SKIP TO MAIN CONTENT

"स्याफरन डे"अर्थात् एक ७ बर्सिया बालकबाट सुरु भएको अङगदानको एउटा अभियान

गएको एक दशकमा अस्ट्रेलियामा अङगदान गर्नेहरूको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ । अङगदानमा आप्रवासी समुदायको पनि उल्लेख्य सहभागिता रहेको तथ्याङकहरुले देखाउँछ ।

Organ donation.
Image copyright Catherine Lane 2015 Source: Getty Images/CatLane

2 min read

Published

Updated

By Jennifer Scherer

Presented by SBS Nepali, Krishna Pokharel

Source: SBS News



Skip to article content

 


प्रमुख विषय

  • एक ७ बर्सिया बालकको सम्झनामा  सुरु भयो स्याफरन डे अभियान
  • तिन मध्ये एक अस्ट्रेलियाली अङगदानका लागि दर्ता

कुनै त्यस्तो एक दिन छैन उडानी परिवारले आफ्ना सन्तान दियानका बारेमा नसोचेका हुन् । चार वर्ष अघि जब उनीहरू भारतमा आफ्नो बिदा मनाइरहेका थिए उनीहरूले आफ्नो ७ बर्सिया सन्तानलाई ब्रेन ह्यामरेजका कारण गुमाए । दियानको मृत्यु पछि पिता रुपेश र आमा मिलीले एउटा  अनौठो छनोट गर्नु पर्‍यो ।

 

रुपेश भन्छन्  “त्यो समय, जब मेरी श्रीमतीले दियानको अङगदान गर्नु पर्छ भनिन्, मैले भने अह हुँदैन हेर त दियानको मुटु चलिरहेको छ,तर उनले दियानको अन्तिम इच्छा त्यही रहेको बताइन् हामीले अस्पतालमा सम्पर्क गर्‍यौ ”

मैले मेरा बुवाले भनेको सम्झिए,मैले कसैलाई किड्नी दिए म अर्को जन्ममा किड्नी बिना नै जन्मने छु,यस्ता मान्यताहरूले मलाई एक छिन सोच्न बाध्य बनायो

दियानको अङगदानले चार जीवनको रक्षा गर्‍यो ।

A group of friends
A group of friends advocating for organ donation. Source: SBS News

रुपेश स्विाकारछन् उनी पहिला दियानको अङगदानको कुरामा हिच्कीचाहेका थिए ।

 

रुपेश भन्छन् “मैले मेरा बुवाले भनेको सम्झिए,मैले कसैलाई किड्नी दिए म अर्को जन्ममा किड्नी बिना नै जन्मने छु,यस्ता मान्यताहरूले मलाई एक छिन सोच्न बाध्य बनायो”

तिन मध्ये एक अस्ट्रेलियनले आफ्नो अङगदान गर्नका लागि दर्ता गराएका छन् । गत वर्ष संसार छाडेका ५ सय मानिसले १५ सय भन्दा बढीलाई बाचिरहन मद्दत गरेका छन् ।

मृत्यु प्राय वर्जित विषय हो,अङगदानका बारेमा मानिसहरूले आफ्ना परिवारका सदस्यहरूसँग कुरा गरेका हुँदैनन् त्यसले पनि ठुलो अवरोध खडा गर्दछ । यसै गरी केही गलत मान्यताहरूका कारण पनि उनीहरू समर्थन गदैनन्

अहिले पनि करिब १७ सय मानिस प्रत्यारोपणको पालो कुरेर बसेका छन् भने १२ हजार भन्दा बढी मानिस डायलेसिसको सहारामा बाचेका छन् । 

तर केही आप्रवासीहरूमा अझै पनि केही बाधाहरू र अवरोधहरू छन् ।

Donate Life
Source: Pixabay

डेनियल फिसर न्यू साउथ वेल्स राज्यको टिस्यु एवम् अङगदान सेवाका प्रमुख हुन् । उनी भन्छन् “मृत्यु प्राय वर्जित विषय हो,अङगदानका बारेमा मानिसहरूले आफ्ना परिवारका सदस्यहरूसँग कुरा गरेका हुँदैनन् त्यसले पनि ठुलो अवरोध खडा गर्दछ । यसै गरी केही गलत मान्यताहरूका कारण पनि उनीहरू समर्थक गदैनन् ”

 

 

मृत्यु, धेरै समुदायका लागि जीवनको कठिन विषय तर पनि उडानी परिवारले प्रत्येक वर्ष आफ्ना छोराको सम्झनामा अङ्ग एवम् टिस्यु दानको कार्यक्रमको आयोजना गर्छन् । र यसलाई उनीहरूले स्याफरन डे अर्थात् केशर दिवसको नाम दिएका छन् । अङगदानको वरीपरी रहेर सांस्कृतिक र धार्मिक अवरोधलाई चुनौती पुर्‍याउने यसको लक्ष्य छ ता कि दियानको कथाले अरूलाई पनि प्रोत्साहित गरोस् ।

आठ महिना अघि दिनेश नल्लाईनाथले आफ्नो एउटा किड्नी आफ्ना परिवारका एक सदस्यलाई दिएका छन् । उनी भन्छन्  यो प्रक्रिया सहज थियो  र उनी आवश्यकता परेका मानिसहरूलाई सहयोग गर्न प्रोत्साहित गर्छन् ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now