SKIP TO MAIN CONTENT

मानहानिको मुद्दामा जोनी डेपको पक्षमा अदालतको फैसला

अमेरिकाको एक निर्णायक मण्डलले अभिनेता जोनी डेपको उनकी पूर्व पत्नी एम्बर हर्ड विरुद्धको मानहानिको मुद्दामा डेपको पक्षमा फैसला सुनाएको छ।

johnny depp amber heard
Source: AAP

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

एम्बर हर्डले आफू जोनी डेपसँग वैवाहिक सम्बन्धमा रहँदा जे घटनाहरू भएको भनेकी थिइन् त्यो सबै "असत्य" र उनले "वास्तविक द्वेष" का साथ क्रियाकलाप गरेको निर्णायक मण्डलको ठम्याई रहेको छ। 

 

तर हर्डले आफूमाथि शोषण भएको भनेर लगाएको आरोपलाई धोकेबाजी भन्दै डेपले पनि आफ्ना वकिल मार्फत हर्डको मानहानि गरेको निर्णायकहरूले पाएका छन्। 

 

एम्बर हर्डले एक वक्तव्यमार्फत सो फैसलाबाट आफू निराश भएको बताएकी छिन्। 

 

हर्डले आफू घरेलु हिंसाको पीडित भएको दाबीका साथ लेखेको एक लेखलाई लिएर यो जोडीले एक अर्कालाई अदालतमा नालिस दिएका थिए।

 

डेपलाई १ करोड ४४ लाख डलर (एक करोड ३ लाख ५० हजार अमेरिकी डलर) प्रदान गरिएको छ भने हर्डले २७ लाख डलर (२० लाख अमेरिकी डलर) प्राप्त गर्ने छिन्। 

 

अदालत बाहिर बोल्दै जोनी डेपका वकिलहरू मध्येकी एक कमिल वास्कसले निर्णयको स्वागत गरेकी छिन्। 

 

यदि यो समाचारले घरेलु हिंसा र यौन हिंसालाई लिएर चिन्ता उत्पन्न गरे सहयोगका लागी 1800RESPECT लाई १८००७३७७३२ वा लाइफलाइनलाई १३१११४ मा फोन गर्न सक्नुहुन्छ। 

 

"आजको फैसलाले हामीले सुरुवात देखि नै भन्दै आएको, जोनी डेप विरुद्धका दाबीहरू मानहानिपूर्ण र प्रमाण बिनाका हुन् भन्ने कुराको  पुष्टि गर्छ।"


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now