SKIP TO MAIN CONTENT

स्कट मोरिसन भन्छन् ओमिक्रनका कारण थप लकडाउन हुने सम्भावना छैन

प्रधानमन्त्री स्कट मोरिसनले आफू कोरोनाभाइरसको नयाँ भेरिएन्टबाट नतर्सेको बताएका छन्।

Prime Minister Scott Morrison during Question Time in the House of Representatives at Parliament House in Canberra, Tuesday, November 30, 2021. (AAP Image/Mick Tsikas) NO ARCHIVING
Prime Minister Scott Morrison during Question Time in the House of Representatives at Parliament House in Canberra, Tuesday, November 30, 2021. Source: AAP

2 min read

Published

Updated



Skip to article content

ओमिक्रन भेरिएन्टका कारण अब फेरी लकडाउन लगायतका कडा प्रतिबन्धहरू लागू हुने त हैनन् भन्ने भय समुदायमा व्याप्त रहँदै गर्दा उनको उक्त भनाई आएको हो।

मङ्गलवार आयोजित राष्ट्रिय मन्त्रीपरिषद् बैठकमा मोरिसनले सबै राज्य तथा प्रादेशिक सरकार प्रमुखहरूलाई  प्रतिबन्धहरू खुकुलो पार्ने आ-आफ्नो कार्यक्रममा कुनै फेरबदल नगर्न आग्रह गरेका थिए।

“हामी फेरी लकडाउनमा फर्किन चाहन्नौ, कोही पनि चाहँदैनन्,” उनले भने।

सोही भेटघाटका क्रममा प्रमुख चिकित्सकीय अधिकृत पअल केलीले नयाँ भेरिएन्ट बारे प्रस्ट हुन दुई सातासम्मको समय लाग्ने जानकारी दिएका थिए।

उनका अनुसार खोपहरू ओमिक्रन भेरिएन्ट विरुद्ध कम प्रभावकारी रहेको भन्ने प्रमाण भेटिएको छैन।

Greg Hunt, Karen Andrews and Paul Kelly.
Greg Hunt, Karen Andrews and Paul Kelly. Source: AAP Image/Mick Tsikas

तर टास्मेनियाले भने अधिकांश विदेशी यात्रुहरूका लागि आफ्नो सीमा बन्द गर्ने निर्णय लिएको छ।

न्युजील्यान्डको दक्षिणी टापु बाहेक अन्य देशमा नोभेम्बर २८ यता रहेका कसैलाई पनि राज्यमा प्रवेश नदिइने टास्मेनियाली सरकारको वेबसाइटमा उल्लेख छ

मङ्गलवार नै संसद्को तल्लो सदनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थी लगायत अन्य भिसा वाहकहरूको हकमा डिसेम्बर १५ सम्मका लागि अस्ट्रेलियाको सीमा बन्द नै राख्ने निर्णयको बचाउ गरेका थिए।

उनले उक्त व्यवस्था सुझबुझ पूर्ण रूपमा सावधानीका लागि लिइएको बताए।

“लकडाउन फेरी हुनसक्ने सम्भावनालाई न्यून गर्न यो समझदारीपूर्ण कदम चाल्नु परेको हो,” प्रधानमन्त्रीले भने।

यस अघि भने आजदेखि अस्ट्रेलियामा झन्डै दुई लाखको हाराहारीमा दक्ष कामदारहरू र अन्तर्राष्ट्रिय विद्यार्थीहरू अस्ट्रेलिया प्रवेश गर्ने कार्यक्रम थियो।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now