SKIP TO MAIN CONTENT

रेड क्रस: क्रिसमस-न्यु यर छुट्टिको बिचमा हजारौँ नयाँ रक्तदाताहरूको आवश्यकता

क्रिसमस र न्यु यरको बिचमा अस्ट्रेलिया भर हुने अभावलाई टाल्नका लागि रेड क्रसले ६,८०० रक्त दाताहरूको आवश्यकता रहेको बताएको छ।

The Australian Red Cross is calling for more blood donations
The Australian Red Cross is calling for more blood donations Source: Supplied

2 min read

Published

By SBS News

Source: AAP, SBS



Skip to article content

रेड क्रसका अनुसार बक्सिङ डे र न्यु यर बिचको अवधिमा रक्त दान गर्ने व्यक्तिहरूको सक्त आवश्यकता रहेको छ। 

यस चाडबाडको समयमा देश भर रगतको अभाव नहुनका लागि थप ६,८०० रक्त दाताहरूको खाँचो छ। 

"छुट्टिको समयमा रगतको आवश्यकता नरोकिने हुनाले यो समय चुनौतीपूर्ण हुन सक्छ।", अस्ट्रेलियाली रेड क्रस लाइफब्लडकी कार्यकारी निर्देशक क्याथ स्टोनले मङ्गलबार बताइन्।

Cruz Roja Australiana
Blood Donation Source: Australian Red Cross Lifeblood

गत महिना भारी सङ्ख्यामा मानिसहरूले रक्त दान गरे तापनि प्लेटलेटहरूको निरन्तर खाँचो परिरहने गरेको छ। 

"प्लेटलेटहरू केवल पाँच दिन सम्म मात्र रहन्छन्, त्यसैले तिनलाई लामो समयसम्म भण्डार गरेर राख्न मिल्दैन", स्टोन बताउँछिन्। 

प्लेटलेटहरुको एउटा डोजको लागि चार जनाको रक्त दानको आवश्यकता हुन्छ। यसले क्यान्सरको उपचार गरिरहेका बिरामीहरूलाई मद्दत गर्दछ।

रक्त दानले सडक दुर्घटनाका घाइतेहरूलाई, अन्य शल्यक्रियाहरूमा र बच्चा जन्माउने समयमा जटिलता सामना गरिरहेका महिलाहरूलाई पनि मद्दत पुराउँछ। 

बक्सिङ डे देखि जनवरी २ सम्मको अवधिमा प्लेटलेटको भण्डारणमा सबै भन्दा धेरै दबाब पर्ने गरेको छ।

क्रिसमस र न्यु यर बीच अस्ट्रेलिया भरका थुप्रै रक्त दान केन्द्रहरू खुला हुनेछन्। 

यस बीच, कोरोना भाइरसको प्रकोप फैलिएको वलङगङ, सिड्नी र सेन्ट्रल कोस्टका क्षेत्रहरूका मानिसहरूले तोकिएका केही सर्तहरू पूरा भएमा रक्त दान गर्न सक्ने रेड क्रसले बताएको छ। 

तर, सिड्नीको नर्दन बीचेसका बासिन्दाहरूले भने अहिले सरकारको आदेश अनुसार घर भित्रै बस्नु पर्ने छ र रक्त दान गर्न पाउने छैनन्।

रक्त दान गर्ने समयको बारेमा बुझ्न या थप जानकारीका लागि lifeblood.com.au मा जानुहोस्, १३ १४ ९५ मा फोन गर्नुहोस् या डोनेट ब्लड एप (Donate Blood App) डाउनलोड गर्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now