर्नुपरेको उनी बताउँछिन्।

ठुलो आवाजले बोल्नेदेखि टेबल ठटाउने जस्ता घटनाहरू धेरै हुने उनको भनाइ छ।

यस्ता गतिविधिहरू माथि रोक लगाउन भन्दै भिक्टोरियाली सरकारद्वारा संसद्मा थप विधेयक प्रस्तुत गर्ने योजना बनाइएको छ।

Acting Victorian Premier James Merlino speaks to the media during the announcement of the next round of Change Our Game Making the Call participants at the MCG in Melbourne, Tuesday, April 13, 2021. (AAP Image/Luis Ascui) NO ARCHIVING
Acting Victorian Premier James Merlino speaks to the media. Source: AAP

राज्यका शिक्षा मन्त्री जेम्स मेलिनोका अनुसार प्रस्तावित विधेयक पारित भए, दुर्व्यवहारमा संलग्न अभिभावक वा स्याहारकर्मीहरूलाई १४ दिनसम्म स्कुल प्रवेश गर्नबाट प्रतिबन्ध लगाउन सक्ने अधिकार विद्यालय प्रशासनलाई प्राप्त हुनेछ।

सरकारको यो योजना - सन् २०१८ को सुरक्षित स्कुल सम्बन्धी कार्यदलद्वारा बुझाइएको प्रतिवेदन अन्तर्गत रहेको छ।

जसका साथ शारीरिक, मौखिक वा अनलाइन मार्फत पनि स्कूलका कर्मचारीहरूसँग आक्रामक रूपमा प्रस्तुत हुने व्यक्तिहरू विरुद्ध सामुदायिक सुरक्षा आदेश जारी गर्न सकिने छ।

मानिसहरूको व्यवहार उपयुक्त रहेको सुनिश्चित गर्न सहयोग गर्ने आफ्नो लक्ष्य रहेको शिक्षा मन्त्री मेलिनोले बताए।

तर, यस्ता समस्या भिक्टोरियामा मात्र भने सीमित रहेको छैन।

अस्ट्रेलियाभर रहेका विभिन्न स्कूलका प्रिन्सिपलहरू सहभागी भएको एक स्वास्थ्य र स्वस्थ जीवन सम्बन्धी सर्वेक्षणका अनुसार, सन् २०१९ मा विद्यालयहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका मध्ये ५० प्रतिशत भन्दा बढीले हिंसाको धम्की पाएका थिए।

साथै, त्यस्ता धम्की मध्ये झन्डै ३५ प्रतिशत अभिभावकहरूबाट आएको पनि सर्वेक्षण मा बताइएको थियो।

सोही समयमा ४० प्रतिशत उत्तरदाताले शारीरिक हिंसाको अनुभव गरेका थिए भने झन्डै १० प्रतिशतले चाहिँ अभिभावकहरूबाट आफूले हिंसाको सामना गर्नुपरेको पनि बताएका थिए।

क्याथोलिक माध्यमिक विद्यालयहरूको राष्ट्रिय सङ्गठनका मार्क मर्फी भन्छन् कि शिक्षक र रिसेप्सनका कर्मचारीहरू लगायत सबैले आक्रामक व्यवहार गर्ने अभिभावकहरूबाट सुरक्षित रहेको महसुस गर्नु जरुरी छ।

School students
Private school students work in class Source: Getty Images

कोरोनाभाइरस महामारीका कारण सन् २०२० मा केही समयको लागि भए पनि पठनपाठन अनलाइनमा सरे पछि प्रिन्सिपलहरूद्वारा यस्ता दुर्व्यवहार सम्बन्धी रिपोर्टहरूमा कमी आएको बताइएको छ।

तापनि आम समुदाय भन्दा कम्तीमा ५ प्रतिशत बढी स्कुल कर्मचारीहरूले धम्की पाउने गरेको र झन्डै १० प्रतिशतले शारीरिक हिंसाको अनुभव गर्न सक्ने पनि बताइएको छ र भिक्टोरियाली प्रिन्सिपल सङ्घका अध्यक्ष एन्ड्रु डालग्लेश भन्छन् कि त्यस्ता व्यवहारले दीर्घकालीन असर पार्न सक्छ।

भिक्टोरिया सरकारको योजना पारित भए, सामुदायिक सुरक्षा आदेश उल्लङ्घन गर्ने अभिभावकहरूलाई १० हजार डलरसम्मको जरिवाना हुनसक्ने छ।

 

 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now