युरोपमा कोभिडको दोस्रो लहर, फ्रान्स र जर्मनी पुन:लकडाउनमा

France extended lockdown

Source: AAP

संसारभरका अधिकास मुलुकहरू यतिखेर कोभिड–१९ महामारी सँगको लडाइँमा व्यस्त छन् । दोस्रो चरणको सङ्क्रमण सुरु भएपछि यूरोपका मुलुक फ्रान्स र जर्मनी पुन लकडाउन गर्न बाध्य भएका छन्।


इटलीमा नयाँ प्रतिबन्धहरू लगाइँदा सरकारले प्रदर्शनको पनि सामना गर्नु परीरहेको छ ।

नयाँ प्रतिबन्धहरू सुरु हुँदा व्यवसायीहरूलाई सरकारको सहयोग स्वरूप ९ अर्व अस्ट्रेलियाली डलर बराबरको राहत प्याकेजको अनुमोदन भएको छ ।

कोभिड–१९ को महामारीको रोकथामका लागि सरकारले ल्याएको नयाँ प्रतिबन्ध विरुद्ध इटलीका सडकहरूमा प्रर्दशनकारीहरु उत्रिएका छन् ।

सरकारले लगाएको नयाँ प्रतिबन्ध कम्तीमा पनि एक महिनासम्म रहने भए पछि यसरी मानिसहरू प्रदर्शनमा उत्रिएका हुन् ।

Police clash with protesters in Rome, Italy
Police clash with protesters in Rome, Italy Source: AAP

नयाँ प्रतिबन्धमा रेस्टुरेन्ट, सिनेमा घर, जिम, पौडी पोखरी लगायतका स्थानहरू चाडै बन्द गर्नु पर्ने नियम ल्याइएको छ ।

कोभिडका मामलाहरू पछिल्लो समय ह्वात्तै बढे पछि सरकारले नियन्त्रणका कढा नियमहरू ल्याएको छ । स्वास्थ्य विभागका रोग नियन्त्रण विभागका प्रमुख बढ्दो संक्रमणदरको प्रभाव स्वरूप नयाँ प्रतिबन्ध आएको बताउँछन् ।

 

इटलीले प्रतिबन्धहरूका कारण व्यवसायमा पर्न जाने असरका कारण व्यवसायीहरूमा पर्ने मारमा मलहम लगाउने उद्देश्यले सरकारी अनुदान प्याकेज अघि सारेको छ । करिब ९ अर्व अस्ट्रेलियन डलर बराबरको प्योकजले यस्ता व्यवसायलाई सहयोग पुर्‍याउने छ ।

यता नेदरल्याण्डमा दुई हप्ता अघि बाट जारी भएको आंशिक लकडाउनको अवस्था डिसेम्बर महिना भरी रहने अनुमान गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण ज्यादा देखिएपछि क्याफे,रेस्टुरेन्ट लगायतका व्यवसायहरू बन्द गर्न लगाइएको छ ।

गएको हप्ता मात्र कोभिड –१९ का सङ्क्रमणको सङ्ख्या २२ प्रतिशतले बढेको छ भने अस्पतालमा उपचार कक्षको अभावमा सङ्क्रमितहरूलाई विमान मार्फत जर्मनी पुर्‍याइएको छ ।

प्रधानमन्त्री मार्क रुटाले पूर्ण लकडाउनको अवस्था आउन सक्ने सङ्केत गरेका छन् ।

यता स्पेनमा चिकित्सकहरूले २५ वर्ष पछि पहीलोपटक काम गर्ने अवस्था खराब भएको र कमजोर स्वास्थ्य सेवा प्रणाली भन्दै विरोधमा उत्रिएका छन् ।

Spain Eases Lockdown As Death Rate Slows
BARCELONA, SPAIN -The Nobu Hotel Barcelona draws a heart on its facade in tribute to front line health staff Source: Getty Images Europe

तर अस्पतालमा ८० प्रतिशत भन्दा  बढी कर्मचारी भएका कारण चिकित्सकहरूको २४ घण्टे हडतालले बिरलै असर पारेको छ ।

स्वास्थ्य सेवामा कार्यरत मानिसहरू सँगै एक चिकित्सकले संसद्मा समेत प्रदर्शन गरेका छन् ।

यता मेम्सीकोमा कोभिडका कारण मारिनेहरूको सम्झनामा ३ दिने शोक दिवस मनाइने भएको छ । उनीहरूको सम्झनामा एक दिने सार्वजनिक बिदा पनि दिइने भएको छ ।

म्याक्सीकोमा ८९ हजार मानिसहरू आधिकारिक रूपमा कोभिडका कारण मारिएको बताइन्छ यद्यपि अन्य ५० हजार मानिसको मृत्यु पनि कोभिड सँग जोडिने अधिकारीहरू बताउँछन् ।

राष्ट्रपति एन्ड्रेज म्यानुएल लोपेज ओब्राडोर लगातार तिन दिन सङ्क्रमणका कारण मारिएकाहरू प्रति शोक दिवसका रूपमा मनाइने बताउँछन् ।

 

अमेरिकामा भर्खरै कोभिड मुक्त भएकी प्रथम महिला मेलानिया ट्रम्पले राष्ट्रपति चुनावको प्रचार ऱ्यालिमा सहभागी हुँदै आफ्ना समर्थकहरूलाई आफ्नो परिवार बिरामी हुँदा देखाएको चासो र सदाशयता प्रति धन्यवाद प्रकट गरेकी छन् ।

First lady Melania Trump sits during the first presidential debate, Tuesday, 29 September, 2020.
First lady Melania Trump watches on during the first presidential debate, Tuesday, 29 September, 2020. Source: AAP

गत हप्ता मात्र अमेरिकामा ५ लाख भन्दा बढी मानिसहरू कोभिड –१९ सङ्क्रमित बनेका छन् ।

राष्ट्रपति ट्रम्प आफ्ना मतदातालाई सरकारले महामारीका क्रममा गरेका काम र अर्थतन्त्रको अवस्था  भन्दा माथि बसेर र्हेन अनुरोध गरी रहेका छन् ।

पूर्व राष्ट्रपति बराक ओबामा भने ट्रम्पका बिचार हास्यास्पद भएको बताउँछन् । उनी भन्छन् “मानिसहरू कोभिडमा मात्रै केन्द्रित भएको भन्दै ऱ्यालिमा भाषण दिई रहेका छन् जुन हास्यास्पद रहेको छ ”

क्यानडाको सीमा क्षेत्रमा कोभिडको दोस्रो लहरका  कारण जनताले भोगेको सास्ती प्रति क्यानेडेली प्रधानमन्त्री जस्टिन टुडोले निकै दुख व्यक्त गरेका छन् । उनी दोस्रो  लहरका कारण जनताले भोगेको सास्तीका कारण आफू निकै दुखी भएको बताउँछन् ।

यता फ्रान्सका राष्ट्रपतिले टेलिभिजन सम्बोधन मार्फत बढ्दै गरेको सङ्क्रमणबाट जोगिन नयाँ प्रतिबन्धको तैयारी भएको बताए  । शुक्रबार देखि फ्रान्स र जर्मनी एक महिने लकडाउनमा जाने पक्का भएको छ  । 

हाल विश्वभर ४ करोड ४० लाख भन्दा बढी मानिसहरू कोरोना सङ्क्रमित भएका छन् भने लगभग ३ करोड मानिसहरूले कोरोनालाइृ जित्न सफल भएका छन् ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

 

 

 

 

 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now