SKIP TO MAIN CONTENT

अस्ट्रेलियाली विद्यार्थीहरुको शिक्षा स्तरमा चिन्ताजनक गिरावट

आफ्ना अन्तर्राष्ट्रिय समकक्षीहरू दाँजोमा, अस्ट्रेलियाली स्कूले विद्यार्थीहरूको गणित सम्बन्धी दक्षता कम्तीमा पनि एक वर्ष पछाडी रहेको एक नयाँ प्रतिवेदनले देखाएको छ।

The maths skills of Australian students have gone backwards, compared to international counterparts.
The math skills of Australian students have gone backwards, compared to international counterparts. Source: HIVVE

2 min read

Published

Updated

By SBS News

Source: SBS



Skip to article content

अस्ट्रेलियाका स्कूले विद्यार्थीहरूको शैक्षिक नतिजा, खास गरी गणितको क्षेत्रमा, गम्भीर रूपमा पछाडी परिरहेको बताइएको छ।

दि प्रोग्राम फर इन्टरनेशनल स्टुडेन्ट असेसमेन्ट (पिसा)द्वारा गरिएको एक अध्यन पछि उक्त रिपोर्ट सार्वजनिक भएको हो। यसका साथै, विज्ञान र पढ्ने क्षमतामा पनि अस्ट्रेलियाली विद्यार्थीहरु आफ्ना अन्तर्राष्ट्रिय समकक्षीहरू भन्दा झन्डै एक वर्ष पछि परेको जनाइएको छ।

पढ्ने क्षमतामा अस्ट्रेलिया १६ औँ स्थानमा रहेको छ भने गणितमा २९ औँ र विज्ञानमा १७ औँ। उता, बेजिंग-शाङ्घाइ-जियन्शू-झिझ्याङ्गका चिनियाँ प्रान्तहरू यस वर्ष यी तीनै विषयहरूमा सर्वश्रेष्ठ रहे।

Federal Education Minister Dan Tehan.
Federal Education Minister Dan Tehan. Source: AAP

सङ्घीय शिक्षा मन्त्री ड्यान टिहानले नतिजा निराशाजनक भएको स्वीकार गर्दै आगामी हप्ता नर्दन टेरिटोरिको एलिस स्प्रिङ्ग्समा हुने शिक्षा परिषद्को बैठकमा आफूले उक्त मुद्दा उठाउने बताए।

“विभिन्न राज्यका शिक्षा मन्त्रीहरूलाई मेरो स्पष्ट सन्देश छ: शिक्षक युनियनको कुरो घरमै छाड्नुहोस् र महत्त्वाकाङ्क्षी हुनुहोस्,” उनले भने।

“हाम्रो विद्यालय प्रणालीले पनि आफ्नो पाठ्यक्रमको अव्यवस्थालाई सम्बोधन गर्दै आधारभूत कुरामा फर्कनु पर्छ।”

राज्य सरकारमा रहेका आफ्ना समकक्षी मन्त्रीहरूलाई, नेशनल स्कुल रिफर्म अग्रिमेन्ट प्रति पूर्ण समर्थन प्रदान गर्न पनि उनले आह्वान गरे।

उता, विपक्षी लेबरकी शिक्षा मामिला सम्बन्धी प्रवक्ता तान्या प्लिबर्सेकले उक्त नतिजाबाट स्कट मरिसन तथा उनको सरकारको आँखा खुलेको हुनुपर्ने बताएकी छिन्।

“अस्ट्रेलियाको गिर्दो प्रदर्शन डरलाग्दो छ,” उनले भनिन्।

“६ वर्षसम्म हाम्रा नानीहरूलाई विफल पारेका लिबरलहरूले अबका दिनमा कसरी यति विघ्न गम्भीर समस्याको हल गर्छन्, उनीहरूले यसबारे भन्नै पर्छ।”

Deputy Leader of the Opposition Tanya Plibersek speaks to the media during a press conference in Sydney, Friday, September 28, 2018.
Deputy Leader of the Opposition Tanya Plibersek speaks to the media during a press conference in Sydney, Friday, September 28, 2018. Source: AAP

पिसाकी राष्ट्रिय प्रबन्धक सू थम्सनका अनुसार अन्य राष्ट्रहरूमा देखिएको जस्तो सुधार अस्ट्रेलियाले गणित विषयमा गर्न सकेको छैन।

“हामी एक विकसित, धनी पश्चिमा मुलुक भएकाले आफ्ना विद्यार्थीहरूलाई औचित्यपूर्ण उच्च आकाङ्क्षा तर्फ प्रेरित गर्छौँ, त्यस कारण पनि यी नतिजाहरूबारे हामीले घोत्लिनै पर्दछ,” उनले भनिन्।

“सन् २००० देखि लगातार रूपमा हामीले यस्ता नतिजामा गिरावट देखिरहेका छौँ र यसपालिको नतिजाले पनि हामीले आफ्नो प्रदर्शनमा सुधार नगरेको नै देखाएको छ।  यो जाँचमा बस्नु भन्दा ठुलो हो - यसले अस्ट्रेलियाद्वारा आफ्ना विद्यार्थीहरूलाई कसरी तयार पारिरहेको छ भन्ने देखाउँछ।”

प्रत्येक राज्यमा गणितको नतिजामा गिरावट देखिए पनि विशेष गरेर साउथ अस्ट्रेलिया, न्यु साउथ वेल्स, तास्मेनिया, वेस्टर्न अस्ट्रेलिया र एसीटीमा अधिक गिरावट देखिएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now