कोरोनाभाइरस बारे दुष्प्रचारको चिन्ताका माँझ युट्युबले लगायो स्काई न्युज अस्ट्रेलिया माथि प्रतिबन्ध

स्काई द्वारा उक्त सप्ताहव्यापी प्रतिबन्धबारे पुष्टि गर्दै "हामीले कुनै पनि प्रजातन्त्रका लागि महत्वपूर्ण रहेका बिभिन्न विषय र विचारधाराहरुबारे व्यापक बहस र छलफललाई समर्थन गर्दछौं" भनि बताएको छ।

The YouTube app is seen displayed on a smartphone screen.

The YouTube app is seen displayed on a smartphone screen. Source: LightRocket

कोभिड-१९ बारे कथित दुष्प्रचारका चिन्ताहरुका माँझ स्काई न्युज अस्ट्रेलियालाई एक हप्ताका लागि केहि सामग्री प्रकाशित गर्न बाट युट्युब द्वारा रोक लगाइएको छ।

अस्ट्रेलियामा जन्मिएका रुपर्ट मर्डकको स्वामित्वमा रहेको स्काई न्युज द्वारा प्रकाशित गरिएका भिडियोहरुको समिक्षा पछि उक्त अस्थायी प्रतिबन्ध लागु गरिएको एक बिज्ञप्ति मार्फत युट्युब ले बताएको हो।

"मानिसहरु माथि हुनसक्ने हानिका कारण कोभिड-१९ बारे दुष्प्रचारलाई फैलन बाट रोक्न हामीले कोभिड-१९ स्वास्थ्य दुष्प्रचार सम्बन्धि प्रष्ट नीतिहरु लागु गरेका छौं," विज्ञप्तिमा भनिएको छ।

युट्युबमा १८ लाख ६० हजार सब्स्क्राइबर रहेको स्काई न्युज अस्ट्रेलियाको च्यानललाई अस्ट्रेलिया बाहिर पनि धेरै रुढिबादी दर्शकहरुको समर्थन रहेको छ।

रुपर्ट मर्डकको न्युज कर्प नामक अमेरिकी संचार संस्थाको नियन्त्रणमा रहेको उक्त अस्ट्रेलियाली च्यानल द्वारा प्रकाशित गरिएका केहि पछिल्ला सामग्रीहरु मध्ये कोरोनाभाइरस महामारी देखि खोपहरुबारे पनि प्रश्न गरिएका छन्, जसलाई सामाजिक संजालहरुमा भाइरस र खोपबारे कथित दुष्प्रचारको लागि पनि प्रयोग गरिएको आरोप रहेका छन्।

चार दिन अगाडी मात्र स्काई न्युज अस्ट्रेलिया द्वारा प्रकाशित गरिएको एक युट्युब भिडियोमा एक उद्घोषकले लकडाउनहरु असफल भएको दाबी गर्दै सिड्नीको वर्तमान "घरमै बस्नु पर्ने" नियमलाई थप गर्ने राज्य सरकारको कदमको पनि आलोचना गरेका थिए।

स्काई न्युज द्वारा युट्युब द्वारा आफ्नो च्यानल माथि लगाइएको अस्थायी प्रतिबन्धको पुष्टि गर्दै "हामीले कुनै पनि प्रजातन्त्रका लागि महत्वपूर्ण रहेका बिभिन्न विषय र विचारधाराहरुबारे व्यापक बहस र छलफललाई समर्थन गर्दछौं" भनि बताएको छ।

"हामीले सम्पादकीय र सामुदायिक अपेक्षाहरु प्रतिको हाम्रो प्रतिबद्धतालाई गम्भिरतापूर्वक लिन्छौं," च्यानलका एक प्रबक्ताले बताए।

गूगलको संचालक संस्था एल्फ़ाबेटको नियन्त्रणमा रहेको युट्युबको नियम अनुसार आफ्ना प्रयोगकर्ता शर्तहरुको तीन पटक सम्म पालना नगरिए उक्त सामाजिक संजालको प्रयोग गर्न बाट पूर्ण प्रतिबन्ध लगाइन सकिने छ।

पहिलो पटक नियम तोड्नेहरुलाई एक हप्ताका लागि र दोश्रो पटक उक्त प्रतिबन्ध ९० दिन र तेश्रो उल्लङ्घन पछि चाहिं सदाका लागि उक्त प्ल्याटफर्ममा प्रकाशन गर्न रोक लगाइने युट्युबको भनाइ छ।

पूर्व अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पलाई पनि त्यहि नियमका साथ् युट्युब द्वारा प्रतिबन्ध लगाएको हो


2 min read

Published

By SBS Nepali

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now