मुख्य विषयहरू:
- अमेरिकामा कोभिड-१९ महामारी र राष्ट्रपतीय चुनाव
- स्पेनमा ६ महिना लामो आपत्कालीन अवस्थाको सिर्जना
- फिलिपिन्समा टाइफुन गोनी पछि कोभिड-१९ सङ्क्रमण झन् बढ्ने चिन्ता
संयुक्त राज्य अमेरिका
युरोपका पछिल्ला प्रतिबन्धहरूको आलोचना गर्दै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू वर्तमान पदमा पुनः निर्वाचित भएमा आफू अर्को लकडाउनको समर्थनमा नरहने प्रतिज्ञा गरेका छन्।
संयुक्त राज्यमा आज (नोभेम्बर ३) हुन गइरहेको राष्ट्रपतीय चुनावका उम्मेदवारहरू डोनाल्ड ट्रम्प र जो बाइडेनले फरक फरक पहुँचबाट कोरोना भाइरसको महामारीलाइ नियन्त्रण गर्ने दाबी गर्दै आएका छन्।

अमेरिकाका मध्यपश्चिम क्षेत्रहरूमा सङ्क्रमण निकै बढेका कारण अस्पताल भर्ना हुने मानिसहरूको सङ्ख्या अधिक मात्रामा बढेको देखिन्छ।
आफू निर्वाचनमा विजयी भएमा कोभिड-१९ को नियन्त्रणका लागि तुरुन्तै कदमहरू चाल्ने डेमोक्रेटिक पार्टीका जो बाइडेनले जोर दिएका छन्।
"मैले महिनौँ देखि भन्दै आएको मास्कको प्रयोग, सामाजिक दुरी कायम गर्ने, परीक्षण, र ट्रेसिङको योजनालाई मा राष्ट्रपति बनेको पहिलो दिनमा नै लागु गर्ने छु। उपचारका सामग्री तथा समय आए पछि कोभिड-१९ विरुद्धको खोपलाई देशभर निष्पक्ष र स्वतन्त्र तरिकाले बाँड्ने योजनालाई अघि सार्ने छु।", बाइडेनले भने।
कोरोना भाइरसलाई कम खतरनाक विषयको रूपमा लिँदै आएका राष्ट्रपति ट्रम्पले भने आफू निर्वाचित भएमा थप लकडाउन जारी नगर्ने बताएका छन्।
"बाइडेनको लकडाउनमा सबै जना जेलमा थुनिएको जसरी बस्न बाध्य हुनु पर्छ।", ट्रम्प भन्छन्।
यति भन्दै उनले युरोपको दोस्रो लकडाउनको आलोचना गरेका थिए।
युरोप
यता युरोपमा भने कोरोना भाइरसको दोस्रो लहरका कारण ५ हप्ताको अवधिमा १ करोड भन्दा सङ्क्रमित पुष्टि भएका थिए।
इंग्ल्याण्डमा अस्पतालहरूमा भर्ना हुने बिरामीहरूको संक्ख्या अस्पतालको क्षमता भन्दा बढी भइरहेको समयमा प्रधानमन्त्री बोरिस जोनसनले नोभेम्बर ५ देखि एक महिना लामो लकडाउन जारी गरिने बताएका छन्।

तर लकडाउनको अवधि २ डिसेम्बर भन्दा उता लम्बाइने सम्भावना रहेको मन्त्रीमण्डलका मन्त्री माइकल गोभले बताएका छन्।
"सङ्क्रमण निकै छिटो र घातक रूपमा फैलिरहेको हुनाले लकडाउन एक महिना पछि नै अन्त्य हुन्छ भनेर अहिले भन्न सकिँदैन।", गोभले भने।
"आउँदा चार हप्ताको लागी भने देशको अर्थव्यवस्था र राष्ट्रिय स्वास्थ्य सेवा (एन एच एस) सहयोग पुर्याउने किसिमका योजनाहरू तयार छन्।"
स्पेनमा भने ६ महिनाको आपत्कालीन अवस्थाको घोषणा गरिएको छ। कर्फ्यु र यात्रा प्रतिबन्धका विरुद्ध थुप्रैले र्यालीको आयोजना गरेका थिए।
स्पेनको लोग्रोन्यो नामक उत्तरी सहरमा १५० जतिको सङ्ख्यामा रहेका मानिसहरूले प्रहरीमाथि ढुँगामुडा गर्दै, आगो बल्दै, पसलहरू लुटेका थिए।
बार्सेलोनामा भने लकडाउनको अन्त्य भएदेखि पुनः थालनी गरिएका निष्कासनका कामहरू सयौँले विरोध गरिरहेका छन्।
उता ब्राजिलमा छिट्टै प्रयोगमा ल्याइने भनिएको चिनिया खोपको विरुद्ध विरोध सुरु भएको छ।
राष्ट्रपति जाएयर बोल्सोनारोले एस्ट्राजेनेका नामक बहुराष्ट्रिय कम्पनीले तयार परिरहेको खोपलाई समर्थन गरिरहेका छन् भने केही अधिकारीहरूले अन्य विकल्पहरू तिर ध्यान केन्द्रित गर्दै छन्।

साओ पाउलोका अनुसन्धान कर्ताहरूले चीनको सिनोभ्याक नाम गरेको खोपको मानवीय परीक्षण गर्दै छन्।
कुनै पनि एक खोप स्वीकृत भए पछि साउ पाउलोका बासिन्दाहरूले अनिवार्य रूपमा त्यसको प्रयोग गर्नु पर्ने उक्त क्षेत्रका गभर्नर ज्वोउ दरीयले बताएका थिए।
उनको यो भनाइलाई विरोध आयोजक आन्द्रे पेट्रोस लगायत सयौँ मानिसहरूले आलोचना गरेका छन्।
"संसारको कुनै पनि देशमा, चीनमा समेत, खोपको प्रयोगलाई अनिवार्य गरिएको छैन। विश्व स्वास्थ्य सङ्गठनले पनि कुनै पनि देशले आफ्ना नागरिकलाई जबरजस्ती कोभिड-१९ को खोप प्रयोग गराउन नहुने बताएका छन्।"
दक्षिण एसिया
फिलिपिन्समा यस वर्षकै सबै भन्दा विनाशकारी मानिएको टाइफुन गोनी पछि कोरोना भाइरस सङ्क्रमण अझै तीव्र गतिमा फैलिने भएको छ।
हजारौँको सङ्ख्यामा मानिसहरू आफ्नो घर छोडेर भाग्न बाध्य भएपछि ज्याक्लिन अल्मोसेराले अस्थायी बसोबासको समस्या बारे चिन्ता व्यक्त गरेकी छिन्।

"हामी पहिले भन्दा दोब्बर डरमा बाँची रहेका छौँ। यहाँ बाट बाहिर निस्कन मिल्दैन, र त्यसमाथि पनि कोभिड छ।"
दक्षिण एसियामा इन्डोनेसिया पछि फिलिपिन्समा सबै भन्दा धेरै सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण फैलिएको छ।
कोरोना भाइरसका बारेमा थप जानकारीका लागि यहाँ जानुहोस्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
