Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

क्वीन्सल्याण्डका सीमा प्रतिबन्धका कारण स्थानीय व्यवसायहरू चपेटामा

Border checkpoint at Coolangatta (file)

Queensland will reopen to all of regional NSW, but is still banning Sydney residents. (AAP) Source: AAP

क्वीन्सल्याण्डले यस नोभेम्बर महिनाको ३ तारिखदेखि न्यु साउथ वेल्सका बासिन्दाहरूलाई आफ्नो राज्यमा प्रवेश गर्न दिने हालै घोषणा गरे तापनि सिड्नीका केही भाग र भिक्टोरियाको लागि भने अझै प्रतिबन्धहरू लागु रहँदा पर्यटन व्यवसायहरू अझै घाटामा रहन बाध्य भएका छन्।


Published

Updated

By Lin Evlin

Presented by Rajish Aryal

Source: SBS




Share this with family and friends


क्वीन्सल्याण्डले यस नोभेम्बर महिनाको ३ तारिखदेखि न्यु साउथ वेल्सका बासिन्दाहरूलाई आफ्नो राज्यमा प्रवेश गर्न दिने हालै घोषणा गरे तापनि सिड्नीका केही भाग र भिक्टोरियाको लागि भने अझै प्रतिबन्धहरू लागु रहँदा पर्यटन व्यवसायहरू अझै घाटामा रहन बाध्य भएका छन्।


क्वीन्सल्याण्डले आफ्ना सीमा प्रतिबन्ध हटाउने घोषणाका लागि थुप्रै जना प्रतीक्षामा रहेका थिए।   

 

तर, ग्रेटर सिड्नी भनेर चिनिने सिड्नीका ३२ वटा स्थानीय सरकारी क्षेत्रहरूका बासिन्दा हरूका लागि र भिक्टोरियालीहरूका लागि भने क्वीन्सल्याण्डको सीमा अझ पनि बन्द नै रहने छ। 

 

सामुदायिक सङ्क्रमणको समस्याका कारण स्वास्थ्य अधिकारी दिएको सुझाव अनुसार आफूले उक्त निर्णय गरेको क्वीन्सल्याण्डकी प्रिमियर एनेस्तेसिया पलाशेले बताइन्। 

Queensland border
Queensland Chief Health Officer Dr Jeannette Young Source: AAP

तर सबै जना भने यो निर्णयको समर्थनमा छैनन्।  

 

क्वान्टसका प्रमुख कार्यकारी अधिकृत एलेन जोइसले आलोचना गर्दै भने " हटस्पट नरहेका क्षेत्रहरूलाई अझै पनि प्रतिबन्धित राख्नुमा स्वास्थ्यको दृष्टिकोणबाट कुनै अर्थ छैन।  र यसले धेरै सामाजिक र आर्थिक क्षति पनि गरिरहेको छ। "

 

सिनेमा र थीम पार्कहरू सञ्चालन गर्ने कम्पनी भिलेज थीम पार्क्सका प्रमुख सञ्चालक अधिकारी बिकास रान्धवाले यी सीमा प्रतिबन्धहरूका कारण ५०० जना नयाँ कर्मचारीहरूलाई काम दिने प्रक्रियामा रोकावट आएको गुनासो पोखे। 

A farther and Daughter outside Movie World.
A drop in the value of Village Roadshow's Gold Coast theme parks has lead to executive pay cuts. Source: AAP

न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियन पनि सो फैसलाको विरुद्ध छिन्।  

 

तर पलाशेले भने एक पूर्व-चुनावी बहसमा आफ्नो सरकारले कोभिड-१९को नियन्त्रणका लागि चालेका कदमहरूको पक्ष लिँदै कडा सीमा प्रतिबन्धहरू पनि उचित रहेको दाबी गरेकी थिइन्।  

 

पछिल्ला केही महिनाहरूमा वेस्टर्न अस्ट्रेलिया बाहेक अन्य राज्य तथा टेरिटोरीहरूले क्रिसमसको समयमा परिवारहरू सँगै मनाउन पाउनका लागि डिसेम्बर सम्म आन्तरिक सीमाहरू खोलिसक्ने बताएका थिए।

 

तर अहिले भने वेस्टर्न अस्ट्रेलियाले कोभिड-१९ का सङ्क्रमणको सङ्ख्या कम रहेमा नोभेम्बरमा न्यु साउथ वेल्स र भिक्टोरिया बाहेक अन्य राज्य र टेरिटोरीहरूका लागि आफ्नो सीमा खोल्ने बताएको छ।  

 

क्वीन्सल्याण्डको सीमा प्रतिबन्ध सम्बन्धी नयाँ नियम भने यो नोभेम्बरको अन्यमा आउने बताइएको छ।  


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now