Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

कोरोना भाइरस महामारीमा मानसिक स्वास्थ्यबारे अस्ट्रेलियाका नेपालीलाई मनोचिकित्सकको सुझाव

A young girl uses a personal computer in Brisbane, Wednesday, Oct. 16, 2013. (AAP Image/Dan Peled) NO ARCHIVING

Mental health experts have urged people to limit their time on social media to avoid panic over the COVID-19 pandemic. Source: AAP

कोरोना भाइरस महामारीले निम्त्याएको विभिन्न प्रतिबन्धहरूका माझ मनोचिकित्सकहरूले विभिन्न सिर्जनात्मक क्रियाकलाप र प्रविधिको प्रयोग गर्दै आफन्त र साथी भाइसँग नजिक रहन सुझाव दिएका छन्।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


कोरोना भाइरस महामारीले निम्त्याएको विभिन्न प्रतिबन्धहरूका माझ मनोचिकित्सकहरूले विभिन्न सिर्जनात्मक क्रियाकलाप र प्रविधिको प्रयोग गर्दै आफन्त र साथी भाइसँग नजिक रहन सुझाव दिएका छन्।


आफन्तबाट टाढा रहेका र सामाजिक दुरी कायम राख्नु पर्ने अहिलेको परिस्थितिमा साथी भाइहरूसँग पनि भेट्न नपाउँदा अस्ट्रेलिया लगायत विदेशमा रहने नेपालीहरूले आफूलाई मानसिक रूपमा चुस्त राख्न प्रविधिको प्रयोग र अन्य सिर्जनात्मक कार्यहरूको प्रयोग गर्नु पर्ने मनोचिकित्सक अनुपम पोखरेलले सुझाव दिएका छन्। 

सामाजिक सञ्जाल र अन्य माध्यमहरूबाट आफन्त र साथीभाइ सँग सम्पर्कमा रहने, शारीरिक व्यायाम गर्ने र सङ्क्रमण सम्बन्धी पछिल्ला जानकारी लिने क्रममा बिचार पुर्‍याउन उनले सुझाएका छन्।

आवश्यकता भन्दा बढी समाचारहरू हेर्ने र पढ्ने गर्दा चिन्ता बढ्ने हुनाले कति जानकारी आफ्नो लागी उपयुक्त छ भन्ने ठहर गर्नु पर्ने उनको भनाइ रहेको छ।

साथै पोखरेलले अस्ट्रेलियाका नेपाली समुदायहरूमा पछिल्लो परिस्थितिले मानसिक स्वास्थ्य समस्या लिएर आफू कहाँ आउनेहरू धेरै नभए पनि यो अनिश्चित परिस्थितिले प्रत्यक्ष अप्रत्यक्ष रूपमा मानिसहरूमा विचलन ल्याएको धेरै सुन्ने गरेको पनि बताएका छन्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो जीपी वा स्वास्थ्य सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now